[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 247677 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-24-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त ठुल्दाइ ..... रिथ्थे ले प्रगती गरेछ ...... "टेलिफुन बाट चियाउन मिल्ने चौतारी ??



लोल ठुल्दाइ लोल ........"स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।" .................. "समाज सेवी पर्‍यौं , समाज को सेवा गर्दा गर्दै अफिस ढिला पुग्नु मेरो दोष होइन, समाज को ? "  


लोल जिम्माल लोल


मलाई त ..... जिम्माल, म र एउटा औतारी त्यो चोकमा बसेर चु चि खाएको सम्झे ....... जिम्माल ले त चू खान्दैन थिए त्येति खेर ....... खैनी च्याप्दै पिच्च थुक्दै ...... यस्तै कुरा गर्थे .....

लोल जिम्माल लोल
" मेरो मिनट छैन यार फोन मा म राति कुरा गर्छु ल?" ............................. अहिले जिम्माल लाई फोन गर्‍यो भने एही भन्छ ........... हा हा हा हा हा हा

 
 
Posted on 02-24-10 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा आको देख्दा त बैरे को नै बल्छी ले काम गरेन जस्तो छ नि ?
 
Posted on 02-24-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी hi


 
Posted on 02-24-10 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha birkhe ba chi chu samwaad gajjab gayo!
 
Posted on 02-24-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulda taremam, hajur le jau bhaneko saslai? lau kina? ma ta yamraj aayo bhane ek latthi hikaidinchhu ahile ma janna bhanera

baire, rame namaste!

 
Posted on 02-24-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको खतरा एन्ट्री भएछ आज !


हो यार नेपाल बाट अमेरिका हेर्ने आँखा छुट्टै हुन्छ सबैको ! १०२० पिक्सेल को हाइ डिफिनिसन स्क्रीन मा ब्लु रे डिस्क लाएर कुनै राम्रो मुभी हेरे जस्तो देखिन्छ नेपाल बाट यहाँ आएपछी तेइ उहिले को ओनिडा टिवी मा एन्टिना घुमाइ घुमाइ हेरेको दुर्दर्शन जस्तो !


रक्षे गर प्रभु !


जदौ जिम्माल, बैरे, खुशी


 
Posted on 02-24-10 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे लोल ।



ओनिडा टिभी मा झूर दर्शन हेरे जस्तो । लोल ।लोल ।


अझ युरोप बाट यहाँ आए सि त हिन्दी सेरिअल हेरी सके पछी नेपाली सेरिअल हेरे जस्तो भो रामे ।

Last edited: 24-Feb-10 10:54 AM

 
Posted on 02-24-10 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओनिडा टिभी मा झूर दर्शन हेरे जस्तो । लोल ।लोल ।




हैन पुरे कता छ ......... खुब बिजी छु भनेर आऊनै छोड्यो बाइ ........ उता थुतुनो किताब मा भने हल्ला गरेको गरै छ ....
Last edited: 24-Feb-10 10:48 AM

 
Posted on 02-24-10 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! ओनिडा टिभिको कुराले उहिल्यै हामि ठिटा छँदाको एउटा बिज्ञापन याद आयो। के के थियो नि त्यो सिंग उम्रेको दैत्य हुन्थ्यो जहिले पनि अनि छिमेकीलाई ईर्श्या हुने? कसैलाई याद छ? हुन त याद भए नि ठूल्दाईलाई होला अरु भुराभुरिलाई के को याद होला र?


 
Posted on 02-24-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एइ हैन त जिम्माल ले भन्या?



 
Posted on 02-24-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe ba lai dadu ko message re hai --->

"Bikheshwori..birkhaa devi...birkheni maai...birkhu muyaa...ko gaalaa ma mero mmmmuahhh bhandeu"
 
Posted on 02-24-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मा कुरो चल्यो।


हस्तिनापूरमा भेटघाट गरौँ भन्दा धेरैको कानमा हावा चलेन र धेरैको हावा चलेता पनि कुरो मिलेन। अर्को नयाँ प्याकेज शुरु गर्न लागेको, कोहि नआए वरिपरिका औतारीहरु मात्र मिलेर गरिन्छ, तारेमाम्!---


लौ जुलाई ११ तारिख , विश्वकप फुटबल २०१० फाइनल सबै मिलेर १०८० पि  क्यापेबल अत्याधुनिक प्रोजेक्टर तथा १२४ ईन्चको (१६:९) अत्याधुनीक पर्दामा, डल्बि डिजिटल ध्वनिका साथ, असलि म:म का डल्ला र पेय पदार्थका साथ, आरामदाई थिएटर रिक्लाईनरमा बसेर हेर्न कसकसलाई मन लागेको छ सम्पर्क गरौँ!



 
Posted on 02-24-10 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो त्यहि हो रिट्ठे!


खुसी नानी ति असत्ति बुडा उता के गर्दैछन हँ? तिनको तालुमा टुटुल्को नऊठाई त कहाँ छाड्छु र म ए रात्तै!


 
Posted on 02-24-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la dessert lunch pachi khanalai :)


 
Posted on 02-24-10 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadu : "Tinkaa shir maa chai ma ful ropdimlaa...with love!"
 
Posted on 02-24-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खे बा । त्यो एड आउथ्यो। "Neighbour's enemy, owner's pride  " भनेर । मखुला ??

 
Posted on 02-24-10 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन खुसी नानी तेता चिच्याऊने बाकसतिर कोई अर्धबैँसे बुडिखाँडि नि छन कि के हो हँ? बुडाले यता मलाई भन्या अस्तो गरेर उता सुनाऊन लाग्या होलान्। विथ लभ रे अझ असत्ति बुडा!


 
Posted on 02-24-10 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिच्याउने बाँकस तिर अर्धबैसे बुढी खाडी त हैन बि.बि.सी हरु चाँही धेरै छन जिम्मी ! नपत्याये ठुल्दाइलाई सोधुम !


त्यो लहरे मोरा कता गएछ अचेल? अस्ती अस्ती सम्म त च्याउदैथ्यो, अस्ती एक दिन भेट्दा खेरी धेरै म:म पोसनगरेको ले लुज मोसन भो भन्दैथ्यो


 
Posted on 02-24-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


मिटिङ छ ( लौ जा मैले पनि भन्ने चान्स पाएं), सके सि आउँला ।


लहरेलाई लहरे खोकी मात्र होइन लहरे पखाला नि लागे जस्तो छ "सेरिअल लुज मोशन " । मैले नि भेटेको छैन , फर्किने बेला भो क्या रे , २८ मा फर्किने टिकेस छ भन्दै थियो।


 
Posted on 02-24-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।
एक घण्टा हुँदा नी कोही आएनन के उता चिचाउने बाकस मा हो त सब जना ??

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters