[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 बन्द गर सम्भोगहरु !

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 41332 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 11-17-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्द गर सम्भोगहरु
बेन्जु शर्मा


सम्पूर्ण हाबामा बारूदको गन्ध
फैलि‍एको बेला
चिसा खोला र नदीहरु
ताता रगत भएर बगेको बेला
मानिसको मन भित्र
आगोका बिउहरु रोपिएर
आगोहरु बम गोला भएर
बिबेकहरु बिचलित भएर
पाशबिकाता नै पौरुषता भएको बेला
एलएसडीको लागुले
युग चम्काइ रहेको बेला
नौजबानका लाशहरु
यत्र तत्र बेबारिस
क्षतबिक्षत छरिएको बेला
सिर्जने र सृष्टिलाई नै हांक दिएको बेला
गोलीको होलीमा
चीरदाह गर्नकालागी
के जन्माउनु सन्तानहरु !
ए सम्फूर्ण महिलाहरु हो!
बन्द गर कोखहरु
अब कुनै बच्चाहरु
लोरी सुन्दै
झोलुङ्गामा झुल्ने छैनन्
यो नपंसक समयसंग
बन्द गर संभोगहरु !
 
Posted on 11-17-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, धन्यवाद सुन्दर सिर्जना पस्किनु भाको मा । कहाँ बाट साभार गर्नु भयो क्यारे, जानकारी पाए बेश हुन्थ्यो । बेन्जु जी को कर्फयु शिर्षक कबिता कहीँ बाट मिल्छ भनेपस्किनु होला ।
 
Posted on 11-17-06 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul vai

Link for the above kavita:

http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/deshantar/nov/nov12/literature.php#2

I also wanted to read कर्फ्यू। मौका मिलेको छैन

यो मेरो निर्माणाधीनको बिज्ञापन:

बलात्कार भएन निबस्त्र हुंदा समेत
ऐना अघि यौबनको घमण्डमा मस्त छौ !
 
Posted on 11-17-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई, तपाईँको अनुरोधमा-

कर्फ्यु
(डा. बेन्जु शर्मा)

बिहानै सिरानीको शिरमा
कर्फ्युको साइरन
मृत्युको शंखघोष हुँदा
गतिमा गोली लाग्दा
आवाजहरू दगुरिरहेका
तारहरुको घाँटी निमोठिँदा
शब्दहरू शरशय्यामा रोपिएको छ ।

घाँटीमा कर्फ्यु
पाइलामा कर्फ्यु
आँखामा कर्फ्यु
सम्पूर्ण संवादमा कर्फ्यु
कर्फ्यु भाइरसले
निस्लोट ज्वरमा
देशलाई पकाउँदा
कर्फ्युको ठिँगुरोमा
देशलाई ठिँगुराउँदा
अरुलाई ताकेको बन्दुक
उल्टिएर कहिले
आफ्नै छातीमा पड्कन सक्छ
सायद यही समय आएको छ ।

गतिहरू गर्वमा पुरिँदा
पाइलाहरू पातालमा भासिँदा
मात्र दिमाग दरिलो भएर
द्रूत गतिमा दगुरेको छ
टाउकाहरू पृथ्वीसंगै
घुमेका छन्
जति हातले पौठेजोरी खेल
लात्ताले हान
जति मल्लयुद्ध लड
तर टाउकासँग टकरार नगर
विश्वसँगै घुमिरहेको
विचारको संवाहक
एउटा विन्दुमा
सम्पूर्ण सिन्धु अट्ने
द्रुत गतिका दूतहरू
एउटै खल्तीभित्र अड्ने
एक्काइसौँ शताब्दीको
दिमागसँग शत्रुता नमोल ।

अब बाबुले खाएको घिउको
हातमा कुनै सुगन्ध छैन
उहिलेका कुरा
उड्ने रङ्गजस्तै
खुइलिइसके
आजलाई
हिजोको खिया परेको साँचोले
कसरी बन्द गर्छौ ?
यी ताल्चा र साँचोका
सिक्री र साङलाका कुरा
यी दासताले छल्ने कुरा
कर्फ्युको कक्राइले करेट्ने कुरा
उहिले उहिलेका कुरा
लाक्षागृहका कुरा
पासाको खेलले
द्रौपदीलाई निर्वस्त्र पार्ने कुरा
धमिलो पानीमा
माछा मार्ने कुरा
वेश्याले गर्ने
पतिव्रताका कुरा
यो अब नगर
ओठे प्रजातन्त्रका कुरा
 
Posted on 11-18-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bandh Gara FOhar Tasbir haru.
Suru Gara safaa sajha albumharu.
 
Posted on 11-18-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद बिर्खे कबिताको निम्ति
 
Posted on 02-11-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from Madhuparka

म किर्तिपुर नाक माग्दैछु

कृसु क्षेत्री


म बूढो नाक काटिएको
कुरुप किर्तिपुर
दुई सय बयालीस वर्षछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक...

कीर्तिपुरको नाक रहँदासम्म
सकेनौं पूरा गर्न
कुनै उन्मादी रहर
सकेनौं जित्न
कुनै दानवी युद्ध
अनि
पराजित भएपछि
कायर पुरुष तिमीबाट
मृत संविधानले फुकाइएको छ
बाधा अड्काउहरू
र,
त्रि्रो स्वचालित हतियारले
छानीछानी काटिएको छ
मेरो नाक...

दिग्विजयको अहम्मा
नाङ्गै दौडिरहेका उन्मत्त भैरव
नरमेध यज्ञमा
चरु बनाएर डढाउँदै छौ
मेरो सभ्यता
मेरो संस्कृति
अग्निकुण्डमा पग्लेर थेप्चो भएको
मेरो नाकमाथि नै
किन धावा बोल्छौ -
किन नष्ट गर्न चाहन्छौ
मेरो पहिचान

र,
शरीरभरि पोतेर
रगतको क्यानभास
वधशालाको कसाइले झैँ
किन काटिरहन्छौ मेरो नाक -

मेरो नाक काटिएपछि
सारा देशमाथि गीर खेलेको
भ्रम पालेका छौ
हत्याराको नकावपोशमा
सिसीफस भएका छौ
वशिष्ठ ऋषिश्रापित देवेन्द्र
शरीरमा हजारौं नाक टाँसेर
निसंकोच
नाङ्गै उभिएका छौ

जब म
खेतका गरामा गाउँदै थिएँ
राजमती कुमती जिकेवसं पिरती...
तिमीले मलाई बन्दी बनाएर
तिम्रो प्रशंसामा गाइएको
राष्ट्रगानको लहरमा उभ्यायौ
मबिना नाक
उभिरहेँ चुपचाप
र,
तिम्रो षडयन्त्रमा
असहृय वेदना
निरन्तर यातना सहेर
अँध्यारो कालकोठरीमा
लामो समय बिताइरहेँ
बन्दी जीवन

आज फेरि तिमीले मसँग
मेरो हात माग्यौ
ज्रि्रो थुत्ने प्रयास गरयौ
आँखा फोड्ने चाल चल्यौ

र, एकाएक
लामो समयदेखि मौन बसेको
मेरो स्वाभिमान-म्याग्मा
फेरि चलायमान भएको छ
अविचल शान्त बसेको
मेरो पहिचान-लाभा
फेरि विस्फोटन भएको छ

अहँ ! अब म सहन सक्दिनँ
म तिम्रो बन्दी भएर
विगतमा झैँ मौन बस्न सक्दिनँ
अब मलाई कुनै मृत्युको भयले
या अनाहक मोहले छेक्न सक्दैन
मेरो काटिएको नाक
तिमीबाट फिर्ता लिन
अब मलाई
कसैले रोक्न सक्दैन

खबरदार !
मलाई मेरो काटिएको नाक चाहिन्छ
हैन भने बदलामा
मैले तिम्रो नाक पनि
काट्न पाउनु पर्छ

म बूढो नाक काटिएको
कुरुप कीर्तिपुर
दुइ सय बयालीस वर्षछि
आफ्नो नाक माग्दैछु
मलाई मेरो काटिएको नाक चाहिन्छ
मेरो नाक...

ढाका, बंगलादेश
 
Posted on 02-11-07 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah!!! Wah!!!!! Gajab ko rachanaharu!!!!!!!!!!!!!!
 
Posted on 02-11-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha ha.. hatterrika, shiva ratri ko bela ganja ko kura gareko hola bhanera click gareko ta sambhok ko kura po raichha ;-)
 
Posted on 03-07-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालीप्रसाद रिजाल

रहस्योद्घाटन

आज म अत्यन्त गुहृय कुराको
रहस्योद्घाटन गर्दैछु-
जति पनि कविता, गीत
जति पनि पुस्तक आजसम्म
मेरा नाममा प्रकाशित भएका छन्
ती एउटै पनि मैले लेखेको होइन !

क्षमा चाहन्छु
मैले पाठकलाई ठगेँ
यो कुरालाई अहिलेसम्म लुकाएर
मैले जघन्य अपराध गरेँ
तर मानिसको स्वभाववश
म विवश थिएँ
लेखक कहलाउने लोभलाई
मैले संवरण गर्न सकिनँ ।

वस्तुतः पाँच दशकदेखि
मात्र सार्ने काम गर्दै आएको छु मैले
कसैले टिपाउँदै जान्छ
म खुरुखुरु सार्दै जान्छु
र्सार्दछु र साफी गरेर
आफ्नो नाममा छपाउँछु,
वास्तविक स्रष्टालाई
मैले पनि देखेको छैन
किन उसले घरिघरी टिपाउँछ
त्यो पनि मलाई थाहा छैन
उसको स्वरमात्र सुनेको छु
यदाकदा ऊसित संवाद गरेको छु
तर कुनै प्रसङ्गमा उसले
मसित कहिल्यै गुनासो गरेन
बारम्बार उसले टिपाउँदै गयो
मैले आफ्नो नाममा
छपाउँदै गएँ ।

गल्ती यहाँको
परम्पराको पनि हो
जहाँ लेखन्दासले पनि
आफूलाई लेखक भन्ने गर्छ
गल्ती यहाँको प्रचलनको
पनि हो
जहाँ काम गर्छ एउटाले
नाम र दामचाहिँ
अर्काको भागमा पर्छ ।
मलाई थाहा छ
र मलाई चिन्ने सबैलाई थाहा छ
मजस्तो व्यक्तिले
यस्ता कविता गीत लेख्नै सक्दैन
कुनै तादात्म्य छैन
म र मेरा रचनाबीच
यो त्यसै पनि
उहिले पत्ता लागिसक्नुपर्ने थियो ।

तर मलाई धन्यवाद दिन पर्छ
कमसेकम मैले
आफ्नो अपराध स्विकार गरेँ
मैले आफैँलाई समातेर
सुपुर्दगी गरिदिएँ
अहिले म आफ्नैसामु
आत्मर्समर्पण गरेर भनिरहेछु
गर्वका साथ भनिरहेछु -
जति पनि कविता गीत
जति पनि पुस्तक मेरा नाममा
प्रकाशित भएका छन्
त्यो एउटै पनि
मैले लेखेको होइन ।

www.nepalikavita.com
 
Posted on 03-07-07 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, कालीप्रसाद रिजाल को यो कबिता बारे केही खुल्दुली जाग्यो मलाई। यस्लाई अन्यथा न लिनु होला, बिशुद्ध सहित्यिक हिसाबमा लेख्दै छु। मैले चिनेको कालिप्रसाद रिजाल त उनका कृतिहरु र त्यो कबिताको भाव एकै हुन सक्दैन। मैले सुनेको छु, कालिप्रसाद् रिजाल ले बरु कसैको निम्ति लेखिदिने गरेका थिए र पुरस्कार् स्वरुप समाजिक सेवा समन्वय परिषदमा उच्च पदाधिकारिमा नियुक्ति पनि भएको थियो रे। कहिँ उक्त अभिब्यक्ति आत्मग्लानीको उद्बोधन् त होइन?
 
Posted on 03-07-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् शिरीष गुरु कालिप्रासदजीको कविताको लागि!

राहुलदाई, शायद कालिप्रसादज रिजालले लेख्ने बेलाको आफ्नो परिचय र अरु दैनिक कृयाकलाप गर्दाको आफ्नपो परिचय भिन्ना भिन्नै भेट्टाए कि? र यहि छुट्टा छुट्टै आत्मपहिचानलाई आत्मालोचनाको रुपमा यो नयाँ कविता बनाएर पस्केका पो हुन कि त?
 
Posted on 03-07-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अंश" लाई "सम्पूर्ण" को अंग र "सम्पूर्ण" लाई "अंश" को श्रोत देख्न नसकेको अक्षमता पो देख्छु म ता । आफूलाई जति विभाजन गरे पनि ती सबै आफै हुन् र अपृथक छन् भन्ने हेक्का नराखेका । अथवा कमजोर अंश/अवतार को उत्तरदायित्व स्वीकार गर्न हिचकिचाएका हुन् ।

यो त भन्ने कुरा मात्र हो । यथार्थ चाही के हो भने एउटा कविता लेखिदिएका हुन् कविज्यूले, बस् ।
 
Posted on 03-07-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think he wrote that about "chaandani shah". Having witnessed myself how these good writer used to write for other powerful one, I always was suspicious that chaandani shah's writing came thru mr. rijal. Rijal was close to darbaar. But just my guess. But I repect Rijal and his writing, he did it whatever he had to inorder to survive as poet that time...talented poor guy.
 
Posted on 03-07-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! शिरिसजी क्या खुब कविता रहेछ । तपाईको निर्माणाधिन पनि पढौन ।
 
Posted on 03-07-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली प्रसाद रिजालको भनाई पक्कै पनी चाँदनी शाह संगको सम्बन्धको प्रतिबिम्ब हुनुपर्छ । किनकि ऊनी एउटा होनहार कवि त हुन नै त्यस माथि पनि उनी एक हुतिहारा र लोभी कवी हुन । जब समय त्यो शक्तिको थियो तब उनले हुन सम्म जुत्ताको तलुवा चाटे अब समय अर्कै आउने जस्तो देखे अनि आफुलाई बदल्न खोजे । हर्दै जाऊ तिनै काली प्रसाद रिजालले कमरेड प्र चण्ड र गिरिजा प्रसाद कोइरालाको लागि र उनीहरूको नाममा गीत कविता लेखे भने आश्चार्य मान्नु पर्दैन होला । तपाईंहरूलाई कस्तो लाग्छ साथी हो ???
 
Posted on 03-08-07 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile suneko chandani sha ko naam bata aaune geet kavita haru aru kunai ......Prasai ' naamko byaktile lekhne gareko re .

रिजालको तलका हरफहरुले कसैलाइ ब्यंग्य् गरेको जस्तो पो देख्छु

'......गल्ती यहाँको
परम्पराको पनि हो
जहाँ लेखन्दासले पनि
आफूलाई लेखक भन्ने गर्छ
गल्ती यहाँको प्रचलनको
पनि हो
जहाँ काम गर्छ एउटाले
नाम र दामचाहिँ
अर्काको भागमा पर्छ ।
मलाई थाहा छ
र मलाई चिन्ने सबैलाई थाहा छ
मजस्तो व्यक्तिले
यस्ता कविता गीत लेख्नै सक्दैन
कुनै तादात्म्य छैन
म र मेरा रचनाबीच
यो त्यसै पनि
उहिले पत्ता लागिसक्नुपर्ने थियो ।....'
 
Posted on 06-04-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदेशमा
- दिनेस अधिकारी


छिमेकी घरबाट
तरकारीको मीठो बास्ना आए पनि
झल्झली ! आमा-अनुहार संझेको छ,
साँझ-बत्ती सँगसँगै
निथ्रुक्क ! परेली भिजाएर
हरेक साँझ-
स्वास्नी-संझना वर्सने गरेको छ,

कतै बगैँचा ढाकेर
फूल फुलेको देख्नु हुँदैन
झलक्क ! बहिनी-हातहरू संझेको छ

पसलमा, खेलौना देखे पनि
सडकमा, स्कुल जाने नानीहरूलाई भेटे पनि
आँखामा--
घरी घरी छोरो आकृति उतारेको छ
अथवा--
कसैले गाली गर्यो- घरै संझेको छ
कसैले माया गर्यो- घरै कल्पेको छ
सर्वाङ्ग लुतो पाकेको
घरको फोहोरी कुकुर पनि
कुनै यौवनाको मुस्कानभन्दा कम प्यारो हुँदो रहेनछ परदेशमा
र, फूल बिझाउँदो रहेछ
घाम, ठिहिर्याउँदो रहेछ
कसैले घृणा थुक्नु पनि पर्दैन
कसैले छाती टेक्नु पनि पर्दैन
छिन छिनमा-
मन उसै पनि कुँडिएकै छ
मन भत्कन परदेशमा-
घाम उदाउनु पनि पर्याप्त हुँदोरहेछ
घाम अस्ताउनु पनि पर्याप्त हुँदोरहेछ !!

(आदिम आवाज)


Great Poem !!
 
Posted on 06-04-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद शिरिश गुरु, सुन्दर् श्रीजनाको लागि, आफ्नै नविन् श्रीजना पनि पढ्न पाइयोस् न कृपया !
 
Posted on 06-04-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, यस्तो सुन्दर् सिर्जना यहाँ पस्किदिनु भएको मा। हुन त म धेरै पहिला देखि नै दिनेश अधिकारिजी को रचनाको फ्यान हुं ( सिनेमा का केहि गीत छोडेर्)। हरि भक्त कटुवाल् पछि सबै भन्दा बढि रचना मैले पढेको गुनगुनाएको भनेको दिनेश अधिकारि जी कै हो ।
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters