[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 186673 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-27-06 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गोताएँ पुनि आइलागेच - कटाडी हो आज्। हन कहाँ गैया थियो भन्या। तो पल्टनाडि ल्या औसि केटाअ हेरु ले हिजै सिद्दाइ हाले - क्यार्चौ त नी! क्यान्च - आबो खान सांची अरुलाई, काम सांची आफैलाई।

लौ आम्दै अर्नु - तिम्लाई एउटा पत्लुङ ल्याइ द् या छु के रे, मुन छ भने छिटो आम्नु के रे फेरि तो पुनि केटाहुरले उडाम्छ्न्।

काका लाई केम्रा द् या, ठि| टो ले गाम भरि को बुइनि हरु को फुटो खिचेर सर्ब्नास बनाम्ने भो गाँठे। क्यार्ने होला। अल्लारे हुर को दाउ नै अर्कै। अब आफु पुनि तेहि ड्याङ को मुला नै थियो के रे। होस ठिकै छ्।

रमाइलो गरुम्।

सेर्पेनि बुइनि नि झुल्के छिन्। ए सिरे,ह न यिनि त तो अन्तरे लामा के कान्छी छोरी हैन? हन के बिधी बड्या हो, हलक्कै हल्हले पात जस्तो। तो अन्तरे लामा क्या - उस्काँ त तिम्ले जांड खाएर उधुम मचाको अनि सुरुवाल पुनि बिगार्या।।हे हे हे।
 
Posted on 01-27-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे जी,
म त झन खाँटी पूर्वको परें। हो, उतातिर चौतारी नै भन्छन्। आ अब बुझे भैहाल्यो नी - आखिर गोतामे काइला भन्नु र काइला गोतामे भन्नु झन्डै उस्तै उस्तै हुन क्यारे। एउटा कुरा नी।

अँ अर्को कुरो - हाम्रो श्रीपांच आज असाध्यै रिसाछन्, के मा चित्त बुझेन कुन्नी उनलाई, रिसार उधुम - ल सम्झाउन परो। अर्को धागो मा हात हालाहाल नै होला जस्तो भा अघि। बाबै, हन सिरेलाई देउता चडो कि क्या हो भनिराछु, अहिले मथ्थर भाजस्ता छन तिनी। धामी खोज्न पर्ला अस्तो छ - ठुलइ लागल लागया जस्तो छ।
 
Posted on 01-27-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लाउरे लम्जुङे हो क्या हो... बोलि सुन्दा त तेस्तै छ ,
 
Posted on 01-27-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन काडी आइपुगो यो लाले?? बाबै, हन हाम्रो तो सुदुर पूर्वआँ पुनि लम्जुंग भन्ने जिल्ला छ कि?
क्यान्च यो लाले?

लौ क्या नाम स्वागत छ।
 
Posted on 01-27-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>मेरो त सल्ला यइ भो , अरु दौतारि हरु के भन्चन कुन्नि ?

पाण्डव सुनुवारको कपि ग-या त लहैलहैमा हो। त्यो बेला तेइ राम्रो भो नि त।
लु अब यसपालि भउते, सिरे, गोतामेले नयाँ र मौलिक फर्माट बनाऊ न त है Version Up गरेर।
 
Posted on 01-27-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, सोर्है आना ठिक कुरा बखान्नु भो - ल जाओस मौलिक फर्माट्।
 
Posted on 01-27-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गल्ति भो, मैले तो पूर्व भन्ने नै देखिनका, उसो भा हुजुर पूर्वको परिबक्स्यो
 
Posted on 01-27-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे लाले, तेसै भन्न परो। Keep cruising hai ta. I have got to shoot off.
 
Posted on 01-27-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी त हरेक दिन दुगुना, रात चौगुना हुँदै बढ्दै त गाँठे! म चौतारीबाट चङ्गा उडाउन खोज्दैछु, दशैं त गइसको, चैते दशैंको लागि पिराक्टिस् (practice) गर्या क्या। तर ३ सय मिटर धागो छोडेपछि त लटाईंमा धागै सिध्दिने भन्या, अनि त परेन फसाद? चङ्गा त चेत, फेरी अर्को लटाईं ल्यायो, ३ सय मिटर धागो छोडेपछि त्यो नि सिध्दिन्छ। हैन ए नमे, ३ सय मिटर भन्दा लामो धागो भा' लटाईं पाईदैन र? साने साहुलाई भनेर मगाउन लगाम् न, नत्र त मेरा चङ्गा सँधै चेत हुने भए, त्यो नि मेरा प्यारा नउशा च्यातेर बना'का चंगा!
 
Posted on 01-27-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाओ कुरो चित्त बुजो है मुलाइ नी ! अब भउतेकाजी, गोताएँ, जिम्माल बुडा, नेपे दाजै सपै जो कलाकार परे के रे ।अब चौताराँ यत्रा धेरै सिर्जना (केटी हैन है !) का पारखीहरु हुँदाहुँदै हाम्ले के पीर मानिराख्नी त नी ?
 
Posted on 01-27-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो आफ्नो हेराइ हो यो धागोमा मलाई सुबभुन्दा हाँसो लागेको भन्ने कि घत परेको भन्नी को अरु धागोमा भन्दा भिन्दै स्वाद, यो हो-

रुइना-
tyakrakaii hamro sarkar jasto chakka parnu bhayo:Dabaaa malai yo sarkar politics ta tyatii thaha chiana tyahi pani ma ta chakka pare hehe!:D


--------------------------------------------------------------------------------

Ocean Posted on 01-25-06 2:09 PM Reply | Notify Admin
---
जे भा नि चौताराँ गामका दिदीबैनीहरु नि आउन लाइचन्, यै छ खुशिओ कुरो !

--------------------------------------------------------------------------------

Dalli Resham Posted on 01-25-06 2:22 PM Reply | Notify Admin
RuIna, nani hunu dherai Umer ko hunu pardaina. Ke garnu Aafno ta sapana ko rajkumar bipana ma chhittai bhete pachhi biwah bhayo ra Aab ta choro pani chha.


--------------------------------------------------------------------------------

ruIna Posted on 01-25-06 2:26 PM Reply | Notify Admin
ehe!:D



बुइनीहुरले यसरी भुन्या सुन्या थिइन के।
 
Posted on 01-27-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा जी,
सामल तुमल कसियो त नेपाल जान लाई? ब्यस्त हुनुहुन्छ होला के रे?

ल म चिहिं टाप कसें।
 
Posted on 01-27-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खासां त पाण्डव सुनुवार स्ट्यालको चौतारी पनि राम्रै हो गांठे । खासऽऽअरी नयाहरुको लाइ । हैन यो धागां के रैछ हं भनेर फस् ट्याम च्याउनेहरुका लाइ । ए गांठे रमाइलो पो होला जस्तो छ त रेडियो नेपालको चौतारी अस्तै भन्ने हुंदोरच । आफु त त्यै भऽऽर आइयो शुरुआं । त्यै पनि दुइ चार बढी भोटो फटालीसकेकाहुरलाइ झ्याउ लाऽऽ जस्तो छ अर्काऽऽ देखासिकी । नयां स्ट्याल अर्नी हो भने हेरीहालुम । राम्रै होला भन्चु केऽऽ रे ।

अनि ए लाउरेऽ केट्केटीलाइ मिठाइ बांडेनौ रे नि । क्या हो यस्तो मिठाइ सिठाइ त ल्याउनुपर्छ नि । केट्केटीलाइ जस्तो भाऽऽ नि हुन्च । तिम्रै पल्टनतिराट ल्याकै चाइन्च भन्ने छैन । त्यै भर भौते दाइको पसलाऽऽट सुन्तले मिठाइ लऽऽर भा नि बांड्देउ । हैरान पारे केट्केटीले लाउरेकां मिठाइ बा‌डेन भनेर ।
 
Posted on 01-27-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ लाउरे दाइ! पिकरेलीले न सम्झाए।
मैले नि मिठाईँ सिठाईँ पोको पारेँ।
 
Posted on 01-27-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि पुर्वको परे र हाम्रा गाममा नि चौतारी भन्छन क्यारे। हाम्रा हजुरबुबा स्वर्गे हुँदा उहाको नाममा भनेर हाम्रा बा ले एउटा चौतरो पनि बनाउनु भयो। अनि त्यहाँ बर पिपल पनि रोप्नुभएको छ
 
Posted on 01-27-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज चौतारीमा पूर्बेली भाकामा एउडा गीत गाइदेउ न त डल्ली ! लौ त राजा, हामी पनि तिम्रो स्वर सुनम् !:)
 
Posted on 01-27-06 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गाउ का� मान्डौंको काँ� मा पर्छ। हाम्रा गाउँमा नी चौतारी नै भन्छन्। � ुलो छ भने चौतारो र सानो भए चौतारी भन्ने चलन छ। तर अहिले त हाम्रो गाउँ, न गाउँ न शहर भैसक्यो। र हाम्रो वडाका दुईटा पिप्ला' रुखका चौताराँ त अहिले, सिमन्टिले प्लाष्टर गरेर खुड्किलाहरु हालेर, दुनियाथोक गरिसके रे। मेरै पाला देखि साँझ परेछि जो चौताराँ जान्छ, तेस्को चालचलन निको मानिन्थेन। सब स्वाँ� हरु चुरोट बिंडि र गाँजा तान्न मात्तै जान्थे।

जे भे नी, सातौं नम्बरको चौतारो पनि उकास्दै लान पर्छ के दम्तरी हो। "झगडा पछिको मिल्ति झन तगडा" भन्छन्। परदेसी नि त बरा नयँ मान्छे, ईच्छैले त मिल्न आका होलान् नी। न भे किन खुट्टो सुट्टो भाँचेछि नी फेरी खोच्यौंदै यहिं आउँथे। अलिकति ढङ्ग पुएन सुरुमा त क्यार्नी।
 
Posted on 01-27-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि साचि चौतारी लाई फलाईचा पनि भन्छन क्यारे।
पुर्वेली भाकको गीत त मलाई आम्दैन, के गर्नु? ।
 
Posted on 01-27-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउदैन डल्लीजी समुन्द्र जी ले कति माया गरेर बिन्ती गर्नु भाकोथियो। खै म त बिचैमा प्वाक्क बोलीहाले की?
 
Posted on 01-27-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर डल्ली त के भा को? त्यहि गाइदेउ न खेमराज गुरुङले गा'को "वारी जमुना पारी जामूना" ! हे हे हे ! :)

जहाँसम्म मलाइ थाह छ, "चौपारी" र "चौतारी" मा खासै फरक केहि छैन । पश्चिमाञ्चलका यौटै गाउँमा पनि कसैले चौतारी त कसैले चौपारी भनेको पनि सुनिन्छ । पूर्वतिरका गाउँहरु (शहरी क्षेत्र बाहेक) मा प्रायश: चौपारी शब्द बढी प्रयोगमा ल्याउने गरिएको जस्तो लाग्छ तर शब्दार्थै अन्याथा बन्ने चाहीँ होइन । त्यसैले यहाँ "चौपारी" या "चौतारी" जे लेखिएपनि मलाइ लाग्छ त्यती फरक नपर्ला ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters