[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 182070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-13-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो शुभेलाई त भन्नै पर्यो नि धन्यवाद्, कसो शुभे? (माफ् पाम् है शुभ दिदि जिस्केको मात्रै) :D:D
 
Posted on 11-13-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो दिदि काहा बाट आएको होला फेरि :D( नभन न सान्नानी म कसैले नचिन्ने अरि आको के शुभ भएर )
के छ ग्वाचेजी ?
 
Posted on 11-13-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभे दिदी, नचिन्ने गरेर आउनु भे'नी हाम्ले चिनिहालेम क्यारे, त्यो तपाईंको झोलाँ देखि'रा कलम हामी सप्पैले नचिन्ने कुरै भे'न !
मेरो हालखबर सब ठीक छ, तपाईंको के छ हालखबर, धान भित्र्याइसक्नु भो? अस्ती त्यो पल्लो गाम जाँदा यस्सो सुस्ताँछु भुनेर डाँडामा बसेर यता उता हेर्दा तपाईंको खेतमा धान काटिराखेको देख्या थे!
 
Posted on 11-13-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुभे मलाई ठिकै छ । तपाईं लाइनी । धरै दिन पछी भो । मेला पात म बिजी हुनुहुन्त्यो कि क्या हो?
ग्वाछे ल मैले नि दिर्सन तकराए ।
 
Posted on 11-13-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि को काम को तारिफ त मैले सुरुमै गर्या हो ऐले पनि गरे है सान्नानि सारै राम्रो गरिछौ :-)
अनि चित्रे को कथा कस्तो रमाइलो,मलाइ नि याद् आयो इस्कुल् मा नाच्या तिम्रो कथा ले चित्रे अझ लेख्दै जाउ है :-)
 
Posted on 11-13-06 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
धान काटि सक्या चैन के ग्वाँचे । यसो कोहि 'परिम ' गर्न आउछौ भुने आओ के रे धान काट्ने बेला । म नि पछि सहयोग अरुम्ला नि ।

ल मैले नि पढे चित्रे भाइको कथा । राम्रो रैछ ।

फेरि कता हो तिरुको उटपट्यागं नि हेरेको । ठिक्क परेछ तिरुलै ।बानी त अचाक्लि जो गर्ने जस्तो च तिरुको । अझ अरु नि होलान नि तिम्रो उट्पट्यांग लेखन तिरु ।
 
Posted on 11-13-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढिभ्याएँ चित्रेको कथा। ल धेरै रमाइलो गरेका रहेछौ तिमीले बाल्यकालाँ। अनि के सार्‍हो "प्रिया प्रिया" भनेको नि। कथाको आधा भन्दा बढि त उनकै प्रशंसामात्र देख्छु नि! के हो???

तितौरीलाई छड्के सलाम!

शुभाजीलाई नि कड्के नजर :पि
 
Posted on 11-13-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभा दि,हस् उट्पट्याङ् सिरिज् चाइ लेख्दै जाउला हेर् दिनु भएको मा धन्यबाद् चै धान् काट्न (परिम्?)गरेर टक्र्याम्छु है ।
कुम्ले लाइ नि धन्यबाद् है उता(ब्लग्स् कमेन्ट्) को लागि, सिधा सलाम् सहित्।
 
Posted on 11-13-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyra को कथा पढीयो, निशान्तको साथी नभईएकोमा पछुताइयो, लाष्टाँ कर्मलाई आफ्नो फेरी एक् राउन्ड सरापियो र कथाको प्रसंसामा मुसकाईयो भनम न भन्नु पर्दा खेरी।
 
Posted on 11-13-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pleasures are all mine Tyra :-)

Lol...Deep!!
 
Posted on 11-13-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले फेरि धन्यबाद है अस्तिको गीतको लागि,

मैले नि फाइनल्ली पढें तिरुको उट्पट्याङ्, पल्लो गाममा राख्या रे'छ, आफ्नो एताउता चाहार्ने बानि कम अनि थाहा पाउनै ट्याम लाग्यो नि,

मलाई नि दिपज्यू लाई जस्तै भो नि, मरिजाम

चित्रेको सुर्वालको त के कुरा गर्ने, एअर कन्डिसन नै रै'छ नि
 
Posted on 11-13-06 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढिभ्याएँ चित्रेको कथा। ल धेरै रमाइलो गरेका रहेछौ तिमीले बाल्यकालाँ। अनि के सार्‍हो "प्रिया प्रिया" भनेको नि। कथाको आधा भन्दा बढि त उनकै प्रशंसामात्र देख्छु नि! के हो???
 
Posted on 11-13-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे को कथा कस्तो रमाइलो,मलाइ नि याद् आयो इस्कुल् मा नाच्या तिम्रो कथा ले चित्रे अझ लेख्दै जाउ है :-)

तिरुको उट्पट्याङ खास्साको रेछ, उता comment approve भएन अनि यता सिफारिस् लाउन आ।
 
Posted on 11-13-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्गेले नी कैले काँइ त क्या सङ्ग जिस्काउँछ
परीभाषै सेन्टिफ्ल्याट् हुनी सुन्दरी देखाउँछ
ब्रेक बिग्रया थामी नसक्नु एउटा आफ्नो मन छ
साइकल् बत्ताउँदै बेइमान् तु ओरालो हुईँकिन्छ
भन्छ "आइ लभ् उ" भनिहेरम्न एक हात के हुन्छ
 
Posted on 11-13-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रसंशा मा मुस्काउने दीपदाइ लाइ मेरो ":D"सहित् को धन्यबाद्,त्यस्तो कथा लेख्ने माहिर् हस्ति हरुले हेरेर मुस्काए भन्दा नि डरै लाग्ने रे'छ् गिज्याए को हो कि भनेर बुझ्नै गार्हो।

हरितालिका र सान्नानि अर्को गाम्मा गएरै भए'नि हेरिदिनु भएको मा आभारि छु।
 
Posted on 11-13-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!

सर्वप्रथम सान्नानीको कामको प्रसंशा गर्न चाहन्छु र साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्न चाहन्छु।

आज अलि बिजी छु, यो हप्तै बिजी भन्नु पर्यो। मेरो कथा पढेर कमेन्ट लेख्नु हुने सबैलाई धन्यवाद।

यो कथाको अर्को भाग यो सप्ताहन्ततिर फुर्सद भयो भने लेखौंला।

ठूली, के छ हालखवर? मैले प्रियाको बारेमा धेरै लेखें भनेर चित्त नदुखाउ न, ती त पुराना कुरा हुन्, अब तिम्रोबारेमा नि लेखौंला बिस्तारै। :P
 
Posted on 11-13-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्गेले नी कैले काँइ त क्या सङ्ग जिस्काउँछ
परीभाषै सेन्टिफ्ल्याट् हुनी सुन्दरी देखाउँछ
ब्रेक बिग्रया थामी नसक्नु एउटा आफ्नो मन छ
साइकल् बत्ताउँदै बेइमान् तु ओरालो हुईँकिन्छ

....................क्या छ यार ।

चित्रे क्या हो बाल्यकाल को प्रीया को ला मलाइ पनि बाल्यकाल को याद दिलायो यार ।

Tyra को कथा पनि बल्ल पढि भ्याए ।

बहुत हाँसो लाग्यो ।

सबै गाम्लेहरुलाइ भुइ छुने गरेर नमस्ते है ।
 
Posted on 11-13-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीको कथा नि पढें बुलोग(blog) मा, रमाईलो लाग्यो, लेख्दै गरम्।
 
Posted on 11-13-06 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे!! यहाँ दुधको दुध पानीको पानी छुट्याउनुपर्यो। यहाँ सबै गाउँलेको सामुन्ने भन्नुपर्यो, के थियो त्यस्तो प्रियामा जस्को कारण तिमीले अहिले सम्मपनि उनलाई बिर्सिन सकेको छैनौ। :पि
 
Posted on 11-13-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा .......

क्यामे लाइ चित्रेको प्रीया ले अति नै गरेजस्तो लाग्यो नि किन हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters