[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 246861 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 08-02-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
'भूपि' शेरचन !!

jimmal baa ko tanneri.com bata
 
Posted on 08-02-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले लेख्या नि काम चलाऊ त छ हैन मिस? कि कसो हौ !
चौतारी म धाउदा धाउदा अली अली त आउन थालयो त ।
 
Posted on 08-02-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु ठुल्दाइ आफ्नो त bad luck नै खराब छ । प्रीती बस्नु पहिले नै tragedy पर्दिन्छ .
 
Posted on 08-02-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chha riththe jee!! kaam chalau matrai kina excellent chha
 
Posted on 08-02-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"क्यार्नु ठुल्दाइ आफ्नो त bad luck नै खराब छ । प्रीती बस्नु पहिले नै tragedy पर्दिन्छ"

के कुरो अर्छौ रिट्ठे, तिमि र भर्खर को कल्कलाउँदो ठिटा छौ, आफ्नु सेतै फुलिसक्दा त उहि हाल छ!

बरु न्युरोडमा टिपटप समोसा पसलमा समोसा खानेबेलामा भित्तामा टाँसेको गिताको कुरा याद गर्दै बस्दा मन शान्त हुन्छ-

" तुम क्योँ चिन्ता करते हो?"
"तुम्हारा क्या गया है? खालि हाथ आए थे खालिल हाथ जावोगे"
" जो कुछ भि मिला, यहिँ मिला है, और यहिँ छोडकर जावोके"
" तुम क्योँ चिन्ता करते हो?"

 
Posted on 08-02-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुश्री लाई मुठी मुठी धनीया को पात
 
Posted on 08-02-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिम्मुरको छोपसंग हरियो काँक्रो खाइ रा'। कोई छ?

लोल, कुम्ले! दुवै एकै ड्याङ्का मुला परे। म त भन्छु, कुन दिन अत्ति भ'र भउते र जिम्माले आ-आफैं जग्गे बना'र बस्न बेर छैन! भउतेले सिंदुर हाल्नि बेलाँ घु्म्टी उचाल्दा त, ए रात्तै! जिम्माले! हेऽऽऽऽऽऽऽऽरि यस्तरी मख्क परेर सिउँदो थापि रा' रे!

भउते चईं, नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बौ को अनुहार भने जस्तो गरि हेऽऽऽऽऽऽऽरि यस्तो रे:

कठै, मन्त्र भट्टाई रा' पण्डित लाई पो टेन्सन्!

मंगलम् भगवान विष्णु,
मंगलम् गरुडध्वज
मंगलम् पुण्डरी काक्ष
मंगलाय...त...नो............के गरि?
 
Posted on 08-02-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाएर गुमाएको भए त किन एत्रो गुनासो थियो र यहाँ
मैले त सुरु मै गुमाये बिर्खे दाई पएको थिए नै कहाँ
 
Posted on 08-02-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

euta jharpaat katha lekhna man laagyo aaja. :)

दिदी यो के को receipt हो ५०० डलर को?
खै कुन हेरुम? Prada Anklestrap Shoes
ओ अँ मेरो हो।
अनि जुत्ता खै त? तेस्तो महङ्गो जुत्ता त हजुरले कहिले किनेको थाहा छैन त मलाई।
मैले किनेको हैन....

निलिमा १८ बर्षको उमेरमा higher studies को लागी बिदेशिएकि थिइन् र अहिले पढाइ सकाएर decent मानिने जब गर्दै छिन्। उनको financial condition राम्रो हुँदै गएको छ र त्यसै क्रममा एउटा सानो घर पनि किनिसकिन उनले। ठुली भएकी छोरी बिदेशमा एक्लै बाबु आमाको चिन्ताको बिषय हुने कुरा त भनिरहनु नपर्ला। निलिमाको भाई निलेश पनि अर्को स्टेटमा पढदै छ।

निलिमाको सोचाई बिदेशमा हुर्के बढेका केटीहरुको सोचाई भन्दा फरक छ। तर नेपालमा भएका केटाहरुले बिदेशमा बसेकी केटी mod हुन्छन् भन्ने र बिदेशका केटाहरुले निलिमा सारै conservative सोचाइको भएकी ठान्ने कारणले गर्दा उस्ले अझैसम्म भनेजस्तो सुहाउँदो जिवन साथी पाएकी छैन। नेपालमा उनको बुवा ठुलै पदमा कार्यरत भएको हुनाले निलिमाको लागि केटो खोज्नु कुनै गारो कुरो त हैन उन्को लागि, तर निलिमाले नै अहिले सम्म बुवाले खोजेको कुनै केटोलाई पनि स्विकार्न सकेकी छैन।

त्यही क्रममा एकचोटि उन्को बुवाले कुरा मिलाएको र निलेश भएको स्टेट मा बस्ने एउटा केटा सङ्ग निलिमा र निलेश भेट्न गएका थिए। निलिमा र निलेशलाई पहिलो भेटमा केटाको सबै थोक राम्रो लाग्यो र कुरा अगाढि बढने सम्भावना देखियो।

त्यसपछि निलिमा घर फर्किन, रवि सङग् उनको फोनमा कुरा हुन्थ्यो। एकदिन उनीहरुले फेरि भेट्ने कुरा मिलाए, यसपटक उनीहरुले अर्कै स्टेटमा भेटे।
एउटा शपिङ्ग् मलमा उनीहरु यत्तिकै हिड्दै थिए तेत्तिकै मा एउटा shoe store मा राखेको जुत्ता निलिमाले हातमा उठाएर हेरिन, उन्लाई राम्रो पनि लाग्यो तर जुत्तामा टाँसेको tag देखेर उन्ले जुत्ता किन्ने आट गरिनन र rack मै फिर्ता राखिदिन। रविले के भो राम्रो छ नि तिमिलाई सुहाउँछ पनि ल किनम् भनेर निलिमाले रोक्ने कोशिश गर्दा गर्दै पनि किनिहाल्यो।

एक्छिन अरु घुमेर उनिहरु डिनर गर्न तिर लागे। खासै कुरा त भएन डिनरमा, तर निलिमालाई अलि बनावटि पन झल्केको जस्तो लाग्यो रविका कुराहरुमा। पहिलो चोटि दुइजना मात्र आम्ने साम्ने भएर कुरा गर्दा अलि असजिलो महसुस् गरिन् उन्ले। खाना खाइसकेर उनिहरु होटेल् तिर लागे। होटेल् मा आ-आफ्नो रूम् मा जाने बेलामा रविले "let's have coffee" भन्यो र "ok" भनेर निलिमा पनि रविको रूम् मा गैइन्।

कफी पिउँदै गर्दा निलिमालाई रवि नजिकिन खोजेको महसुस् भयो। जब रविले "we should test our chemistry you know" भन्दै निलिमालाई नजिक्याउने कोशिश गर्यो, निलिमाले पर सरेर "I'm not that kind of girl, stop it." भनिन। रवि हड्डि खोसिएको कुकुर् जस्तै गरेर निलिमालाई अँखा तरेर हेर्न थाल्यो र नाना भाति गालि गर्न थाल्यो, "you have lived in this country for years but u still have conservative mind like of a Nepali" भन्दै। अनि निलिमाले "oh ya you keep your non conservative mind to yourself." भन्दै त्यो रविले किन्देको जुत्ता रवितिरै हुर्याइदी र reciept चाहि आफैले राखी।
मनमनै सोची साइज् ४ को जुत्ता कसैलाई ठिक पनि हुँदैन।

दिदी खै त जुत्ता निलेश ले फेरि सोध्यो।
 
Posted on 08-02-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलाम उचाल्न लाउनि मास्टरले कुरि रा होलान्, फर्केसि पढ्छु हे, सान्नानी!
 
Posted on 08-02-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको कथा एक सासले पढियो। यति सलल बगेको ( laminar flow भन्छन् हाम्रो अभियान्त्रिक भाषामा) कथा बहुत कम पढेको छु। दिल छोयो, दिल खुश भयो। तारेमाम्।
 
Posted on 08-02-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्निय कबि तथा कबिनि जि हरु ल ल राम्रो प्रयास् छ यहा हरु को .....अझ राम्रा कबिता आउने क्रम् जारि छ ....स्रोताब्रिन्द्
अनि उतक्रिस्ट प्रथम् दितिय र त्रितिय हुने हरु लाइ पुरस्कार् को बन्दो बस्त गरेको छ डावर च्यावन्प्राश् ले dhyaan -traan!!!

======
कुन दिन अत्ति भ'र भउते र जिम्माले आ-आफैं जग्गे बना'र बस्न बेर छैन! भउतेले सिंदुर हाल्नि बेलाँ घु्म्टी उचाल्दा त, ए रात्तै! जिम्माले! हेऽऽऽऽऽऽऽऽरि यस्तरी मख्क परेर सिउँदो थापि रा' रे!

भउते चईं, नखाउँ भने दिन भरिको शिकार, खाउँ भने कान्छा बौ को अनुहार भने जस्तो गरि हेऽऽऽऽऽऽऽरि यस्तो रे:

कठै, मन्त्र भट्टाई रा' पण्डित लाई पो टेन्सन्!
PUNTEDAA LOL
========
WoooooW सान्नानि को कथा ल अब पढ्न बसे आखा मिचेर

 
Posted on 08-02-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow wow saannaani ye dil maange MOOOOOOOOOOOOOREEEEEE!!!! La baaki katha pani aajai sunneeeee :D
((((((((((((((chhiTTo chhiTTo liera aau !!)))))))))))))

====
auta kura tyo login garna laai kasto garho banaeko saandai le
 
Posted on 08-02-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै भउते कता मरो? हेर भउते मैले त कसम खाएँ के रे, यो बर्ख यिनि पुन्टे दाईको मुखाँ बुजो लाइन भने बिर्खे नभन्नु कसैले (जिम्माल भन्नु :P)। तिमी त प्रयास अरेओ मुन्छे परेउ बरु सिकाउ एउडा दोटा कुराहरु?

अब सान्नानिको कथा तिर जाम! :)
निकै मजाले लेख्यौ। यस्तै घटना मैले नजिक बाट देखेको भनौ सुनेको छ। नारीलाई मात्र हैन पुरुषलाई पनि यस्तो किसिमको अप्ठ्यारो हुँदोरहेछ अमेरिकामा बर्षौँ बिताए पनि नेपालमा उकालो उक्लेर कैले साहुकोमा तरकारि च्युरा खाँदै लोक गित गाएको जीवनमै रमाउन खोज्दा। के गर्नु तनमनमा गढेको बिचार, बानि र आफु हुर्केको वातावरणको असर नजाने रहेछ परिवर्तन गर्न खोज्दैमा!!

ठुल्दाईले ल्यामिनार फ्लो भन्नुभयो मैले त टर्बुलेन्ट फ्लो देखेँ; कथामा हैन निलिमाको जिन्दगीमा!!!

अब तितौरी तिर जाम! :)
यिनि तितौरी अल क्यापमा आउँदा हाम्रै तितौरी हैनकि जस्तो लाउने भन्या! आज दिनभरिमा बल्ल यो पोस्टमा चाहिँ हाम्रै तितौरी जस्तो लाओ। लोल, :D, तथा रोटफलहरुले भरिपुर्ण तितौरी हे हे हे अनि स्मल लेटरको निकमा!
 
Posted on 08-02-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भन्या तितौरी, लग इन गर्न खोज्यो कि फुत्त उफ्रेर जान्छ बच्चाले पुतलि छोप्न खोजे जस्तो
 
Posted on 08-02-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho tyahi bhanyaa hajurbaa risai uthne
 
Posted on 08-02-07 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब धागो सुरु गर्नेले धागोमा नराम्रो पोस्ट मेटाउन पाउने बनाएछन सानले!

 
Posted on 08-02-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो सुन्दा, कुरो बुझ्दा, बिर्खे जीले यसैपाली झ्याईं गर्ने भा छ। अग्रिम सूचना दिनु होला। घर जाने ब्यबस्था गर्नु हुन्थ्यो। अर्थात घर जाने निहुमा अन्त होइन बिर्खे जिम्माल को जन्त जाने रहर छ। अब भन कति प्रहर छ। तारेमाम।
 
Posted on 08-02-07 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो रैछ त, delete option आउँदो रैछ, आफुले सुरु गर्या धागोमा!

खै हजुर्बा नातिनी मात्तै कराईरा हो कि अरु नि छन? खोई हल्ला गरुम एकछिन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters