[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो अमेरीकामा !

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 23929 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-01-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ए तपाई नेपाली हो?" पछाडीबाट मेरो कांधमा हात हाल्दै एउटा आवाजले सोध्यो !
मैले हो भनें !
"ए बडा खुशी लाग्यो, मेरो नाम राम ! यो अमेरिकांमा पनि रेलमा टन्न नेपाली भेटिदो रहेछ ! हिजो अस्ती नि भेटें ! नेपाली केटीहरु पनि कस्तो फोहोर फोहोर कुरा गरेर बस्ने नि यो अमेरिकामा ! नेपाली केटाहर त हेर्नै न लाग्दैन पो भन्छन् है यो अमेरिकामा ! हैन अमेरीकांमा आउनु भा’को कति भो?"
"चार बर्ष जति भो !"
"ए यो अमेरीकांमा म आएको ठ्याक्कै एक बर्ष पुग्न आट्यो ! यो अमेरीकामा त दिन पनि कति छिट्टो बित्दो रहेछ ! यो अमेरीकामा आएको हिजै जस्तो लाग्छ ! अनि बसाई कता तिर नि ?"
"नेटिकमा बस्छु!"
"कता हो नेटिक भन्या? सत्ते अमेरीका आए देखि कंहि गा’भए ! यो अमेरिकामा गाडी नभई केही गर्न पाए ! कति बिशाल रै’छ हो यो अमेरीका त ! अनि अमेरीकामा तपाईको हरियो पत्ता छ?"
"के हो हरियो पत्ता भनेको ?" मैले सोधें !
" अमेरीकाको ग्रीन कार्ड के ?"
" परमानेन्ट रेजीडेन्सी छ !"
"के के हो के के यो अमेरीकामा ! त्यसो भए तपाईको कागज भा’को कि नभा’को यो अमेरीकामा ?"
"लिगल हो ! अनि तपाईको नि ?"
"आफ त तेही हो ! आर्काको टुरीष्ट भिसामा आईयो फोटो फेरेर यो अमेरिकामा ! यी बसिया छ तैतिकै यो अमेरिकामा ! कनै दिन समाइए फर्कन पर्ला यो अमेरीकाबाट !"
"अनि कंहा काम गर्दै हुन हुन्छ त ?"
"यो अमेरिकामा का पाउन केही गाह्रो हुन्न रै’छ ! पहिले धोतीको गरियो, दल्न सम्म दल्यो साला धोतीले ! टिप्स पनि नदिने यो अमेरीकामा पनि ! त्यसपछि डोनट पसलां गरियो ! त्यसपछि यो अमेरीकामा सुसी बनाईयो बुझ्नु भो ! जोर्नी दुखेर भुतुक्कै पार्ने रहेछ ! अहिले स्याण्डबिच पसलमा ! गाडि जान्या भए पिजा डेलीभरी गर्न हुन्थ्यो। टन्न टिप्स पो हुन्छ भन्ने सुन्छु ! के को लाज काम गर्न यो अमेरीकामा हैन त, साथी ! अनि तपाई चाहि के गर्न हुन्छ नि यो अमेरीकामा?" सब-वेमा अंगालै मार्ला जस्तो गरेर उनले भने !
"म यूनिभर्सिटिमा काम गर्छु !"
"बसेर गर्ने का कि उठेर? दई थरीका हुदो रै’छ यो अमेरिकामा !"
"कहिले बसेर कहिले उठेर !"
"बसेर गर्ने बेला त हरियो कमाउनु हुन्छ होला नि यो अमेरीकामा ! कति कमाउनु हुन्छ?"
"अलि अलि। ट्याक्स पछि भाडा तिर्न र अरू खर्च गर्दा पुग्छ ! फेरी रिसर्च मा अरु जस्तो पैसा पनि त छैन नि ! त्यहि चालीस पचास हजार त हो नी"
"ए टयाक्स पनि लाग्छ यो अमेरीकामा ? तपाई भन्दा त बढी मैले पो कमाउदो रहेछु !
आफू त क्यासै बाहेक केही गरिन्न आफू त अमेरीकामा सात सात जना साथी मिलेर बस्या छौ दुई सय लाग्छ महिनाको ! फेरी आफ्नो त ब्रेकफाष्टै स्याण्डविच, लन्चै स्याण्डविच, डिनरै स्याण्डविच यो अमेरीकामा ! डेरामा कोही साथीहर भात पकाएर खान्छन् बिजुली बालेर ! आफू भने बिन सित्तीमा बिजुलीको पैसा मात्र तिर्न पर्छ ! आफूले त यो अमेरीकामा आधा धण्टा बत्ति बाल्या भए त के ! बिहानै उठ्यो.....काममा गयो... सुरङ्गै सरङ्ग राती फर्केर आयो सुरङ्गै सुरङ्गै... यो अमेरीका भनेकै सुरङ जस्तो लाग्न थाल्या छ ! बरू तपाईलाई नि भोक लाग्यो होला, स्याण्डविच खानु हुन्छ ? चिकेन नि छ, रोष्टेड बिफ नि छ ! यो अमेरीका बसे पछि बिफ पनि दिन पर्यो नि ! बाहून हिन्दू भनेर कहा साध्य ? झोला म तिर फर्काउदै भन्यो !"
"हैन म मासु खान्न !"
"यो अमेरीकामा पनि थुप्रो मान्छेले नास नखादो रै’छ ! भेजीटेरियान नि छ, मशरूम वाला। भोली ब्रेकफाष्टलाई भने र ल्या’को, बिहान बिहान के मासु खान भनेर ल्या’को ! आफू त खादा खादा हैरान। पेट त पानी मात्र पिए पनि बढ्ने रे’छ यो अमेरीकामा !"
"मेरो साउथ स्टेशन आई पुग्यो लागें है " भनेर जानै के लागेथें "लानुस् लानुस्"भनेर एक पोका स्याण्डविच थम्याई दिए मेरो हातमा यो अमेरीकामा !
 
Posted on 08-01-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैको बास्तबिक जीबन संग मिले केबल संयोग सम्झनु होला
 
Posted on 08-01-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-01-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साँच्चै हो र त्यस्तो हुने त्यो अमेरिकां?
 
Posted on 08-01-06 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OOOOOOOOO God!! Superb Hasayo yar!!Great!
 
Posted on 08-01-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
के के हो के के यो अ मेरिकामा !:):)
 
Posted on 08-01-06 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasko jivan saga milyo shiris jee? yeso bataidinus na.
 
Posted on 08-02-06 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye gautam ji, ke ho japan ma testo hudaina. siucha taar bata kalanki hudai ascol jane swayambhu ko bus ma timile pani testai manchhe bheteko haina?
 
Posted on 08-02-06 2:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hunchha kanchhi hunchha yo japanma pani!
 
Posted on 08-02-06 2:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए अनि नानी को घर नेपाला चाँही काहाँ हो नि?
अनि बाबा आमा ले के गर्नु हुन्छ? भनेर सोधन वीरसियछन्न यो अ्एरिकामा
 
Posted on 08-02-06 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NIce one sirish....it is indeed amazing how well you did manage to grasp the conversation word by word, reading your story brought back some instances in atlanta last year. Funny as they seem, they also delineate a hidden sarcasm about how well Nepal endeavors to bring about the best jobs for people.

Chameli,
how about people inquring about your last name and gotra?
 
Posted on 08-02-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा...

"कसैको बास्तबिक जीबन संग मिले केबल संयोग सम्झनु होला"
 
Posted on 08-02-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You hit the nail, John.
Since I am from mixed background and by my appearance could be from anywhere.
I have hard time explaining people why my surname and looks don't match.
 
Posted on 08-02-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A common story presented in a great style!
 
Posted on 08-02-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पहिले धोतीको गरियो, दल्न सम्म दल्यो साला धोतीले ! टिप्स पनि नदिने यो अमेरीकामा पनि ! त्यसपछि डोनट पसलां गरियो ! त्यसपछि यो अमेरीकामा सुसी बनाईयो बुझ्नु भो ! जोर्नी दुखेर भुतुक्कै पार्ने रहेछ !"
ha ha ha, funny.
 
Posted on 08-02-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै गरि एक दिन भर्खरै नेपालबाट आउनु भा’को एउटा पाको मान्छेसंग मेरो कुरा भा’थ्यो।

बाबुको नाम के? थर के? नेपालमा घर काँ? बा को नाम के? बा के गर्नु हुन्छ? कति भो अमेरिका आ’को? अनि अहिले के गर्दै हुनुहुन्छ? आदि ईत्यादि सोध्न भ्याउनु भएपछि, अन्तिममा प्वाक्क सोधि हाल्नु भो, “अनि, बाबुको ग्रिन कार्ड पनि छ?”

एकछिन त ट्वाँ परें। त्यो पुरा खोजि निधि पछि मलाई नि वाक्कै लागि सकेको थियो।

“ग्रिन कार्ड त होईन, तर मसंग METRO CARD चईं छ,” subway चड्ने metro card वालेटबाट झिकेर देखाएं।

“ये! के हो बाबु यो metro card भन्नि? अनि यसले जान आउन पाउँछ त?” metro card लाई धोरेर हेर्दै सोध्नु भयो।

“किन नपाउनु नि? म त monthly unlimited किन्छु, जत्ति पनि जान आउन पाउँछ!”

“नेपाल पनि जान पाउँछ?”



“अनि यसले काम पनि गर्न पाउँछ?”

“कामै त होईन, तर काम सम्म जान, आउन मज्जाले पाउँछ।"

“अनि यसले के के benefit हरु पाउँछ त? health, social security?”

“अरु त तेस्तै हो, बरु यसले transportation benefit चईं १००% पाउँछ।”

“अनि lawer सयर लाई नि खर्च गर्नु प-यो कि? कति प-यो?”

“lawer नै चाहिन्न यसलाई। खर्च भन्या तेई हो सबैलाई पर्ने -- monthly unlimited को जम्मा $७६। मासिक तिर्न पर्छ।”

***ठट्टै ठट्टामा। कसैको वास्तविक अनुभवसँग मेल खाए, लेखक आफैं जिल्ल पर्नु हुनेछ!***
 
Posted on 08-02-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

******“नेपाल पनि जान पाउँछ?”

“अब, नेपालै त होईन, तर नेपाल जानलाई airport सम्म चईं जान पाउँछ। तेस्पछि त के हो र? पिलेन चढेपछि जाबो २० घण्टा त हो!”
 
Posted on 08-02-06 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte back to his form eh? That was indeed hilarious!
 
Posted on 08-02-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा पुन्टे दाई, अन्त्यमा थपेको कुराले त BMLB गरायो

के छ Flippy?
 
Posted on 08-02-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe ke hunu ni, Poonteko kura sunera, I suddenly feel an ache in my stomach! Phewww!
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters