[Show all top banners]

miss_ me
Replies to this thread:

More by miss_ me
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI XI

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 115320 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-10-06 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चिनजान हाम्रो भा छैन
घर काँ हो केही था छैन
नमानि भन्देऊ केइ झर्को
काँ बस्ने तिमी के थरको
आऊ है माया बस

सुरिलो रूख सल्लै हो
खोजेको तिमीले कल्लाई हो
सुसेलि हाल्दै डाकेर
बोलाको तिमीले कल्लाई हो
आऊ है माया बस !
... ... ...

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले छुट्यो माया जाल
... ...

सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ


यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.--


यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ
नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ

 
Posted on 03-17-06 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ascol ho 45 ma slc diera 46 ma result ani ascol ma tehi batch ho dadako? ma chahi bio day ma thie.
 
Posted on 03-17-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठ्याक्कै सँगै रहेछ। कति खुशी लाग्यो। म फिजिकल डे।
 
Posted on 03-17-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा गोताएँको कविता चोरिएछ।
---
नेपाली साहित्य: (साहित्य विविध ) Home
--------------------------------------------------------------------------------
एक जुग भयो विदेशिएको म (कविता) -देव गुरुङ
March 13th, 2006

-देव गुरुङ

खण्डहर जस्तो घरको मझेरीमा
दुखी वुढी आमालाई छोडेर
पहिरो छेउको आगन डिलमा
दमको रोगी वुढो बा लाई छोडेर
मैलो टोपीले आँसु पुछ्दै
एक जुग अघि विदेशिएको म
हेर
उज्यालोले शहरमा पाइला नटेक्दै
जुनेली रातको वैश नढल्दै
म नापिरहेछु यी विरानो सडकहरु
पोखिरहेछु पसिना यो विरानो माटोमा
हर्राई रहेछु यो विरानो देशमा
एक जुग भयो विदेशिएको म
हेर
प्रेमीले प्रमिकालाई जिस्काए जस्तै
मलाई जिस्काइ रहेछ मेरै भाग्यले
कहिले रुवाउछ कहिले हसाउछ वेस्सरी
घरको एक तल थप्ने आशमा
तीन तल परि सकेछ निधारमा
एक जुग भयो विदेशिएको म
हेर
बिर्सेको छैन मैले दशै तिहार र ल्होछार
टीका, जमरा र सयपत्री फूलहरु
अनि घाँटो सोरठी र त्यो रोधी घर
छाती भित्र सुटुक्क मेरो गाउ राखेर
पैतला भरी मेरो देशको माटो वोकेर
एक जुग अघि विदेशिएको म
हेर
एक जुग भयो विदेशिएको म

घाचोक कास्की
हालः हङकङ

- http://www.hknepal.com/literature/?p=108
 
Posted on 03-17-06 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-17-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

teso bhae ta dekheko pani huna sakchha tapailai maile .. mero ta section A thiyo bio group ko.
Sachchai chorieko ho ra bhanya Gautam ji ko kabita? la hera aapat..

aru cahutarika haru kata tira bahutarira hun?
 
Posted on 03-17-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता भौँतारिराऽ हुन् भगवान जानुन्!
 
Posted on 03-17-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल प्रितीजी र दादा जी दुवैलैइ नमस्कार । म त भर्खर यता पसेको त मेरो नाम त मास्टर्नी ले मिलाई सक्नु भएको रहेछ । ल बधाई छ मस्टर्नीलाइ!!
 
Posted on 03-17-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार! नमस्कार! ल आउनुस् आजको चौतारीमा के छ कोशेली?
 
Posted on 03-17-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke chha dalli ji basai sarai sakiyo?
 
Posted on 03-17-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी पनि भुराभुरीलाई गालि गर्दै गरेको आवाज सुन्या छु पल्लो धागोतिर। अब म एक्लै हुने भेँ बुइनीहुरको बिचमा।
डल्लीजी कोठा सर्ने बेलामा मेरो चैँ जहिले नि के हुन्छ पुरानो एलबमहरुमा र चिठीहरुमा आँखा पर्छ अनि हेर्न थाल्यो, कता कता हरायो, सामान पोको पार्ने काम त अगाडि नै सर्दैन भन्या। कतै त्यस्तै त भा छैन?
 
Posted on 03-17-06 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैळाई
डल्ली पुरुस्कार यत्ति हो??!!!!!!!!!!

चित्रे को नाम शरुण श्रेष्ट हो कि कया हो?

कबिता चोर .........??
 
Posted on 03-17-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा मलाई सानो मा भाईलाई जिस्काउने शब्द याद आयो है

यहा त भन्दिन तर...............:)
 
Posted on 03-17-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होईन अहिले सम्म त पुराना कोठामा छु । यो महिनाको अन्तिमा सर्नु छ । तर समान्हरु पोको पार्न थालेको एक महिना भाई सकयो र अहिले पनि सकिएको छैन। घरमा तिनजानको परिवार् हुदा त यस्तो छ झन् धेरै भएको भए के हुन्थ्यो होला।
एल्बम् र चिट्ठिहरु त सबै भन्दा पहिला पोको पारे। मेरो नी त्य्स्तै हुन्छ भनेर् । कहिले-काहि त जम्मै दिन् नै पुराना थोकरु हेर्नामा जन्छ भनेर त्यसो गरेको।
 
Posted on 03-17-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बपर्थम त चौताराँ सप्लै नमस्कार गरीं क्यारे मैले।
अनि डल्ली फुपूको नाम करुणा ढकाल हो कि खनाल पर्यो?

दादा अनि पीर्ति, मेरो नाम, थर दुबै मिलेन। गारै छ मेरो नाम अलिकति, थर त झनै गारो।
हिन्टको लागि, नाम र थर दुबै बाट R सुरु हुन्छ ल।

अनि गोताएँ गुरुको कबिता त चोरिएकै हो त। तर ती मित्र त हाम्रो अर्को 'कबिताको देश' धागोकै देव गुरुङ त परेनन्?

अनि चित्रे, माइला र चिप्लेको नाम त अझै सार्वजनिक भ' नछ त।
 
Posted on 03-17-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सबैलाई नमस्कार..........!
बल्ल बल्ल सास फुर्सद पाहियो र यसो आँखिझ्याल बाट
चियाएको यहाँ त जमाघट ठुलै हुन लागेच
आफु मात्रै क्यार्न चुप बस्ने भनेर यसो नियालेको मात्रै
आफुलाई यो नाम मिलौने कत्ती जाँगर नै आउँदैन

प्रिती र दादा पनि अस्कल का रचन क्यारे
म पुनी पुग्या थिए
तर धेरै ढिलो ............
लौत चौतारी को डिल्मा बसी
हेर्छु म ता
 
Posted on 03-17-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पारी गाउँको चप्लेटी ढुङ्गा
कान्छि मट्याङ ट्याङ
घुम्तिमा पहिरो छ
कान्छि मट्याङट्याङ
नलाउने माया लाइसके पछि
कान्छि मट्याङ ट्याङ
झन माया गहिरो छ
कान्छि मट्याङ ट्याङ

 
Posted on 03-17-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

N. Sahila ma dhakal ho
 
Posted on 03-17-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम चैं दादा, प्रितीजी, मास्टर्नी दिदी, कसैले नि अहिलेसम्म मिलाउनु भा' छैन, मिलाउनु हुने लाई पुरस्कार दिइनेछ।

साहिंला! माईल्दाइको नाम सार्वजानिक भैसक्यो।

डल्ली फुपू, राम्ररी सर्नुस् है!
 
Posted on 03-17-06 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए चित्रे = अरुण श्रेष्ट हो त?

:) :)
 
Posted on 03-17-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे त उता अर्को धागोमा St Patrick Day मा सार्है रमाइलो गरिरहेको जस्तो छ नी। हरियो रङको लुगा पनि लगएको हो चित्रे?? हुन्छ म राम्ररी सर्नेछु।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters