[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 187024 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-21-06 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****अनि त्यो हरियो बाँसका दुईटा घाराँ चोयाले टन-टन बाँधेर उल्टो शङ्ख "टूँऽऽऽ" पारेर जिम्दै घाट लान पर्नी मुर्दारले गद्दीमा जो बसो *****

यो सिरेलाई के बिधि कुरो आको हो... हे हे हे

लु दादा अब कति दिन बाँकि छ जानलाई? यसो आम्दै अर्नु है नेपाल बाट पनि। अनि कुरो सुनाम्नुहोला के कसो हुँदैच नेपालाँ भनेर
:)
 
Posted on 01-21-06 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले जदौ अरें सप्पैले, पहिले त।
अन्त्याँड, यो नेपाला हालचाल चै नी ज्यादै दिउदार लाउदो भो। अब, भुत्रै सिति भनौं भने नी नसकिने त हैन तर क्यार्नु। यो अउरिका त घाट मात्तै हो, घर त तेइ हो के रे। घाटैमा त क्यारी जिन्दगी गुजार्नी।
अब त्यो ज्ञानेमाईलोलै लखेटेर पनि कुनै निकास देख्दिन म त। तेसको नङ्ग्रा र दाँत उखेलेर अनि बघिनी र भुराहर्लै खोराँ थुन्नि उपाए अर्न परो। अब, बाघ नभे छि स्यालको रजाँइ त झन चर्को हुनी हो की?
हिङ नभे हिङ बान्याँ टालो भे नी काम लाउछ भन्छन्। दारा नङ्रा नभा भे नी अलिकति त स्यालहरु डरौलान् नी, हैन?

लौ दादा, शुभयात्रा, नेपाला' ड हालचाल सुनौन नबिर्से। यस्सो फुटा सुटा खिचेर टाँसे चौताराँ। याम्की भौजुलै प्रणाम। नेपाल खाल्टाँ जानी भे पस्पतिलै "के छ" भन्दिनु है त।
 
Posted on 01-21-06 3:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमुनि लालेले खच्चर चराम्दै थिए। यतापट्टि डिलमुनि साँहिलाले गाई चराम्दै थिए। जिम्मालले दिगदार भर दाह्री कनाए, अनि एक्लै गन्थन गर्दै थिए मेरा झैँ।

"यी नेताहरु पनि गधा जस्ता काम नलाग्नी भर कुरो बिउरेको हो।"
मुन्द्रेले गोटी चाल्दै "हो त नि जिम्मालबा!" भुनेर बोल्नै आँटेको थियो। तल्तिरका गधाले ट्वाक्क सुनेछ, घाँस खानै छोडेर रिसाम्छ बा!
"ए जिम्माल, मुख समालेर बोल।"
"हामी गधाको काम देख्या छैनौ? यो दुर्गममा नुनतेल ल्याम्नी कल्ले हो? नेतासित तुलना गरेर Discriminate गर्दाखेरि अहिले जान्या छु फेरि।"

जिम्मालले कुरो सम्सोधन गरे, शब्द फेरेर।
"मैले तँलाई के भनिचू?"
"नेताहरु गोरु जस्तै काम नलाग्ने भए पो भन्या त।"

फेरि उता साँहिलाका बहरले "गोरु" भनेको सुनेछ।
"क्यारे! बुडा! तेसै बोल्चौ? तिम्रो खले गरो जोतेको काँध अझै दुख्दैछ? हाम्रो काम छैन, अहिले फेरि जान्याछु बुडालाई त्यहाँ हाम्लाई नेतासित तुलना गरेर Discriminate गर्दाखेरि " भनेर घुर्की लायो।

अनि बुडा घोरिए अलिबेर र उखानै फेरेर भने बरा गधा र गोरुलाई-

"हैन तिमेरु पनि कस्तो नेता जस्तो बिग्रेको?"
 
Posted on 01-21-06 4:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,

बिर्खेको सिको गर्दै भनेँ है, कति कति लडिबुडि ल, BMLB....

Keep rolling...
 
Posted on 01-21-06 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐयाऽऽऽपेटका नशाँ गाँठो पार्यौ नि दादा !:D

 
Posted on 01-21-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारि मिठा कुरा अर्न जानेका हुन् हाम्रा चौतारियाहरु ले । हो भनेको अब त गधा र गोरु पनि रिसामने भइसक्यो यि नेता भनेकाहरु संग तुलना गर्दा त ।क्यार्नु र यीनलाई त खाल्टो खनेर जिम्दै पुर्नु पर्ने , अनि बल्ल हाम्रो देश अलि सप्रन्थयो कि ।लै न केटा हो खाल्टो चाहिँ खनिराख मौका भेट्यो कि सब्बैलाई एकै ठाँममा राखेर पुर्नु पर्च, मर्न नसकेका मुरदार हरु
 
Posted on 01-21-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साने साहूले हिजका फुटा जति जम्मै च्यातेछन।त्याँसी फेरि चित्रेलाई भनेर चईनी वालिङ गएर धुलाएर ल्याम्न पठाको के ।

ल, हेऽऽऽरि यो चईनी साने साहूले चौपारीमा नयाँ दोकान थापेका केरे, पहिलो दिन भनेर चिउरा, चिनी, भेली के के माल लेर गाका दोकानमा राख्नलाई ।

 
Posted on 01-21-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँसी मुन्द्रे र बेँसिथानेले तो देसीलाई भिरा'ट मुन्तिर घुचेटे केरे । अनि तेसलाई माथि लेराएसि त तेसको देब्रे खुट्टो जो
चईनी जखमी भएछ केरे । अनि अस्ताल लान परो भनेर सानेको तेही डोको काटेर दादाले काकाको बर्को, नेपे दाजीको
गलबन्दा के के हालेर गद्दा बनाएर यस्तो बनाए केरे ।

 
Posted on 01-21-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि तो देब्रे खुट्टा चईनी जखमी भाको परदेसीलाई अब अस्ताल लान परो भनेर डोकामा चराम्दै छन् यहाँ ।

 
Posted on 01-21-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुल जाद्रै जो हल्लिनी केरे, तेसो भएर लालेले पुल सम्मन तारिदिन लाका । बरा तेसलाई गर्मी होला भनेर छाता
ओडाम्दै हिँडालेका केरे, छाता र डोको त छचल्किएर लालेले कन्नो दुखो बिपत्तैसित, अब बेलका तुच्च तुच्च नपारि
भएन भन्दै थिए ।

 
Posted on 01-21-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँट उता भनि मुन्द्रे र बेँसिथानेले जो बोकेर लगे अरे । जताततै कर्फु लाचन अरे सरखारले, के भओ कुन्नि केटाहुरलाई र तो साईँदुवा परदेसीलाई नि ।

 
Posted on 01-21-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keep rolling...
 
Posted on 01-21-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा
यस्ता हुलमुलाँ नि क्यार्न जान लाग्या हो नेपाल? नअरपालिकाका चुनापाँ भोट हाल्न जान ला'
हो कि के हो? ल ल, पुतलीबजार नअरपालिकाँ हाम्रा ठाइँला मामा उठेछन् भने तिनलाई हालम
है भोट। जे भा' नि सिरे जवईँका ससुरा हुन के रे। मयाँ लाउँच के। :-)

पैलाका जस्तो एउजनाले जाबो एउभोट मत्रै हाल्न पर्नी "निरङ्कुश" शाषन छैन के रे अहिले
त। एउजनाले मनलाए सम्म भोट खसाल्न पाइन्च होला के रे । आखिर "पर्जातन्त्र" न
परो। :p

शुभयात्रा है !

:-)
-भउते
 
Posted on 01-21-06 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु मात्रै हो कि भुनेको त गाँठे जम्मै स्याउँजाली रहेचन् गाँठे यो चौतारिमा त , कोहि वालिड्ग तिरको कुरो अर्चन कोहि पुतलिबजार को ....................
होइन यी स्याउँजाली हरुको काम जति जम्मै माइला दाइले खाइ दियो कि क्या हो
 
Posted on 01-21-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे दादाओ कुरो ....कति हाँस्नु गाँठे ।

अब त गाइ गोरु पनि बिउरिन थालेचन। कुन दिन देखुन गोठा भैँसिले पनि एउ दुइ दिन बिरार दूध दिन थाल्च के जाति 'लोट सिटिङ' भन्तै। फेरि उता पाँच हल गोरु नभै जोतेर नभ्याम्ने हाम्रो टारियाँ (टारि खेताँ) नि एउहल गोरु डराइ डराइ लानु पर्ने होला के जाती कर्फु सर्फु लाएर। दाईँ ढिलो होला जस्तो च यो साल!
अब मोहि फेरुम भने के कति फैर्नु। पइला पइला हाम्रा हजुर्बा पालाँ एउडो मोहि थ्यो, कति धान फल्यो चाइन्जो बेचेर कति पैसो आओ केई था नदिने। फेरी हजुर्बा बुडा तम्सेर त्यो मोहिलाई लघारेर छोडे। त्याँसि फेरि केइ ट्यामलाई अर्को मोहि राख्या एउछिन टिक्न पाएन क्यार्नु। हजुरबा बुडा त खेता टन्टो छिन्या सन्तोख मै मरेर गए केरे, त्याँसि त पिर जति हाम्रा बालाई परो। अर्को मोइले हाम्रो बाओ जिन्तगि खाओ के रे। बुडा साँच्चिकै बुडो भएसि मेरा जुंगा रेखी बस्ने बेलाँ फेरी अर्को मोही आओ। त्यो नि टिकेन। अइले अब यो नि खेत कमाम्चू भन्च ऊ नि खेत कमाम्चु भन्च। क्यारी निर्कोल हुने हो करो बुझे मरिजाम।
 
Posted on 01-21-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याऽऽऽ जिम्माल बा !
यसोऽऽऽ यौटो आलिकिति इमान जामान् भ'को मुन्छे ठम्या'र दश-बीस बरखा लाइ तो खेतै बन्दकीयाँ फाल्दिम् ,
भुत्रै सिति ! हाम्रा सर्दो पर्दाऽ घरियाँ पछि निखनेर खाम्ला ! बन्दकी भनेर मत्रै नि हुन्न का ! हेर न अब त्यो भरते
(भारत) तेसरी नै मुन्छे बनो, हङकङे अइले काँ'ट काँ पुइसको । हामी मत्रै बाउबाजेया पालाको भन्दै सकि
नसकि यो टन्टो टाउकाँ बोउदै अर्दा अर्दै जुनि गइसको । अब मोहि गतिला पाम्ला भन्नी जमना गएचन् जिम्माल
बा, क्यारम् त नि ! :)
 
Posted on 01-21-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्द्रज्यू,

तपाईको घान माथि कता हो कता अलप भईसकेछ । त्यहाँसम्म पुग्न सिरान हुँदै फर्केर आम्न पर्नि भएछ । बाफ रे बाफ कति हो कति खुट्किला त । सानसाहुलाई फेरि भन्नुपर्ने भयो, कि पुरानै तरिका ठीक छ, कि १००/१०० का गरेर तीन खुट्किला बनाउ भनेर ।

Ocean wrote:
>मलाइ त के लाउच भने नी, समस्या भनेका गिरिजा र माकुने होइनन् के रे ।
>खासमा समस्या भनेका बाजेया पाला देखुन्ट बसेको हाम्रो बानी बेहोर
>(attitude) पो हो भन्चु म त ।...............

>त्यै पनि एउपल्ट परजातन्तर आओ भने भगवान का औतारलाइ नैवेत
>र परसादमै चित्त बुजाउन पर्नि बनाउनी र हाम्रो यो परजातन्रको गेडाँ
>आँखै लाउन नपाउँनी भन्नी बना’र लान पाए देखुन् त यी पाटी लाइ
>अनिखेर समयले आफैँ खारेर परिमार्जन अर्दै लान्तो, हामि नी हाम्रा
>बुताले भ्याएसँ इनका निगरानी अर्तेम ।


तपाईको कुरामा मेरो सैद्धान्तिक विमति छैन ।

हाम्रो समस्या गिरिजा होईनन् । गिरिजा त हाम्रो समस्याका केवल प्रतिनिधी हुन् । समस्या हामी आफै स्वयं हौं । गिरिजाजस्तो पत्रु पात्रलाई हाम्रो प्रजातन्त्रको सर्वोच्च स्थानमा राख्ने विवशता जे हो त्यो नै हो हाम्रो समस्या त ।

त्यसैले मैले गिरिजा युगको अन्त्य जो भने त्यो वास्तवमा गिरिजाको व्यक्तिगत अवसान नभएर हाम्रो दासत्व, अकर्मण्यता वा अचेतता, जसले हाम्रो प्रजातन्त्रलाई गिरिजा जस्तो पत्रुलाई अस्वीकार गर्न नसक्ने गरी पंगु बनायो, त्यसको अन्त्यको कुरा गरेको हुँ ।

त्यसैले गिरिजाको व्यक्तिगत अवसान हाम्रो मुक्ति र सबलिकरणको "कारण" नभएर त्यसको "सूचक" मात्र हुने हो ।

गिरिजातन्त्रलाई पद्धतिद्वारा निर्मूल गर्ने कुरा त आफ्नो ठाममा छँदैछ । तर अहिले लोकतान्त्रिक आन्दोलनलाई सफल गन्त्वयमा पु-याउनाका खातिर गिरिजालाई सर्वोच्च राजनैतिक नेतृत्वबाट फ्याक्नै पर्ने व्यावहारिक विवशता छ ।

गिरिजाको पत्रु ईतिहास र व्यक्तित्व र गणतन्त्र-विरोधी सोच- यी दुई कुराले गर्दा उनी अहिलेको मूलत: गणतन्त्रवादी जनआन्दोलनको वास्तविक नेतृत्व गर्न असक्षम छन् ।

गिरिजाले वास्तविक नेतृत्व दिन सक्ने भनेको संवैधानिक राजतन्त्रवादी र गुणात्मक नेतृत्व नभए पनि पछि लाग्न सक्ने जमातहरुको आन्दोलन मात्र हो ।

दुर्भाग्यवश वा सौभाग्यवश, हालका समयमा सडकमा ओर्लेकाहरु अधिकांश त त्यो समुहका छैनन् । अरु कुरा जे भए पनि के चाहि स्पष्ट देखिएको छ भने तिनीहरु अधिकांश त गणतन्त्रवादीहरु छन् ।
 
Posted on 01-21-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजाले अक्टोबर २००२ मा सत्ता लिएदेखि "लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन" ले अगष्ट २००५ मा गणतन्त्र नै जनआन्दोलनको लक्ष भएको घोषणा गर्नु अघि सम्मका ३ वर्ष लामो समयसम्म दूईचार दर्जन देखि सयौं पार्टी कार्यकर्ताले गर्ने नाराजुलुश नै गिरिजाबाबुको नेतृत्वले गर्न सक्ने र गरेका आन्दोलन हुन् ।

"लोकतन्त्र र शान्तिको लागि नागरिक आन्दोलन" ले घोषणा गरेको गणतन्त्रवादी आन्दोलन, एमालेले गरेको गणतन्त्र लक्ष भएको घोषणा र खास गरेर माओवादीको १२ बुँदे सहमतिको प्रतिकात्मक अर्थद्वारा स्थापित भएको लोकतान्त्रिक गणतन्त्रको साझा गन्तव्य पश्चात् सडकमा उर्लेको सर्वदलिय गणतन्त्रवादी मानव महासागरले गिरिजाको असान्दर्भिकतालाई स्पष्ट पुष्टि गर्छन् ।
गिरिजा अहिले सम्म दुईजिब्रे कुरा गरेर बचिरहेका छन् । तर जुन दिन एउटै जिब्रोले गणतन्त्रको खुलेर विरोध गर्नेछन्, त्यो दिन उनलाई उनकै कार्यकर्ताहरुले जुत्ताको माला लगाईदिएर शहर घुमाउने छन् (यो चाहि मैले काँग्रेसकै पुराना कार्यकर्ताबाट सुनेको हुँ, अपमानजनक शब्दको क्षमाप्रार्थी छु) ।

अब आन्दोलन सम्वैधानिक राजतन्त्रमा झर्ने सम्भावना नभएको त छदैछ, यो तथाकथित एक सम्भाव्य सम्झौता भनिएको "Ceremonial monarchy" को पनि राजा र आन्दोलित जनता दुवैलाई अस्विकार्य हुने स्पष्ट देख्छु म ।

पहिले राजाको कुरा गरम । ज्ञानेन्द्रको दिमागी हालत ठीक नभए दैव जानुन्, तर उनी सामान्य छन् भने यति चाहिं प्रष्ट छ उनले राजसंस्थालाई दीर्घजीवी बनाउने कुरा त कल्पना पनि गरेका छैनन् ।

ईज्जतविहिन र शंकास्पद ईतिहास बोकेका यिनी झन् शंकास्पद परिस्थितिमा राजा बने पछि यिनीसंग देखाउन लायकको ग्लेमरस कुरा केही थिएन । भनम् न, यिनी परिचयविहिन थिए । त्यसैले एउटा परिचयविहिन र अपमानपूर्ण (स्वयंको छवि र यिनका सुपुत्रको सार्वजनिक जीवन को कारण ले) जीवनको राजा बनिरहनु भन्दा कुनै क्षणिक दुस्बहादुरी देखाएर उनको परिचयमा "ग्लेमर" जोड्नु यिनले ठीक ठाने ।

अक्टोबर २००२ यताका र नि:सन्देह फेब्रुअरी २००५ को कदम यिनले पछाडी फर्कन गरेका होईनन् । यिनलाई थाहा छ, यतिका गरिसके पछि अब यिनले आँखा झिमिक्क गर्ने बित्तिकै साराले यिनलाई ङ्याक्छन् र गद्दिमै बसे पनि जिन्दगीभर यिनले जुन छि:छि: र दुर दुर र अपमान पाउनेछन् त्यसले यिनलाई आत्महत्या गर्नु बाहेक अर्को मुक्ति दिने छैन ।

त्यसैले कायर बसुवा भन्दा बहादुर भगुवा बन्ने योजना हो यिनको । यिनी सकेसम्म दबाएर यत्तिकै चलाउने, नसक्या दिन टाप ठोक्ने तयारीमा छन् यिनी ।

यो सब थ्योरी यिनी सद्दे भए मात्र लागु हुन्छ है ।

अब, आन्दोलित जनताको कुरा गरौं । अहिले आन्दोलित जनता र १२ बुँदे कागजपत्रबाट बहुदलिय लोकतान्त्रिक पद्दतिप्रति प्रतिवद्दता जनाएर राजनैतिक लेजिटिमेसी कमाउदै गरेका सशस्त्र माओवादीहरुले राजसंस्थालाई स्वीकार गर्ने सम्भावना देख्दिन म । लौ कथंकदाचित कुनै तरिकाले, कुनै परिस्थितिमा केहीले राजसंस्थालाई स्वीकार गरेछन् रे भने पनि एउटा ठूलो हिस्साले गर्ने छैन । र राजनैतिक अस्थिरता र अशान्ति जारी रहनेछ । र घुम्दै फिर्दै रुम्जाटार हुनेछ ।

त्यसैल मलाई लाग्छ, सेरेमोनियल राजतन्त्र जस्ता कुरा आदर्शवादी मंगलकामना त हुन् तर धरातलिय यथार्थ भने गणतन्त्रको लागि तयार भईसकेको छ । बाँकी कुरा त ईतिहासले स्वयंले तय गर्ने कुरा हो ।

मैले गिरिजाबाबुलाई सलाम ठोक्न स्वीकार गर्नु नगर्नुले नेपालको आगामी ईतिहासलाई केहि फरक पार्ने छैन । बरु मेरो आफ्नो ईतिहासलाई भने धेरै फरक पार्नेछ । त्यसैले केही स्वार्थवश गरेको निर्णय हो मेरो ।

______________
 
Posted on 01-21-06 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा लालेलाई धर्मे स्यानाबाले भान्जी देखाएछन्।
"लु हिन् तँलाई लामाकेकी भान्जी देखाम्चु। एउटी केटी भिराम्चु !" भुनेर लिएर गएछन्।
घराँ पुगेसी केटी त कोलातिर नुहाम्न गई भने केरे अनि छेल परेर हेर्न भुनेर लाले गयो।

 
Posted on 01-21-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले पनि एउछिन लुकामारी खेल्यो के केटीसित। धर्मे स्यानाबाकी भान्जी भे नि केटी त साह्रै सिपालु रैछ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters