[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 256536 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-04-07 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु बुइनीलाई जन्मदिनको धेरै-धेरै शुभकामना! मनले चिताको पुगोस्, उन्नति-प्रगति भईरहोस्!

मिसले अघि एघार वटा मैनबत्ती बाल्नु भ'छ। हैन हाउँरी तिरु भर्खर एघार मात्तै पुगेकी हुन् र भन्या?!
तिम्लाई त याद हुनुपर्नी जिम्माल नातीनीको उमेर!

***************
नेउची दि, मिस, नमे, भउतेलाई जदौ! (यतै भएजस्तो लाग्थ्यो, हिँडिसके कि न?!)

माथि अन्तरेले कस्तो गज्जबको राम्टिके कविता हानेको र'छ। दामी छ अन्तरे?!
 
Posted on 08-04-07 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा काटी नि भोग दिउला
मोहोर राखी नि ढोग दिउँला
कान्छीलाई चाँडै फकाइदेउ
कालिन्चोके माइ।

बियर र वाइन मिस्रित जदौ यो चिप्लेढुङ्गाको। कता मर्या हुन अरु सबै?
 
Posted on 08-04-07 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरुको केकमा प्रश्न चिन्ह भएको मैनबत्ती बाल्नु पर्ला जस्तो छ। एक जना मित्रको जन्मोत्सवमा त्य्स्तै गरी केक लगिएको थियो।

अनी गौतमजी, बेन्तो ज्युनार भो?
 
Posted on 08-04-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले! एकछिन अघि ज्यूनार गरिबक्सिएँ!

के छ अनि चिप्लेको हालखबर? प्रश्नचिन्ह मैनबत्ती रे? के सोध्न खोजेको यार?
 
Posted on 08-04-07 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर थाहा नभएर प्रश्न चिन्ह राख्ने भनेको के।
नत्र त उमेर जती हो त्यती नै मैनबत्ती राखिन्छ नि त।
 
Posted on 08-04-07 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली राष्ट्रिय गीत




 
Posted on 08-04-07 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

titauri,
many many happy returns of the day,
happy birthday!
 
Posted on 08-04-07 4:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Titauri,
many many happy returns of the day,
happy birthday!
 
Posted on 08-04-07 5:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी लाई जन्मदिनको उपलक्षमा हर्क बढाईँ छ।
 
Posted on 08-04-07 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु
जन्मदिनको शुभकामना ।

सबेरै उठेर सबभन्दा पहिला नुहाइधुआइ गरेस, मिठो मिठो खाएस, शनिवार परेछ, मज्जा भएछ । जन्मदिनको दिन खोला तरेर यता उता जान हुन्न अरे भन्छन क्या'र । तिउँरा जिम्माल हजुर बा गामकै जान्ने बुझ्ने मान्छे हुन के रे, सम्झाओ होलान के रे ।
 
Posted on 08-04-07 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला राम्ररि पढिएको थिएन, आज सुनियो रास्ट्रिय गान, राम्रै छ, कर्णप्रिय नै लाग्यो। तर चौथो लाइनको 'वीरहरुका रगतले........' भन्ने बाक्यमा 'बिरहरुका' को ठाउँमा 'बिरहरुको रगतले.....' भन्ने हुनुपर्ने होइन र?
रगत, पानी, दुध जस्ता तरल पदार्थहरुमा बहुबचनको प्रत्यय (प्रत्यय नै भन्छन क्यारे!) लाग्दैन भन्ने पढेको जस्तो लाग्छ स्कूल्मा छँदा।

कुन बाक्या सहि छ?
१- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो।
२- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो।
 
Posted on 08-04-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ।

मकरे, पर्वते, मास्टर्नी दिदी, नेप्ची जी, गोताएँ सप्पैलाइ धन्नेबात है।

अरु पनि गाम्ले लौ सप्पैलाइ नमस्कार है त।

आफ्नो त आउने टेम नै यस्तो अप्ठ्यारो पर्छ के। झिसमिसेमै यस्सो आयो चिहायो गयो। अरु बेला त साहुले पाता फर्काइ हाल्छन्। जिम्माल बाले सर्जरि गराए देखिन बुढालाई सारो पीर पर्‍या छ के त।
 
Posted on 08-04-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ-प्रभात !!
बिहानै चौतारियाँ आएकि यस्सो चिहाउन पर्यो भनेर ।अब दिनचर्या परिबर्तन हुनलाओ के रे बानि पार्नुपर्यो भुनेर ।
दादा चनाजी, सानोकान्छा,गौतामबाउ,चिप्लेजी ,ग्वाचेभाइ सप्पैलाइ दर्शन टक्र्याए है

ग्वाचेभाइ,
मलाइ त दोश्रो चै वाक्य सहि हो भन्ने लाग्छ।

अन्तरेजी हउर दिपबाट प्रभावित भा अस्तै म नि हउरको कबिता बाट प्रभावित भए नि। साच्चि कबिताले मोहनी लाओ बाबै! म नि के भाकिम कुन्नि यस्ता कबिता देक्यो कि दोहरी गाम्न मुनलाउछ। हउरको त्यति राउरो कबिता अगाडि मैले मेरो सानो टुक्रो राख्ने जमर्को अरे है त

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोशाधको तुलो भित्र अब भो हाल्न नखोज।
संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।
ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।
बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।
ओखतीको के कुरा पिसके बिषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।



 
Posted on 08-04-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY BIRTHDAY TIRU

antare wow kasto ramro kabita lekheko, miss ko dohori pani tettikai ramro.

namaste
 
Posted on 08-04-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो प्रिती तिमी पनि आज बिहानै आइछौ त ?:)
हे हे हे नमस्ते गरे है
धन्यवाद !
 
Posted on 08-04-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभकामना।
***********

जीवनको रंगरुपलाई अझै तिखार्न सकोस्
जीवनको स्वरुपलाई अझ निखार्न सकोस्
हिजोलाईलाई प्रेरणा मानी भोली जिउन सकोस्
बाधा अडचन जतिलाई नीलकण्ठले झै पिउन सकोस्।
युग युग सम्म तिम्रो कान्ति शान्ति झै चम्की रहोस्
यही छ यो ठुल्दाईको सानो भावना,
तिरु, जन्म दिनको धेरै धेरै शुभकामना।
 
Posted on 08-04-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((((((((ह्याप्पो बोईथ्डे, तिरु!!!!!)))))))))))

HUGS ( )

******************************

ग्वाँचु, मेरो राय:

अक्सर साधारण बोलीमा "२- जन आन्दोलनमा मान्छेहरुको रगतको खोलो बग्यो।" सहि सुनिएता पनि, व्याकरणको कडा नियमको हिसाबले हेर्ने हो भने, "१- जन आन्दोलनमा मान्छेहरुका रगतको खोलो बग्यो।" सहि हो।

"का" "मान्छेहरु" (बहुवचन) को प्रत्ययवाची सम्बोधन हो, आन्दोलन (एकवचन) को होईन।

त्यस्तै गरि, माथिको नयाँ राष्ट्रिय गानको त्यो लाईन "बीरहरुका रगतले....." मा, "का" "बीरहरु" (बहुवचन) को प्रत्ययवाची सम्बोधन हो, "रगत" को होईन।

उदाहरण:

बीरहरुका रगत
रगतको साक्षी बीरहरु

(जस्तो लाग्छ, है!)

******************************************

अरु सबै मिस्टर, मिस, तथा मिसेसहरुलाई "हेलो, हाऊ डु यू डु?"

मामा भान्जा द्वय जिम्माले र हरि त लमप्सार परेर शहरै थर्किने गरि घुर्दै उत्तानो परेको खबर आ'छ यता।

 
Posted on 08-04-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानीको गजल-कबिता दोहर्याइ पढें। अर्थ भित्र अझ अर्थ, झनि भित्र अर्को अर्थ। सह्रै मर्मस्पर्शी समबेगहरु। अझै पढ्न पाए हुन्थ्यो, कुरिरहने छु।
 
Posted on 08-04-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई को कुरामा अलिकती बिमती राख्न मन लाग्यो। मलाई त ग्वांचे ले भने जस्तो 'बिरहरुको रगतले' ठीक हो जस्तो लाग्छ किनकी पछाडि के चिज को possession देखाईदइछ भन्ने कुरोमा भर पर्छ जस्तो लाग्छ।
उदाहरण को लागि:
पुन्टे दाइकी साली हुन्छ न कि पुन्टे दाइको साली।

 
Posted on 08-04-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"को" भएनि , "की" भएनि, साली त मेरै हो...रे क्या!

मकरेले भने मलाई पनि निर्क्योलमा पा-यो अहिले चईं। कुरो सहि हो। नेपाली व्याकरणविद कोहि छैनन् कुरो को फैसला गर्न?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters