[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 257933 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-12-07 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ, ह्यारी । यो छानबीन आयोग गठन गर्ने जिम्मा, गोतामेलाइ दिनु पर्ला । हामी चाँही चिलिम तिर लाग्नु पर्ला । कसो ? तनुम मज्जा ले शिवा रात्रीको उपलक्षमा, जय शम्भो!
 
Posted on 02-13-07 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबले भन्छन तिम्रा आँखा
बिजुलीका झिल्का फ्याक्छन
पछि फर्की हेर त
पछि फर्की हेर त
कति लामो लस्करss छ
बौलाएका मान्छेहरुको

मंगलबारे जदौ यो बिर्खे_ माइलाको!!!!


(पि. एस. : माथिको गीत चाँइ निलो कलरको फन्टमा, अभिबादन चाँइ कालो फन्टमा ) :पि
 
Posted on 02-13-07 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीम्रो लागी भनेर नै प्रेम् को माला गासेको छु
मेरो मुटु मेरो माया माला सगै टासेको छु

तीम्रो चुम्बन तीम्रो माया म कहाँ वीरसन्छु र
अतीत सम्झी पागल सरी एक्लै एक्लै हासेको छु

तीमी नजाउ मलाई बीर्सी म भन्दा धेरै टाढा
हाम्रो संसार सजाउने आसै आस्मा बाचेँको छु

तीम्रो लागी भनेर नै प्रेम् को माला गासेको छु
मेरो मुटु मेरो माया माला सगै टासेको छु
BHUL BHAYE MAF PAU.
 
Posted on 02-13-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाउँलेहरु!!
ल आज भने बिहान बिहानै देखी गाना-बजाना सुरु हुन्छ कि जस्तो छ।

के छ ग्वाँचे? जोत्दै हो? आफु त भर्खर गोरु नारेको, आजको मेलो हेर्दैमा दिक्क लाईसक्यो।

आज त ठूलीले अहिलेसम्म नि तआआआआआआआआ गरेकी छैनन त!
 
Posted on 02-13-07 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुइययाययायया....... असाध्यइ थाकीयो, एक्छिन थकाई मारुम्!

हो हरि म त जोतान मै छु, एउटा खेत त जोती पनि सके! तिमीले त गोरु नि नारेका रैन छौ ऐलेसम्म, अब सुरु गर्ने होला नि कसो ?

तेइ त आज त ठूलीले अहिलेसम्म नि तआआआआआआआआ गरेकी छैनन त!
 
Posted on 02-13-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे ग्वाँचे, जोत्न थाल्नु भन्दा पहिले उता गाम्मा कति धेरै गणेश भगवानहरु नाचिरा'रैछन, दर्शन गरिहालुम भनेर नि। भ्रो लाई त भीडमा अगाडी बसेर मुसुमुसु हाँस्दै थपडी मारिरा देख्या थें नि!

:-)
 
Posted on 02-13-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु यार धर्म कर्म त अर्नै परो नि ! पल्लो गाम्मा गणेसजीको नाचगान कार्जेकरम छ भुन्ने था पाएर, एक्छिन फुर्सत निकालेर गे'को, रमाइलइ भयो।
हाँरो गाम्मा नि स्वोस्तानि हुन्जेलसम्म त खुब भिडभाड हुन्थो, आजकाल त सुनसान पो भयो त गाँठे। तेस्तै केइ कार्जेकरम फेरि अर्नु परो भन्ने मानिचु मुइले त।
तिम्रा मामा नि कता लागे आजकल, हिजो चौतरीआँ छुस्स गिद गाको अस्तो लाग्या थ्यो। भोलि भ्यालिन्तिने दिन हो भुन्ने सुन्या थे, बुढा नि लागेकि कतै जिम्मालनी आमासँअ भ्यालिन्तिने दिन मनाउन ?
 
Posted on 02-13-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि, ग्वाँचे, अनि पछि आउने चौतारिका दौंतरि हरुमा यो राहुल् बुढाको तारेमाम्। सब् हराए, प्रचण्ड महाराज् को भाषण सुन्न नेपाल् गएका त होइनन्?
 
Posted on 02-13-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन्नी कता लाएचन, हिजो त यतै देख्या हो।आज लाई कतिखेर मिल्छ माथी दोबाटा' पसल सम्मै पुगेर भएनी माईजुलाई केई किन्दिनु छ भ्यालिन्दिने दिनको लागी; नभए फेरी बर्खभरी के के सुन्नुपर्छ भन्थे हिजो त। बुडो मान्छे, दिउँसो सम्ममा निक्लेलान नि। :-)

ठुल्दाइ नि आएचन, बिहान बिहानै चिलिम सिलिम छोडेर के भाषणको कुरो गर्छन यि बुडा फेरी, खे ल्याउनुस तानुम, तलतल लाईसक्यो।
 
Posted on 02-13-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे जिम्मालबा पनि तेसो भे भ्यालिन्दिने दिन मनाउन तिर लाग्यारैचन्!

ठुल्दाइ, तार्‍यामाम है मेरो नि । अनि के भन्नु भो त प्रचन्ड माराजले आज, केइ था पाम्नु भो ? खे ल्याउनुस चिलिम तानुम, तलतल लाईसक्यो।
 
Posted on 02-13-07 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, के बिहान् बिहान् देखि चिलिम् तान्ने भनेको होला, बिग्रीयो ह्यारि पनि, खत्तम् भो। ल मागि हाल्यो, आफु त माहदेव् जस्तो बानी भएको चिलिम् माग्यो कि नाईं भन्ने न् सक्ने।
 
Posted on 02-13-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबै मित्रहरुलाइ।प्रचन्ड महाराजबाट हुकुम भए अनुसार,चौतारिलाइ तुरुन्त गाँजा मुक्त क्षत्र घोषणा गरि,माओबादि नाच गान स्थलमा परिणत गर्नु पर्ने भएको छ।यदि तेसो गरिएन भने माओबादि सेना हरु १ घन्टा भित्र हतियार् लिएर सफाया गर्न आउने छन भनिएको रछ।
 
Posted on 02-13-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ भे न नि यस्तो त, हाम्लाइ चाइ छैन चिलिम ?
 
Posted on 02-13-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey guysssssssssssssss namaste taaaaaaaaaaaaaaaaaaaaaaaaaa.
 
Posted on 02-13-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे लाइ नि चिलिम् दिन्न होला र? ल तानुम्, बिस्तारै।

नानु जी, प्रचण्ड महाराज् ले पनि यो गौशालाको बूटी एक् फेरा ताने बुद्धि आउंथ्यो, तान्न दिनु पर्ला। अनि त राष्टृय प्रसाद् घोषणा गरिदिने हुन् कि?


ठुली नमस्ते, तरेमाम्, कता हराइ बक्सेको भने?
 
Posted on 02-13-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey Thuliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii namaste taaaaaaaaaaaaaaaaaaaaaaaaaa.
 
Posted on 02-13-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार
चौतारी बासी गाउँले हरु,
धेरै दिन पछि आज बल्ल चौतारी तिर घुम्ने फुर्सद मिल्यो ।
तर अचम्मै पो लाग्यो त चौतारोको धागो हरु पढ्दै जाँदा त बल्ल पो थाहा पाए, गालउ बाउ ले येति राम्रो चौतारो बनाउदा मलाइ छुटाएको मा । किन हो? नया शक्तिमान भएर आएको शक्तिलाइ चौतारीमा चाइ स्पेस नदिने?

लौ डिसिजन तपाइहरुकै हातमा ।
म कुनामा बसेर निर्णय सुनिरहन्छु ।

आउने जाने सबैलाइ नमस्ते !!
 
Posted on 02-13-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु जी ले सम्झनु भा रछ तर न आत्तिउ राहुले बुढा र अरुहरु यो ब्यक्तिगत मामलाहो । हामी हस्तक्षेप गर्दैनम । धेरै परिबर्तन भएको छ अहिले ।
 
Posted on 02-13-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो प्रेमको महल आज खण्डहर छ
धुरी छाना फेर्ने अझै नि रहर छ

टुक्रिएको नठान सबै तारा आकाशका
तारा टिपि पोल्टा भर्न बाँकि प्रहर छ


मंगलबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 02-13-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ हाम्रोमा त सेतै हिउ परिराछ । रिसै उत्त्ने । तेहि भरा अलि धिलो भो।

नमस्ते ग्वचे के च ताआआआआआआ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters