[Show all top banners]

Prem Charo
Replies to this thread:

More by Prem Charo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 lok geet..

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 20572 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-31-05 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुलबुटे सारी
माकुराको जाली
बेईमानी रैछ पेटिकोट
जालहारी रुमाल च्?याटै !!
 
Posted on 06-01-05 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल खाईस् तैँले गाली
प्रेम चरोको कट्टु टाली
च्यात्त्या रै छ पेटिकोट
PC ले बुझेन धोबिनीको चोट!

(Prem Charo flew away form Hawaii? "Hawaii" bhanera sign off garena chha ni)
 
Posted on 06-01-05 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्‍टेको क्‍या राम्री साली
बजाउन मन लाग्‍यो सिट्‍टी र ताली
केही चासो छैन च्‍यात्‍या पेटीकोट
बरू लान्‍छु धुमाउन तिम्रो सालीलाई चरीकोट
 
Posted on 06-01-05 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DcKeto फुच्चे!

पु-दाईको साली लाई त मै लाने भैसकें
JacksonHeit बाट रातो सारी किनेर ल्याईसकें
हेरि बस् च्यात्तया पेटीकोट
बिहे हुन्छ NY मा Honeymoon Frankfurt :D
 
Posted on 06-01-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो!!
पून्टे दाइका कति जना छन् साली?
म पनि एउटीलाइ उडाउँ कि यसपाली?
सारी र पेटीकोटले केही हुनेवाला छैन
मलाइ देखी हुन्छ उनको मन बेचैन!!
 
Posted on 06-01-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



....
तिमी हरु के हल्?ला गरेको
पुन्?टेसँग उहिलेनै मैले सल्?ला गरेको
पुन्?टेको त एउटै हो साली
मेरो बाजा बाजा बज्?नेहो यसपाली
ढुङगे बगर.....
तिमिहरु हल्?ला नगर....

Prem Charo
Hawaii :)







 
Posted on 06-01-05 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रेम चरो!!
पून्टेसँग तिमीले कहिले गर्यौ सल्ला?
पून्टेसँग तिमीले कहिले गर्यौ सल्ला?
खान्छौ कुखुराको चल्ला
अनि गर्छौ हल्ला?
तिम्रो त्यो दिमागमा
कहिले बत्ती बल्ला?

पून्टेको सालीले मलाई फूलले हानी
लुकेर हेर्छिन् उनी खूब खुशी मानी
हवाईबाट हेर्छ प्रेम चरो घाँटी तानी तानी
म ठोक्किन्छु उनीसँग आफैं जानी जानी
 
Posted on 06-01-05 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vetai nahune, din ratai ruwaney.. maya baiguni.. kya ramro lok geet aaahaa
 
Posted on 06-01-05 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WorldMap Bro लाई नि मैले त मानी
रहिछ भाई त झुठैको खानी
डोको जत्रो गमला लाई फुल भनि
PC को झार्दैछौ पित्त-पानी ?

wahhh...

Worlp map को शिरमा गमला बज्रेको, गमला बज्रेको
निस्लोठ परि चौबाटोमा पसरेको
बईमानी Worldmap
जाँड नै नपरी एकबिहानै झ्याप !!
 
Posted on 06-02-05 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

............
Ma cahi Maadal Bajauni ma
Ghintin!!Ghintin!!
 
Posted on 06-02-05 1:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कलंकी ब्रो पनि यतै!!!
कलंकीले आफूलाई जासुसै सम्झेको
कलंकीले आफूलाई जासुसै सम्झेको
जेम्स बोन्डको लुगा लगाई
न्यू योर्क तिर लम्केको
सपनामा देख्या कुरा
यहाँ भनी चम्केको

पून्टेको सालीको गमला खाने
थियो आफैं अभागी कलंकी
आफ्नो ठाउँमा मेरो नाउँ लाउने
कस्तो फटाहा उल्लु मंकी!!!



 
Posted on 06-02-05 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, केटा हो!

नगर झगडा, नगर झगडा
साली पाउँदैनौ, भेना हुँदै तगडा।
देख्ने होईन दिउँसै सपनी
सत्य कुरो भन्दिम्न म पनि!

माया मार भो
पुन्टेको सालीको कत्रो demand हो!

पहिलो आएछ DCDUDE
तेस्को त नाकै हात्तीको सुँढ।
मेरी साली ताक्ने आँट आयो कहिले?
जाऊ ऐना हेर पहिले!

माया मार भो
पुन्टेको सालीको कत्रो demand हो!

अनि को हो त्यो WORLDMAP?
खानु पर्?यो मेरी सालीको slap?
सालीको भेना छ, सालीको भेना छ
WORLDMAP लाई भेनाको लात्ता छ!

माया मार भो
पुन्टेको सालीको कत्रो demand हो!

प्रेम चरो नि उडेछ भुरुरु
आफ्नो बाटो नलागी खुरुरु।
ताकूम् गुलेली? लाग्ला मट्ट्याङरा।
अनि एक्लै नाच्ने छौ भाङरा।

माया मार भो
पुन्टेको सालीको कत्रो demand हो!

कलंकी पनि मेरी सालीलाई साईड हान्नि?
रेष्टुरेण्टमा काम गर्छौ च्या छान्नी।
नकचरोको लाज शरम् पचेको
मेरी साली आकाशको फललाई कविता रचेको।

माया मार भो
पुन्टेको सालीको कत्रो demand हो!

नभाको होईन थुप्रै नै साली
तर सबै सालीको यई भेना माली।
यो गीत मा एउटैलाई छड्के सलाम्
ज्ञानी भई मादल मात्र ठोक्ने ejuram!

माया मार भो
पुन्टेको सालीको कत्रो demand हो!
 
Posted on 06-03-05 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्‍टेको अभागी खप्‍पर
ससुरोले बनायो तँलाई सालीको पुच्‍छर
के फुर्‍ती गर्‍छस भन्‍दै सबै साली मेरो
बिर्‍सीस की केहो बुडीको बन्‍चरो

कलन्‍कीस्‍थान
साली लान्‍छु भनदैमा रातो साडी किन्‍दैमा
पुन्‍टेको साली मान्‍दैन
हनी यता मुन उता
थाहा छ Frankfurt कता

प्रेम चरो
बिहे यसपाली हुन्‍छ भन्‍दैमा
पुन्‍टेसंग बकमफुसे सल्‍ला गदैमा
भाउजुको बैनी पाईदैन
तिमो बुडी मलाई चाइदैन

वोल्‍ड म्‍याप
कती राम्रो तिम्रो सपना
कुचो बर्‍सेला है बिपनामा
खुबै हर्‍ेछे आखा तानी तानी
होस गरहै पुन्‍टेको साली त आ जी पीको नातीनी






 
Posted on 06-03-05 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो डि सी केटो कताबाट आज यहाँ टप्किन आइपुग्यो? लोक गीत बिर्सेर आराम गरेर बस्या त डि सी को गुण्डोले डि सी बाटै ढुंगा हान्न थालेपछि केही नलेखी बस्न भो त अब?

DcKeta हो डि सी को गुण्डो
DcKeta हो डि सी को गुण्डो
ताक्छ साली पून्टेको
खेल्न आउँदैन भकुन्डो
आउँदैन छुट्याउन
फर्सी र कुभिन्डो

पून्टेको सालीलाई चरीकोट घुमाउने
उसको दीवास्वप्न
पून्टेको साली मसित हिंडेको देख्दा
सक्ला त उसले खप्न?

EjuraM!!!
ठोक न मादल ठोक
ताक्छु म साली पून्टेको
मौका परे बोक

पून्टे ?हाम्रा साह्रै राम्रा
च्वाँक सालीको माली
पून्टे ?हाम्रा साह्रै राम्रा
च्वाँक सालीको माली
उसको सालीलाई हेर्दैमा
गर्छ किन यत्ति गाली?
सालीलाई बूढी कन्या राख्ने मन छ की?
ओहो!! यो पून्टे बूढो त कति जाली

EjuraM!!!
ठोक न मादल ठोक
ताक्छु म साली पून्टेको
मौका परे बोक
 
Posted on 06-03-05 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे माली,
होए होए
क्या राम्रो पालि टोपीमा
होए होए
पालि टोपीमा

बुढेसकालमा होए होए
बुढेसकालमा
माली हुने होए होए
सुर्ता चैँ नगर

तिम्रो साली होए होए पठाइदेऊ मतिर
होए होए कटर कटरमा

तिम्रो झिल्के साढु भाई आयो मोटरमा
 
Posted on 06-03-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte dai?? तगडा? भाउजुलाई भन्दिम??? haha BLACKMAIL.

रातमा तारा दस चोटी गन्दिन्छु
साली ताक्या भाउजुलाई भन्दिन्छु :D:D:D
खान्न बाबा जागिर सरकारी, जागिर सरकारी
दाईकि साली छिट्टै हुन्छे भाई-बुहारी
सेरो फेरो सलाम छ मेरो
नाम कलंकी कपाल मेरो शाहरुख खान
साली नदिए रोई-कराई दिन्छु ज्यान

ल त, तथास्तु भन्नु, आशिर्वाद दिनु

यि हाम्रा worldmap बाबु को दिमागमा गमला सट् ले नराम्रो दख्खल प?र्?या जस्तो छ॥ जाउ, rest gara.
हुन्छन राजै एकबिहानै रक्सिले झ्याप
भ्वाङ्ग पर्ला है सम्हाल तिम्रो worldmap
सेरो फेरो सलाम छ मेरो।

अर्काकि सालीलाई ताक्यौ, गमला खायौ
के गर्छौ ? जे भयो सो भयो
अब आईन्दा helmet लाएर हिड्ने गर्नु

फेरी अर्कि देख्लाउ, झन् त गोलि खालौ
के गर्छौ ?
कवच लगाएर हिड्छौ ?
कि कुलेलाम ठोक्छौ ?
हदै होला, ब्रम्हचारी बस्लौ
जे होला सो होला
अब आईन्दा बाटोमा तरुनी देखे, पर सर्नु :)

DCketa, नामी गुण्डा, नाम के रे ? गोविन्दा ?
रोए हुन्छ डाँको हाली भक्कानो छाडेर
जान्छे-अरे कलंकीसितै heroine मस्केर
सेरो फेरो सलाम छ मेरो
frankfurt जां होस मलाई छ के tension
उनी मेरि मुना म चाहि उनको मदन
सेरो फेरो सलाम छ मेरो
सुन्छु DCketa को नाकै हेर्दा डरलाग्दो
भन्छे मलाई साझामा मै मात्रै भरलाग्दो
सेरो फेरो सलाम छ मेरो
मस्कि मस्कि DcKeta हिडेकै छक्का ताल
GeorgeTown जाउ, पाउला केटा फालाफाल
सेरो फेरो सलाम छ मेरो

(No offense) eh.

 
Posted on 06-03-05 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ट्या' साली साह्रै नै काली, सह्रै नै काली
जान्छु भन्छे पोइको घर यसपाली
मैले के गरुँ?
साली दिन्छौ कि भगाइलैजाऊँ ?

साझाँ' बसी नबजाऊ बाजा, नबजाऊ बाजा
हाम्रो पृति भैजाला ताजा
मैले के गरूँ ?
साली दिन्छौ कि भगाइलैजाऊँ ?

त्यो केटीलाई धेरैले ताक्नी, धेरैले ताक्नी
केटीभने मलाई नै साइड हान्ने
मैले के गरूँ ?
साली दिन्छौ कि भगाइलैजाऊँ ?

डिसी हवाइ बसेर कराउने, बसेर कराउने
मैले यता सुटुक्कै भगाउने
मैले के गरूँ ?
साली दिन्छौ कि भगाइलैजाऊँ ?

पुन्टे तिम्रो त चानसै छैन, चानसै छैन,
बहुबिहा त लाग्दछ ऐन
मैले के गरूँ ?
साली दिन्छौ कि भगाइलैजाऊँ ?
 
Posted on 06-04-05 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलंकीको कपाल छ रे शाहरूख खान
कलंकीको कपाल छ रे शाहरूख खान
पून्टेको साली नपाउँदा
रोई कराई छ धुमधाम
मेरो नक्सा भ्वाङ् पार्ने
उसको रहेछ कत्रो प्लान
धोविनीको पेटीकोट च्यात्ने पनि
यही नै होला कलंकीस्थान

सिमसिमे पानीमा
कलंकीले बेमान गर्ला कि जिन्दगानीमा

दादा गिरी चढेर आए मोटर
दादा गिरी चढेर आए मोटर
बाटोमा हिंड्दा लडिहाले
खुट्टाले टेकी भुइँकटर
सम्झन्छन् पून्टेको साली
खाँदै पाउरोटी बटर
ट्वाल्ल परी आकाशतिर हेर्छन्
म र उनी चढेको हेलिकप्टर

सिमसिमे पानीमा
दादाले बेमान गर्ला कि जिन्दगानीमा

गालब पनि सोच्छन् पून्टेको साली भगाउने
गालब पनि सोच्छन् पून्टेको साली भगाउने
केटी चैं म लान्छु अनि
गालबलाई दोष लगाउने
पून्टेले गालबको घाँटी समाई
ठूलो मजा चखाउने
पून्टेकी साली र म चैं
सँगै गाना गाउने

सिमसिमे पानीमा
गालबले बेमान गर्ला कि जिन्दगानीमा
 
Posted on 08-27-05 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timi hau geet lekhdai gara ma gai sanke Poonte ko sali liyera!

Caio
 
Posted on 08-27-05 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठोकन मादल ठोक
सालि भगायो पुन्टेले मलाइ लाग्यो चोट

लुकि लुकि सुन्तोला खुवाउथि
मारो सधै बुई चडन रमाउथी
काली मोरी सारैनै बेइमान
मादल ठोक भाइ EjuraM

पुन्टे भेना भनेर हराउथी
देख्दा मालाई रातो गाला बनाउथी
भेना पनि नकचरो बनेर
हीडन थाल्यो छोरो पो तानेर

गोजिमा छ पैसा दुई चार हजार
पुन्टे भयो एकराते जार
छोरो भन्दै कीन हो तानेको
सालिले ढाटन कतिहो जानेको

ठोकन मादल ठोक
सालि भगायो पुन्टेले मलाइ लाग्यो चोट





 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters