[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी महोत्सब - २६~

[Please view other pages to see the rest of the postings. Total posts: 352]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 144259 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 09-10-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी महोत्सब - २६~

सर्वपर्थम त चौतारी महोत्सबलाइ महामहोत्सब बनाउने सम्पुर्ण चौतारीबासीहारुलाइ मेरो धेरै धेरै खुसीको अभिबादन । चौतारीमा यती धेरै सामाग्री छन कि म त अझ पनि पढ्दै छु । कुनै त नभ्यार अनि कुनै चाहि राम्रा लागेर । चौतारी महोत्सव सफल बनाउने लाइ मेरो धेरै धेरै धन्यबाद अनि राम्रो राम्रो लेख लेख्नेहरु पढेर मात्र बसेकोहरुलाइ मेरो नियमापत्ती ।
फेरी पनि चौतारी बासीहरू नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ स्वागत छ।छुट्ने नामहरु अर्को चोटी समेट्ने छु ।
सबैलाइ दशैको अग्रिम शुभकमना साथै दशैको तयारी गर्नु होला ।

यसपटक महोत्सबको चौतारीले थाकेर चाडै आराम गर्ने बिचार गरे ।
यसपटकलाइ मेरै राष्ट्रीय गित ।
नेपाली माया बुद्दको छाया सगरमाथामा
हिमाल पहाड तराइ उठाइ एउटै साथमा
मेचि महाकाली मिलाइ हिड्छौ प्रगती पथमा
शान्ती र बिकास बोकेर हिड्छौ एउटै रथमा
एउटै जात एउटै धर्म नेपाली रगतमा
चन्द्र र सुर्य संगै नेपाल राख्नेछौ जगतमा

 
Posted on 09-11-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी मलाई अलि सन्चो छैन । रुघा खोकी लागि राछ ।
चित्रे धन्यवाद हुन्छ म तातो पनि पिउछु
 
Posted on 09-11-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् है सबै लाइ,
ठुल्नानि र चित्रे के भएर बिरामि भएउ तिमिहरु, :( धेरैकाम् नगर आराम गर है अनि चाडै ठिक् हुनु ।

ग्वाचे को कथा त के भनौ सधै राम्रो !
साच्चै , नेपाल् गएर आउदा हाम्ले भनेको चै ल्याउन नबिर्सिनु है ग्वाचे अनि दशै को रमाइलो पनि हामि सँ(चौतारी मा)बाड्न न बिर्सिनु ल। :D

सान्नानि, पुरस्कार् पाएको मा भोज् रे , ल भनन त कहिले खाने सबै को कहिले मिल्छ तहिले ख्वाउछु म । :D

जिम्माल् बा ,आरामै हुनुहुन्छ , हिजो कताहो घुडो दुख्छ भन्दै हुनुहुन्थ्यो जिम्माल् बा ,हरे चौतारी का इस्कुले केट्केटि लाइ दिउसो आएर कथा हालेर बसे हुने हो ।दिन् भरि कता गाउ डुल्ने अनि राति चौतारि आउनु अनि किन नदुखोस् घुडो? :D
गौतम् जि के छ खबर्?

रोल्न्२२
हाजिर् मिस्
 
Posted on 09-11-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर पिपल पात पात्मा जिस्किएका
फलैंचामा यात्री बात मार्दै सुस्ताएका
लोक गीत खोल हाल्या रेडियोमा
पात बेरेर बाजा पर खोल्सोमा

लेख बेसिका बतास त्यतै बरालिएका
धारो मुनि आहालमा भैसि नुहाएका
कुर्ले ढुक्कुर् तल साल बनमा
डाँफे बेग हान्दै थुम डाँडामा

साथी भाइ गाम्ले देख्छु हाट हिनेका
गैरिगाउँ दिदिका तावामा सेल् घुमेका
लिङ्गे पिङ् राते टारमा
रोटे पिङ् ठुलिकान्छीका बारीमा

बर पिपल गाम हाट्ले सुन्छु बोलाएका
देउसीका भाका बतासमा मिस्सिएका
देश र परदेशको स्वप्न साँधमा
ढल्केको छु आज फेरी आफ्नै चौतारीमा .

अभिबादन्।
 
Posted on 09-11-06 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ज्यो तपाईंको कबिता राम्रो छ भनेर भनिर्हनु नपर्ला । :D
 
Posted on 09-11-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D kati raamro !
i wanna go .........tyo thaau maa!
 
Posted on 09-11-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलाइ
 
Posted on 09-11-06 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रिती धेरै बोल्नेरै'छौ तिमी ( अर्को चौतारीमा हेरेको के मैले )। ल यस पटकलाई हाजिर भयो अर्को पटक ......उति खेरै सोचुम्ला :)

प्रितीको कुराले मलाई सानो हुदाको कुरोसंझनमा आयो। उतिबेला हुदि सानी जो थे केरे म पनि भरखर एउ बाजि फालेको दाँत पलाउन थाल्या'थ्यो। दाँत पनि चेप्टो आउनि के सुरुमा त। थोते भन्ने बाट भरखर छुटकारा पाएको आफ्नो दाँत ऐनामा देख्दा मख्ख जो थिए के म पनि ।

। एक दिन दादाले भन्यो"आहा!!! तेरो दाँत कति राम्रो पाडोको जस्तो" म त झन मख्ख पर्नि के । था भए पो हुन्छ पाडो को दाँत कस्तो हुन्छ भन्नि ।
दादाले यसै गरि भन्ने क्रम चलि रह्यो । जब म रिसाउथे दादाले मनाउन प्रयोग गर्ने के यो "शब्द' म त्यसै त्यसै फुर्किन्थे --राम्रो भनेको सुनेर

एक दिन हाम्रो घरमा नयाँ पाहुनो आयो पाडो। दूध खानलाई भैसि । मलाइ उत्सुकता जाग्यो साच्चि पाडोको दाँत कस्तो हुन्छ होला- पाडो कहिले नहास्ने के रे मनमनै सोच्थे "मेरो जस्तो नि "।
एक दिन पाडो बिरामि भयो उस्लाई नि औषधि खान पर्यो भेटनरिको मान्छेले पाडोको मुख खोलेर औषधि खुवाउदै थ्यो यसो पाडोको दाँत हेरेको त लौ न नि .......:) कस्तो ठूलो चम्किलो अनि चेप्टो टम्म मिलेको तर किन किन मलाई मनै परेन पाडोको दाँत ... दादसंग रिस ऊठेर आयो त्यतिका दिन त मलाई जिस्काएको पो रे'छ । अनि पो था'भयो नि दादाले "तेरोदाँत पाडोको जस्तो छ नि " भन्दा किन मरि मरि हास्थ्यो भन्ने

अनि म दादा संग दशै बिदा भरि बोलेन । पछि तिहार आयो नबोलि सुख .....दादा नै २० रुपिया दिउला नि भनेर फेरि अर्को निहु भेटायो मलाई खुसी बनाउन लाई

******************
मेरो दादा _____ i have missed you :( :(
 
Posted on 09-11-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी र चित्रे कति जोडि मिलेको रुघा खोकि सुध्द सङ्गै लाग्नी? :D:D
तिरु ल यो weekend मा है त साथी? :P:P
दीपले कति छिटो दशैँको कबिता नि लेख्न भ्याइसक्या? राम्रो छ।
लौन मैले के भने तेस्तो पाडोको दाँतकै याद आएको मिसलाई?
 
Posted on 09-11-06 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे प्रिती "राम्री" भनेकी हैन र??
(अब सबले प्रिती ले लेखेको हर्नुहुन्छ होला )
:D:D:D:D

ऐयाsssssss!!!!
कति हास्नु..... यो चौतारीको थालनि गर्ने मान्छेलाई जत्ति धन्यवाद दिए पनि कम हुन्छ
:)
 
Posted on 09-11-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि हुन्छ यो weekend मा ल । ;-)
भन के के खाने हो बरु ,म सबै तयार् पारुला । अनि माछा मार्न जाने उतै लगेर खाने ल पिक्निक् जस्तो हुन्छ ।बरु ठुल्नानि लाइ नि ले'राउ है साथि । :p :p

तेइ त मिस् कति राम्री हुनुहुन्छ , जिस्काउने दादा चै कस्तो तर दादा भाइ सबै को तेस्तै हो ।
मेरो भाइ हरु त झन् रिस् उठाउछ उठाउछ है अनि लास्ट् मा आएर हास्दिन भन्दा नि नहासि नहुने बनाउछन्। :D

तेइ भन्या कस्तो मिलेको हो चित्रे र ठुल्नानि को रुघा लाग्ने ट्याम्। :D
 
Posted on 09-11-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्नानी र चित्रे बेसार र ज्वानो, अदुवा ,अलिकति टिमूर,अलिकति मरिच, लसुन( पाउडर नि पाउछ अदुवा लसुनको ) अनि अलिकति नुन राखेर पानि ५ मिनेट उमालेर सुरुप सुरुप पार त सन्चो हुन्छ

तिरु मलाई चाँहि नबोलाएकि ???!!!!:(:(:(
 
Posted on 09-11-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहि! लौ भुसुक्कै बिर्सिछु मिस् लाइ त , मिस् आम्नुस् है सनिबार् माछा मार्न जानि उतै पिक्निक् पनि खाने ,मेरो निम्तो! अरु पनि कोहि आउनु हुन्छ भने स्वागत् छ । कसो सान्नानि ठुल्नानि साथि .......:P के भन्छौ तिमारु ? :D
 
Posted on 09-11-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु shrimp बनाउन, सेल् चाहिँ नबनाउ भैगो, मै बनाउँला :P:P

हुन्छ हुन्छ मिसलाई नि लैजानी पिकनिक् :D

ए मा कस्तो चिज् खाउ भन्या मिसले चित्रे र ठुलीलाई लौन, कस्तो नमिठो हुन्छ त्यो ewwwwwwwwwwwwwwww
 
Posted on 09-11-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D नभन न प्रिती त्यस्तो ....... (सुटुक्क है ) मिठो हुन्छ भन्नु पर्छ के अनि खान्छ बनाएर :)
 
Posted on 09-11-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु धन्यवाद मलाई नि निम्तो गरेको मा ।
मिस् हुन्छ तेस्ताइ गरी पिउछु ।
 
Posted on 09-11-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके shrimp र मारेको माछा पोल्ने मेरो भाग् ,तिमि सेल् तर राउन्ड् सेप् को बनाउ है ,ल्याउ ,मिस् अचार् ल्याउने, ठुल्नानि के ल्याउछौ? :P

हो भन्या त्यो मिस् ले भन्या ओखति त सारै नमिठो हुन्छ नखाउ ब्यारे ठुल्नानि र चित्रे :p :p तर मिस् लाइ चै खाए मिस् भन्नु है :p
 
Posted on 09-11-06 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have a favor to ask, so i had to pick this thread.

Can anyone please type " mangalam bhagwaan bishnu" wedding mantra in full here in nepali . I need a design a wedding card for my lil sister's wedding here in US but dont know how to type the mantra. Any help please?
 
Posted on 09-11-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलम बगवान: विष्णु मंगलम गरुडोध्वज:
मंगलम पुण्डरिकाक्ष: मंगलाय: तनोहरि:

सम्झेर लेखेको कतै गल्ति भए माफी पाम है
 
Posted on 09-11-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ति ज्ञानी ठुल्नानी त .......देख्यौ प्रिती तिरु । .....चित्रे पनि यस्तै छ उस्ले झन हिजो नै खाइसक्यो ओखती पानी
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters