[Show all top banners]

sajhasexy
Replies to this thread:

More by sajhasexy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साथी अब म नेपाल फर्कन्नँ - भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 52441 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-21-15 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

मेरो नाम टंकबहादुर मल्ल ठकुरी, घर दाङ घोराही, हाल कन्सास सिटी संयुक्त राज्य अमेरिका. म एउटा सफ्ट्वेर कम्पनी मा सिस्टम एनालिस्ट को तह मा काम गर्छु, श्रीमती एक, दुई साना छोरी, आमा ले नेपालाँ छोरो पाउन पर्‍यो भनेर रोएर कराएर धूमचक्र. खैर भान्जी को बिहे मा नेपाल गैयो, सात बर्ष पछी गाको घर पुग्ने बित्तिकै सुटकेस तानतान, भान्जा, भतिजा, भाउजु, भिनाजु सबै ले आइ-फोन पाएनन भनेर मुख फुलाएर आधा दिन बसे। फेरी ठुल्दाइ को सालो जाँठो लाई अमेरिका विसा स्पन्सर गर्नु पर्‍यो रे, तुल्सिपुर मा किराना पसल थाप्ने मुजीलाई डलास आएर बिज्नेस गर्नु पर्‍यो रे, कुरा सुन्दै थप्पड हान्न मन लाग्ने.

माइली भाउजु भोलीपल्ट बिहान चिया बोकेर कोठै मा आइपुगिन्, अन्डरवियर लगाएर सुत्या म, हतपत ओढ्ने ले आफु लाई छोपें, लाज को मर्दो। भाउजु को आफ्नै समस्या, उनकी दिदी कि छोरी को अमेरिका बस्या केटा सित बिहे रे, भतिजी लाई पनि ग्रीन कार्ड भा केटा खोजिदिनु पर्‍यो रे, चिया खाए पछी एक्छिन टाउको दुख्यो.

पर्सी पल्ट बिहान स्वयम्बर, दिदी का साथी हरु, भाउजुका बैनी हरु ले च्यापेर सेल्फी खिचे आफुलाई भने एकैचोटी सात वटा वक्षस्थल ले छोइएको मा भयानक आपत, फोटो पनि मंसिर को जाडो मा पसिना पसिना भएको आयो जुन उनिहरुले तुरन्तै फेस्बुक मा राखे, पाँच मिनेट पछी हेर्दा दस वटा फ्रेन्ड्स रिक्वेस्ट अनी ती फोटा हरुमा १८ वटा लाइक्स, भएन अब?

बेलुकी पख जन्ती आयो, आउनु भन्दा अघी सानो भिनाजु जाँड खाएर टिल्ल, मलाई आएर -
"मुजी सालो भएर अमेरिका बाट स्कच ल्याउनु पर्दैन?" रे,

ठुलो भान्जो ले नसाम्हाल्या भए झन्नै पिट्या थिए। गोडा धोए पछी ठुलि भाउजु की दिदी ले "त्यत्रो अमेरिका बाट आएको मामा ले खाम मा एसो डलर नहाल्या...." भनिछन् मेरो जाँड खाएर मात्तेको सानै देखी को साथी ले सुनेछ, भाउजुको भिनाजु र त्यस्को झन्नै मारामार, मोरो मदने सानै देखी ठीश, भाउजु को भिनाजु लाई " तँ मुजी बदिनी ठोक्न गाको मैले आफ्नै आँखा ले देख्याछु" भनेछ सारा संसार अगाडि.

रात भरी जाग्राम बसियो, हाइ हाइ गर्दै ८ घन्टे बिहे सिद्धियो बिहान बिदावारि भैसकेपछी पो थाहा पाएँ सोफा मै निदाएछु। ठुलो भिनाजु लाई भान्जी बिदा नगर्या देखेर चित्त दुखेछ क्यारे त्यस्पछी बोल्दै बोलेनन.

अमेरिका फर्किनु भन्दा एक दिन अघी मदने ले खान बोलायो, एसो तीन हजार रुप्पें खाम मा हालें त्यस्को छोरो लाई दिन भनेर, त्यहाँ पुग्दा त मोरो ले ४ तल्ले घर ठड्याएछ, गाडी पनि किनेछ, ठेका पट्टा राम्रै रैछ्, सितापाइला मा घडेरी नि किन्या छ रे, हतपत बाथ्रूम गएर खाम मा ३ हजार अझै थपेँ। मासु टोक्दै मदने रेड लेबल पिएर गफ दिन थाल्यो म भने एक बोतल स्यान मिगल मै टिल्ल.

चार थरीको मासु खाएर पेट खराब, भात खानु अगाडि बाथ्रूम गएर मार छेरेँ, अनी बल्ल जिउ हल्का भो, बिहान देखी अटस पटस भा पेट तुरन्तै चङ्गा भो। हगी सके पछी हेर्छु ट्वाइलेट पेपर नाइं, अब परेन फसाद? घरां ठुल्दाइ ले म आउने भनेर १० रोल आफ्ना कोठाँ राख्या थ्ये, हग्न जान भन्दा अघी लान्थे समस्यै थिएन, अब मुजी मदने को शान्दार बाथ्रूम मा ट्वाइलेट पेपर नाइं। खैर घिन मानि मानि कसैगरी पानी ले चाक पुछेँ, हुनत पहिले नपुछ्या हैन तर १२ वर्ष अमेरिका बसाइ ले बानी बिगारेछ।

अब एसो हेर्छु साबुन नाइं, साला ट्वाइलेट पेपर त छैन छैन साबुन पनि नाइं, सारा बाथ्रूम हेरें कतै छैन, त्यस्पछी मार पानी ले हात धोएं, बाहिर निस्केर साबुन माग्न मन लाग्याथ्यो तर भाउजु लाई भन्न लाज लाग्यो, उनिहरु आँफैलाई ग्लानी होला भनेर.

गएर हेर्दा भात पस्कीसक्या रैछ् तर एउटा समस्या - चम्चा-काँटा नाइं, भाउजु लाई भनेर कसैगरी चिनी चलाऊने चम्चा ले भात खान लागियो, हगी सकेको पेट भोक ले खाली, सानो चम्चा को गांस कम, अनी त्यसमाथि मदने को गफ र स्यान मिगल लागेर टिल्ल भैयो, भात सिद्धिंदा एसो हेर्छु चम्चा खसेर काँ पुग्या रैछ् हात चाहिँ जुठो - भएन सत्यानाश ?

४ दिन पछी छोरी ले सोधी " Daddy what did you do in Nepal? "

एसो हेरें, मनै खिन्न भो र मनमनै जवाफ दिएं "के हुन्थ्यो छोरी आफ्नै गु चाखेर आएँ"
 
Last edited: 21-Apr-15 08:52 AM

 
Posted on 04-21-15 10:04 AM     [Snapshot: 233]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

very nice...sajha sexy kt nai bha bhaye ta haat chumna man lagyo....
 
collegefootballrocks
Posted on 04-21-15 10:10 AM     [Snapshot: 281]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Awesome..10 out of 10..khub ramailo lagyo...
 
Posted on 04-21-15 10:23 AM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Cybro tei gu dhoko haat chumna lagya ho ta? :P
 
Posted on 04-21-15 10:34 AM     [Snapshot: 323]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Galexy लान लागेको -४-५ हजार आए नि गाउ जाने पिलिन खर्च आधा उट्थ्यो भनेको ग्राहक नै भेटिएनन ?
पसुपतिको जात्रा सिद्राको ब्यापार गरौ भनेको होला जस्तो छैन |
 
Posted on 04-21-15 11:58 AM     [Snapshot: 595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद मित्रजन हरु, येसो मंगलवार काम धेरै नभाकोले हँसाउन मात्र प्रयाश गर्यI हुँ
Last edited: 21-Apr-15 11:59 AM

 
Posted on 04-21-15 12:33 PM     [Snapshot: 700]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

साझाकामुक मित्र ,

दरो झटारो गयो त मित्र . यो पो हो त हँसाउने झटारे लेख भन्या . लाग्ने नि मुसु मुसु नलाग्ने मुसु मुसु .

- थाहा छैन
 
Posted on 04-21-15 1:07 PM     [Snapshot: 849]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाहा हास्दा हास्दा अति भयो लोल
 
Posted on 04-21-15 1:46 PM     [Snapshot: 963]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाने मित्र,

हजुर जस्ता ले म जस्तो सडक छाप को धागो मा यसरि लेख्नु भएको ले मा निकै कृतज्ञ भएको छु. अब कुरा आयो झटारो को, मैले हान्ने झटारो म भन्दा पनि सडक छाप र नालायक अनि म सित बिनबित्थि मा जोरी खोज्ने हरु लाइ मात्र हान्ने गरेको छु. के गर्ने आफु जन्मजात छाडा सानै देखि को बानि अझै सम्म छुट्या छैन. :)

 
Posted on 04-21-15 3:50 PM     [Snapshot: 1216]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mangale...kt bhayeko bhaye bhaneko chu..katha ma kta le guu dhoko haat le khaka chan khaana
 
Posted on 04-21-15 5:09 PM     [Snapshot: 1367]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

म नेपाल नफर्किनुको कारण
१) स्टेक हाउसमा गएर गाइको रिब-ई चपौना पौउदिन
२) हप्ता भरि हाकिमको नानाथरी हप्काई सुनेर बाचाको दुइ पैसा सप्ताहान्तमा कसिनो गएर स्वाहा गर्न पौदीना
३) नेपाल गएर भोग्नु पर्ने आमा बाउ को कच् कच् र उनीहरुसंग बस्नुनै पर्ने नियति
४) नेपालमा बसेको अपराध गरेको हुनाले नेपाल सरकारले गर्ने गरेको indirect persecution.
५) अमेरिका आएर केक्केना गरेको छ भनेर उतातिरको मान्छेले पालेको मेरो अनुकुलको भ्रम चकनाचूर हुने खतरा

 
Posted on 04-21-15 5:56 PM     [Snapshot: 1502]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hakin saab; 2, 3 and 5 sanga mero purna sahamati cha!
 
Posted on 04-21-15 10:22 PM     [Snapshot: 2146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकिम साबलाइ के टू र एवेरेस्ट स्तेक्क हाउस को बारेमा थाहा रैनछ!


 
Posted on 04-22-15 7:29 AM     [Snapshot: 3954]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाहा शेर खान ब्रोदर ! ह्याको जस्तो १००० पोउन्द्को नेपालको सानोतिनो हात्तीलाई पछार्न सक्ने अन्गुस (Angus) को बीफ पो बीफ त| हुन त म गको छैन के२ र एवेरेस्ट , नेपाल नगएको केहि वर्ष भयो

But anyways, I do not want to hijack Sajha Sexy's thread, it was raunchy and (very) inappropriately funny as always. May be you should combine your material and make a stand up routine for the benefit of the thousands of Nepali budikanyas and budabokas outside of Sajha. Not to mention, the uchha gharana people who are disgusted by this petty and shady back corner of the internet, lolz.

Last edited: 22-Apr-15 07:33 AM

 
Posted on 04-22-15 8:01 AM     [Snapshot: 4117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You can hijack all you want brother, by the way I liked the points you listed regarding why you wouldn't want to go back to Nepal.


 
Posted on 04-22-15 9:40 AM     [Snapshot: 4641]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good one. Keep it coming. Original and relatable.
 
Posted on 04-22-15 8:38 PM     [Snapshot: 5663]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल।।।धेरै हासउथ्यो सेक्सी को हरफ हरु पदेर।। सुद्ध भैरब अर्यल पाराको लेखाइ पढ्न पाउदा गद-गद त हुने नै भयो।। नेपालका मान्छे नि कम्ती फ्न्नी छैनन भन्ने कुरो त दुध को दुध,पानी को पानी भयो यो लेख पछी।। सुतकेश ताना तान देखी बिदेश गएकालाई चन्द्रमा नै पुगे सरी गर्ने त गोर्खे पारा नै हो,धेरै काल देखी र अली कती शो ओफ्फ नेपालीलाई गरेन भने खाको लाग्दैन रे ज्यान मा! एन्जोएद इन हीप्स,एवेरीथिङ इन टोटल तर भ्रमनको लास्तमा चै अली र्याक भयेछ,काग धेरै क्लेभर भयो भने के पो गर्छ भन्ने सुनेको थिए।।हे हे हे।।
 
Posted on 04-22-15 10:34 PM     [Snapshot: 6003]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाईस आर्टिकल, हुन त २-४ वर्षमै हामी नेपाली विदेशी हुन्छौ १२ वर्षमा त डेफिनेट्ली अम्रिकन।

 
Posted on 04-23-15 7:48 AM     [Snapshot: 7509]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीभाई हरु,

मेरो यो वाहियात धागो लाइ अपार सफलता दिलाइदिनुभएको मा कोटी कोटी धन्यवाद, त्यसैले यसको खुसियाली मनाउन यहाँ हरु लाइ यहि मङ्सिर आठ गते घोराही वडा नम्बर २, राप्ति मार्ग, मल्ल निवास मा निमन्त्रणा, भतिजी को बिहे छ, मासु भात फ्री, लोकल जाँड फ्री, स्वास्नीमानिस ले च्यापेर खिच्ने सेल्फी को आनन्द लिन पनि फ्री, तर भतिजी को साथि हरु पट्ट्याउन मन छ भने आइ-फोन ६ लिएर आउन होला.

See you there.
 
Posted on 04-23-15 8:46 AM     [Snapshot: 7842]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दंगाली ब्रो पर्यो कि ? : मेरो दाइको साथि पनि उतै तिरका का बडो विनोदी स्वभावको हुनु हुन्थ्यो|
एक दिन खाना खादै गरेको बेला पातलो दालको झोल लाई व्यंग गर्दै : तिम्रो दालमा , दाल को गेडा भेट्टाउँन त लगौटी धरेर डुबुल्किनै लगाउनु पर्ला ? हामि साना ठिटा हरुलाई देखाउदै तै भएर यिनी हरु एति को यस्ता भएका ? अर्को दाइले व्यंग मार्दै आफ्नो अनुहार कहिले ऐनामा हेर्या छौ ? उनि सबै भन्दा दुब्ला र ख्याउटे देखिन्थे |
अनि हाम्रो अन्न दाता को नाम पहिल्कोलाई माइकल अनि एस्लाई छै चार्ली राखी दिएका थिए अनि टोली भरि नामी थियो |

पुराना सम्झना हरु|

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters