अपहरित छोरी मेघालाई सवा करोड फिरौती तिरेर छुटाएको सार्वजनिक भएलगत्तै
वरिष्ठ स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटाको परिवार घर छोडेर हिँडेको छ । उनीहरूको
अवस्थाबारे प्रहरीलाई कुनै जानकारी छैन ।
डा. देवकोटाको बाँसबारीको हेपाली हाइटस्थित निवास अहिले सुनसान छ । उनी बिहीबार
अस्पताल पनि गएनन् । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी अधिकारीहरू घटनाको
बारेमा जानकारी लिन हेपाली हाइट पुगेका थिए । एक प्रहरी अधिकारीले भने, 'घरमा गएका
थियौं, कोही रहेनछन् । घर पूरै सुनसान थियो ।'
अपहरित छोरी मेघालाई सवा करोड फिरौती
तिरेर छुटाएको सार्वजनिक भएलगत्तै वरिष्ठ स्नायु
चिकित्सक डा. उपेन्द्र देवकोटाको परिवारले घर छोडेको छ
शनिबार निवासपरिसरबाट उनकी जेठी छोरी मेघा अपहरणमा परेकी थिइन्
। डा. देवकोटाले उनलाई एक करोड तीस लाख रुपैयाँ फिरौती तिरेर मंगलबार एक बजे मुक्त
गरेका थिए ।
प्रहरीका अनुसार घटनाको बारेमा आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीले सम्पर्क
गर्ने प्रयास गर्दासमेत देवकोटा परिवारका कोही पनि सम्पर्कमा आएनन् । एक प्रहरी
अधिकारीले
भने, 'अनुसन्धानका लागि गएका हौं, तर, घरमा कोही छैनन्, कहाँ गएका हुन् त्यो पनि
थाहा हुन सकेको छैन ।'
अपहरणमुक्त भएलगत्तै अनुसन्धानका लागि केन्द्रीय प्रहरी अपराध महाशाखाका प्रमुख
केशव बराललगायतका प्रहरी अधिकारी बुधबार डा. देवकोटाको घरमा गएर सोधपुछ गरेका थिए
। विश्वस्त प्रहरी स्रोतका अनुसार डा. देवकोटाले आफ्नी छोरी मेघा अपरहणमा परेको
बारेमा औपचारिक रूपमा प्रहरीका कुनै पनि निकायमा बिहीबारसम्म उजुरीसमेत हालेका
छैनन् । प्रहरी स्रोतका अनुसार अपहरणकारी चढेको गाडी चक्रपथस्थित इसान हस्पिटलको
परिसरमा प्रहरीले फेलापरेको छ ।
संविधानसभामा आलोचना संविधानसभाको बिहीबारको बैठकमा सभासद्हरूले डा. देवकोटाकी छोरी अपहरण
भएको विषयमा सरकारसित जानकारी माग गरेका छन् । उनीहरूले शान्तिसुरक्षाको स्थिति
खस्कँदै गएको भन्दै सरकारको चर्को आलोचनासमेत गरे ।
संसद् बैठकमा बोल्दै सभासद्हरूले राजधानीमा दिनदहाडै भइरहेका यस्ता घटनाले सुरक्षा
संयन्त्र र सरकारप्रतिको सर्वसाधारणको विश्वास घट्दै गएको आरोप लगाए ।
यसैबीच, नेपाल चिकित्सक संघले डा. देवकोटाकी छोरी अपहरण गरी फिरौती असुल गरिएको
घटनाप्रति भत्र्सना गरेको छ । संघका महासचिव डा. केदारनरसिंह केसीले बिहीबार विज्ञप्ति
जारी गरी घटनामा संलग्नलाई अविलम्ब कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्
।
विज्ञप्तिमा अपहरण, धम्की, गुन्डागर्दी र चन्दा असुलीका घटना बढ्दै गएको र चिकित्सकहरू
दिन प्रतिदिन असुरक्षित बन्दै गएको जनाइएको छ । संघले जनतालाई शान्तिसुरक्षाको
प्रत्याभूति गराउन तथा डा. देवकोटाको परिवारलाई उचित सुरक्षा प्रदान गर्न माग गरेको
छ ।
It does. I can't see any god damn' news regarding Dr. Devkota in any Nepalese media. I admire Dr. Devkota; I have worked under him when he was the minister, and he even treated my brother. I just wanna know the god damn' truth. I hate fking criminal mafias in Nepal. I know the owner of B&B hospital's son was also kidnapped and they had to pay large ransom in return.
डा. उपेन्द्र देवकोटाले सवा फिरौति तिरेर छोरी छुटाए
केपी ढुंगाना/नयाँ पत्रिका काठमाडौं, २२ साउन 2008-08-07,Thursday,
रातोबंगला स्कुलमा १० कक्षामा पढ्ने जेठी छोरी मेघालाई छुटाउन डा. देवकोटाले मंगलबार अपराह्न १ बजे एक करोड ३० लाख बुझाए
वरिष्ठ स्नायु चिकित्सक डा. उपेन्द्र देवकोटाले एक करोड ३० लाख फिरौती तिरेर छोरी मेघालाई अपहरणमुक्त गराएका छन् । शनिबार अपहरित छोरीलाई छुटाउन डा. देवकोटाले प्रहरीको सहयोग मागेका थिए, तर अपहरणकारीले प्रहरी अपरेसनबारे जानकारी पाएपछि डा. देवकोटाले पैसा तिरेर मात्र छोरी फिर्ता पाएका छन् ।
रातोबंगला स्कुलमा १० कक्षामा पढ्ने जेठी छोरी मेघालाई छुटाउन डा. देवकोटाले मंगलबार अपराह्न १ बजे एक करोड ३० लाख बुझाएका हुन् । अपहरणकारीलाई पक्रन प्रहरी टोली मंगलबार पनि परिचालन भएको थियो । तर, प्रहरीलाई चक्मा दिएर अपहरणकारी फरार भएका छन् । डा. देवकोटा तीन छोरी मेघा, बसुधा र मञ्जरीका पिता हुन् । शनिबार मेघालाई अपहरण गर्नासाथ डा. देवकोटालाई फोन गरेर अपहरणकारीहरूले नौ करोड फिरौती मागेका थिए । देवकोटा र अपहरणकारीबीच एक करोड ३० लाखमा कुरा मिलेपछि मेघा रिहा भएकी हुन् । उनलाई अपहरणकारीले बुढानीलकण्ठ, हेपाली हाइटस्थित घरबाटै अपहरण गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार अपहरणकारीले मेघालाई भक्तपुरमा राखेका थिए ।
छोरी अपहरणमा परेलगत्तै डा. देवकोटाले प्रहरीलाई सम्पर्क गरेका थिए । प्रहरीले गोप्य रूपमै अपहरणकारी बसेको पहिचान गरी घेराउसमेत गरेको थियो । प्रहरीले घेरेको सूचना पाएका अपहरणकारीले तत्काल प्रहरीको घेरा नहटे डा. देवकोटाकी छोरीको हत्या गर्ने धम्की दिएपछि प्रहरीले आफ्नो घेरा हटाएको विश्वस्त स्रोतले बतायो । प्रहरी र पीडितका परिवारबीच अति गोप्य रहेको प्रहरी अपरेसनको सूचना अपहरणकारीसम्म कसरी पुग्यो ? शंका उब्जिएको छ ।
प्रहरी घेरा हटेपछि अपहरणकारी समूह फिरौती रकम घटाउन उदार बनेको थियो । कुरा मिलेपछि डा. देवकोटाले अपहरणकारीलाई रकम बुझाएका थिए । अपहरणकारीहरूले रकम पाएको ४५ मिनेटमा रिहा गर्ने वचन दिएका थिए । तर, डा. देवकोटाले मंगलबार अपराह्न १ बजे रकम बुझाए पनि मेघा चार बजे रिहा भएकी थिइन् । रकम लिन आएका अपहरणकारीले कालो मुकुण्डो लगाएको देवकोटाले प्रहरीलाई बताएका छन् ।
अपहरणबारे कतै जानकारी दिए परिवारका सदस्यमाथि पुनः आक्रमण गर्ने धम्की दिइएको निकट पारिवारिक स्रोतले बतायो । अपहरण काण्डपछि डा. देवकोटा तनावमा छन् । छोरी अपहरणको सूचना पाएपछि उनी अस्पतालसमेत गएका थिएनन् । उनी तीन दिनपछि बुधबारबाट मात्र अस्पताल गएका थिए । अस्पतालकी एक कर्मचारीले बुधबार भनिन्, 'ए, उहाँ त बिरामी हुनुहुन्थ्यो, आज (बुधबार) मात्र अस्पताल आउनुभएको छ ।'
प्रहरीले एआइजीको नेतृत्वमा विशेष टोली गठन गरी अपहरणकारीको खोजी सुरु गरेको छ । स्रोतका अनुसार सो टोलीले बुढानीलकण्ठ हेपाली हाइटमा डा. देवकोटाको घरमा गएर पीडितको बयान लिइसकेको छ । तर, महानगरीय प्रहरी अपराध महाशाखाका जिम्मेवार अधिकारीले डा. देवकोटाकी छोरीको अपहरणबारे कुनै जानकारी नभएको बताए । विश्वस्त स्रोतका अनुसार महाशाखाले सम्बन्धित प्रहरी निकायमा अपहरणको बारेमा सञ्चारकर्मीहरूसित केही नबोल्ने आदेश जारी गरेको छ । एक प्रहरी अधिकारीले भने, 'कसैले यस विषयमा सोध्यो भने थाहा छैन भन्नु भन्ने आदेश छ, बोल्यो भने त जागिरै जान्छ ।'
अपहरण भएको क्षेत्र हेर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्चार्ज डिएसपी विकास खनालको बोली पनि उस्तै छ । उनले न घटनाको बारेमा अनभिज्ञता देखाए न जानकारी नै दिए । उनले भने, 'यसबारेमा डिएसपीलाई केही जानकारी नै रहेनछ भनेर त नलेख्नु होला, तर मलाई धेरै कुरा जानकारी छैन, यो विषयलाई माथिबाटै डिल गरिएको छ ।' बुढानीलकण्ठ प्रभागका प्रहरी निरीक्षक गोविन्द अधिकारीले नयाँ पत्रिकासित भने, 'पीडितहरू मेरै एरियामा बस्ने हुन्, डक्टरसाव सम्पर्कमा आएका छैनन्, न पीडितले केही भनेको छ न माथिबाटै कुनै जानकारी आएको छ, मलाई त पत्रकारले फोन गरेर सोधेपछि मात्र जानकारी भएको हो ।'
संगैको साथीले आफू जंगलमा दुःख गरेर बस्दा नि छोरी बेलायतमा पढाएको हो। कसले भन्छ बाबुराम पढाईमा मात्र फस्ट? बरु आफ्ना वाई सी एल लगाएर साथीलाई मद्दत गरे हुने।
it was in Himalayn Times front page news, am still surprised that Kantipur has chosen not to publish this particular news as of today. Maobadi le kinyo bhanthe Kantipur ho ki kya ho? aafai le gareko kidnapping kasari chapnu.
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.