[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159897 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 12-17-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजबको धागो, एक से एक प्रस्तुतीहरु!

म पनि यो धागोमा घुसपैठ गर्ने दुस्साहस गर्दैछु, भुलचुक माफ पाम ।

नाटक

रात उस्तै छ, उस्तै छ दिन पनि
पात्र फरक छन उहि दृस्य भए पनि
न त त्यहाँ तिमी छौ, न छु त्यहाँ म नै
समय परिवर्तन भइसकेछ एक निमेश मैं
जीवन हाम्रो एउटा नाटक भएछ
अझर ठानेको सम्बन्ध त केवल क्षणिक रहेछ

अनायास तिम्रो हात समाउन पुगेछु
अधरमा तिम्रो माया गरेछु
क्षणभर मैं तिमी मेरो आलिङ्गनमा बाँधिएछौ
मुटुको धड्कन बढ्न थालेछ
अफसोच एकछिन मै नेपथ्यबाट पर्दा खसेछ
नाटकको दृस्य त परिवर्तन भइसकेछ

जन्मदिनको शुभकामना तिमीलाइ दिन
पुष्प-गुच्छा सहित तिम्रो घरमा पुग्दा
कति प्रफुल्लित भएकी थियौ तिमी
त्यो क्षण कहिल्यै नबिर्सिने बाचा गरिथ्यौ
वाचा त आखिर टुटाउन सकिने नै भो
वास्तविकता होइन यो त नाटक पो हो

तिमीलाइ सधैं म पर्खिरहन्थे
भेट्दा तिमीलाइ कति म प्रफुल्लित हुन्थे
सँगै गन्तब्य हामी पछयाउँथ्यौं
दिनभरि तिमीलाइ नै हेरिरहन्थे
एकाएक नाटकको दृस्य बद्लिंदा
थाहा पाएँ केवल म त निमित्त नायक रहेछु

सँगै भविस्यको योजना बनाएको
हात समाइ केही पल यात्रा गरेको
आफ्न भावना तिमीसँग साँटेको
जीवन तिमीसँग बिताउने कामना गरेको
मेरो आकाँक्षा यो त मिथ्या रहेछ
यो सब त केवल अभिनय रहेछ

गुनासो अब मेरो केही छैन
ब्यबसायिक कलाकार म बन्न सकिन
अभिनयलाइ मैले वास्तविकता ठानेछु
नाटकलाइ मैले जीवन मानेछु
सुखद या दु: खद, नाटकको अन्त्य त हुनु नै पर्छ
कलाकार परिवर्तन भए पनि नाटक त सँधै उही रहन्छ
कलाकार परिवर्तन भए पनि नाटक त सँधै उही रहन्छ
 
Posted on 12-17-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ati sundaram ati sundaram !
thanks gwache ....aaja bhane saachai "good morning" bhayo bihaanai dekhi :P
 
Posted on 12-17-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

titauri, good morning,
i m flattered !!
 
Posted on 12-17-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ati sundaram ati sundaram !

ग्वाँचेजी, गर्न के नै सकिन्छ र। छुटेको रेलको पछि दौडेर भेट्न सकिन्न रे बरु स्टेशनमा कुरौँ र अर्को मजाको नयाँ रेलमा यात्र गरौँ! :)
 
Posted on 12-17-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँछे को कति राम्रो कबिता हो, म छक्कै परें । यती सुन्दर भाव अनि सुन्दर शब्द संयोजन्, पारखी कलाकारको सिर्जना जस्तो । सलाम छ मेरो (लाल चाँही होइन नि फेरी) ।
 
Posted on 12-17-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै अगाडि चौतारी मा टासेको टुक्रो अलिकति चेन्ज् गरेर म पनि यो धागोमा घुसपैठ गर्ने दुस्साहस गर्दैछु, भुलचुक माफ पाम । :D

उड्ने हो कि आखै बाट परेलि को प्वाख हालि,
त्राश् आज आफै मा प्रश्न बनि जेल्लिइरह्यो।
गुड्ने हो कि बाध फुटाइ आखै बाट गाजल को,
डराए को मन आज त्यसै फेरि पोलिरह्यो ।
लाने हो कि रङ चोरि जिन्दगि को सबै त्यस्ले,
आफ्नै आवाज् आफै सङ कानेखुसि गरि रह्यो।
जिन्दगि को क्यान्भास् मा पोखिएको रङ् ,
फैलिएअर अ मुर्त भै आफनै कथा बोलिरह्यो।
 
Posted on 12-17-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyra जी कति साह्रो राम्रो लेख्नु भएको कबिता पनि । मानौं बर्षौं पछि तृप्त भए जस्तो, भाव को दह मा चुर्लुम्म डुबे जस्तो,आँखाको गह मा छछल्किए जस्तो ।
 
Posted on 12-17-06 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी, Tyra जी, ग्वाँच जी को प्रेरणाले मैले नि ४ हरफ कोरें, कबिता बन्यो कि सबिता, तपाईंहरुकै जिम्मा मा ।

जलेको मनको खरानी माग्यौ
त्यो पनि मैले चुपचाप दिएं
बलेको तनको जवानी माग्यौ
न दिउं कसरी, करकाप दिएं
चलेको कलमको कहानी लियौ
खालि पानामा पश्ताचाप् रोएं।
एक्लो मनको महारानी रह्यौ
एक्लोपन को पद्चाप सुनेँ
 
Posted on 12-17-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिषय हुनसक्ला सबिता
तर म भन्छु यस्लाइ १००% कबिता।

सुन्दर् कबिता लेख्नुभयो राहुलभाइ दाइ। :)
 
Posted on 12-17-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद Tyra जी, मन को कबिता , सबिता जस्तै हुन्छ, सबिता पनि कबिता जस्तै ।
 
Posted on 12-21-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अनि हुन्छ?
सधैँ हेर्ने कविताको धागोमा तितौरि र राहुलदाईले यस्तो मजाको कविता पस्कनुभएको रेछ मेरो आँखा नै परेनछ!

..जिन्दगि को क्यान्भास् मा पोखिएको रङ् ,
फैलिएअर अ मुर्त भै आफनै कथा बोलिरह्यो।


तितौरी तिमीले पनि लेख्ने गर्छौ भन्ने त थाहा थियो चौतारिको कविता देखेर, आज यहाँ पढ्न पाएँ! धेरै राम्रो! गित बनाएर कसैलाई गाउन लगाउन मन लाग्ने गरि लेख्यौ!


राहुलदाई सविताको कबिता! गजब छ!
 
Posted on 12-22-06 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा जे पायो त्यहि टुक्रा!
यत्तिकै रहन्छ वा परिमार्जन हुन्छ थाहा छैन, तर पनि लेखेको हो टाँस्न मन लाग्यो!

खस्रो गुलाब-

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म;
बिचका असंख्य काँडाहरुमा अल्झिँदै,
चिरिँदै र टुक्रिँदै,
रगताम्य शरिर लिएर
थुङ्गा सम्म पुग्दा-
मलाई गुलाब;
खस्रो लाग्छ!
सतहि लाग्छ!
खोक्रो लाग्छ!
व्यर्थ लाग्छ,
र बेकार लाग्छ!!
 
Posted on 12-22-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा, माइला, वा । क्या प्रतिकरात्मक टिप्पणी छ, जिन्दगि को। बुझ्ने लाई श्री खण्ड्, न बुझ्नेलाई खुर्पां बीडं भन्छन्, त्यो नि यहिं छन्। अस्तु!
 
Posted on 12-23-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरुभुमिको बिचमा बसि म पानि खोज्छु
मरुभुमिको बिचमा बसि म पानि खोज्छु
यो......
मरुभुमिको दोश
कि.......
मेरो दोश?
 
Posted on 12-23-06 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुरोट।।।।।।।।
डक्टर भन्छ छाड चुरोट
साथी भाइ पनि यसै भन्छन,
तर म मेरो एकान्तपनको एक्लो साथिलाइ यसरि कसरि छोड्औ
यो चिहानसम्मको नातालाई कसरि तोड्औ????
कहिलेकाहि त लाग्छ मेरो जिन्दगिलाइ अर्कैतिर मोड्औ
तर क्यान्सरनै नलागी म कात्रो कसरि ओढ्औ
त्यसैले म चुरोट छाड्दिन
यो जन्मभरको मित्रता कहिले भाँड्दिन
 
Posted on 12-23-06 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो गनथन त कता पो पुगेछ । जे भएनि मनपराइ दिनु हुने सबैलाइ अनि चुपचाप पढिदिनु हुने हजुर हरुलाई धेरै धेरै धन्यवाद
कुम्ले भाइ -गुनगुनाएको मात्र?! संगित भरेको सुन्ने मेरो रहर रहरै भयो ।:)
तिरु! - तिम्रो अघि त्यो गन्थन के BEAUTIFUL हुनत्यो नि । अनि तिम्रो टुक्रा साह्रै राम्रो
जिम्माल बा - त्यो गित को लागि हजूर पर्ति आभारी छु। अनि कति उदास कविता लेख्नु भयो नि?
ग्वाँचेको कबिता पनि कथा जत्तिकै रसिलो हुदो रे'छ र राहुलदाई अनि अनगिन्ति काँडाको टुक्रा पढेर एकछिन घोरिएर बसे
 
Posted on 12-23-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, राहुल दाइ, ग्वाँचे, तिरु, जिम्मालका सुन्दर कविताहरु पढेर आनन्द लिन पाइयो, सबैलाई धन्यवाद। तिरु र ग्वाँचेको लेखनमा निरन्तरता आउनेछ भन्ने आशा छ। ग्वाँचेलाई अर्को एउटा सल्लाह, शब्द सकेसम्म घटाउनुस्। मेरो आफ्नो मान्यता 'कविताले थोरै शब्दमा, सुन्दर शैलीमा धेरै कुरा भन्न सक्नुपर्छ।' भन्ने भएकोले यो सल्लाह दिएर मुख छुचो बनाएको हुँ (फेरि अचेल आफूले लेख्न नसकेपछि, अर्काको दोष केलाएर बसेको पनि हो क्या!)। कवितात्मक कुरा धेरै लेख्नु पर्दा त्यसलाई निवन्धको रुप दिन सकिन्छ, 'भाव-प्रधान निवन्ध'। त्यस्ता निवन्धको कमी पनि छ नेपाली साहित्यमा। एउटा त्यस्तो धागो शुरु गर्ने जमर्को पनि गरौँ बरु।

जिम्माल, यो 'खस्रो गुलाब' सटीक छ, ठ्याक्कै दिमागमा घोचेर रन्थनाउने छ। शब्दहरु परीवर्तन गर्नुस्, तिखार्नुस् अझै यसलाई; तर यस्को लम्बाईलाई भने नछुनुस्। एकदम राम्रो कविता बनेको छ।

अनगिन्ती काँडाजीलाई धेरै-धेरै स्वागत छ यो भावनाको देशमा। तपाईँका सुन्दर रचनाहरु अरु पनि पढ्न पाउने आशा छ।
 
Posted on 12-23-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)

ओ हो ! यो गाउँ त कति ठूलो भैसकेछ। अब यसलाई नि नगरपालीका नै घोषणा गर्ने बेला भो गोताएँ। जिम्माललाई कति आउने हो गाठेँ। गोताएँ हिजो आज अलि सेलाको हो कि के हो?
तितौरी ! मेरो जवाफ नि टाँस्ने हो कि? :p ल ल मित्रहरु हानुम हानुम। अब अलिक फुर्सद होला जस्तो छ। फुर्सदको लागि खुराँक चाहियो नि पढ्नलाई।

:-)
-भउते
 
Posted on 12-26-06 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थोरै असल र धेरै खराब बीच भए छु
हिजो बनाई आज भत्केको पीच भए छु

न बाहुबली रावण भएछु न मर्यादा राम भएछु
सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु

के जिउनु खै खाए खा न खाए घीच भए छु
थोरै असल र धेरै खराब् बीच् भए छु

नाम् कमाउने धूनमा दाम् कमाउन बिर्सेछु
आज रित्तो थालमा मनको लड्डु पस्केछु

आफ्नै नजरमा आज आफै नीच् भए छु
थोरै असल र धेरै खराब् बीच् भए छु
 
Posted on 12-26-06 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह राहुलभाइ - गज्जब छ ल ।

न बाहुबली रावण भएछु न मर्यादा राम भएछु
सब् को काम् सघाउंदैं, ब्यर्थै चौतर्फि बद्नाम् भएछु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters