[Show all top banners]

Shantipriya
Replies to this thread:

More by Shantipriya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 30 years of Panchayat vs 24 years of Bahudal (Democracy)

[Please view other pages to see the rest of the postings. Total posts: 42]
PAGE: <<  1 2 3  
[VIEWED 38374 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-21-12 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

I am so compelled to paste this comments of one of the commentator of this mysansar threads by the name of bipin.
http://www.mysansar.com/archives/2012/05/id/26078

bipin

आदिबासी, जनजाती, संघियता, धर्म निरिपेक्षता यी सब बकबास हुन्, राजा महेन्द्र ले लागु गरेको ५ बिकाश क्षेत्र को अबधाराना सबै भन्दा उन्नत हो र यी बिकाश क्षेत्र लाइ जिविस जस्तो स्थानीय सरकार को अबधाराना मा अलि बढी अधिकार दिएर स्वायत्तता प्रधान गर्नु पर्दछ जसले स्थानीय समस्या समाधान गर्न सकोस र स्थानीय आबश्यकता को आधार मा नीति र योजना तर्जुमा गर्न सकोस. आज पंचायत लागु भएको झन्डै ५३ बर्ष पछी अनुभव भैरहेको छ कि राजा महानेद्र कति दुरदर्शी थिए भनेर.
१) आज २०६९ साल मा त बहुदलीय ब्यबस्ता को उपयोग गर्न नसक्ने नेपाली राजनीति र आफ्नो अधिकार र कर्तब्य को बोध नभएको नेपाली जनता २०१७ साल मा कस्तो थियो होला?
२)६९ साल को नेपाल मा त लाज पचेर भ्रस्टचार हुन्छ, हारेका हरु नाताबाद, को आधार मा र इंडिया को चाकडी मा प्रधानमन्त्री र मन्त्रीहरु हुन्छन भने २०१७ साल मा कस्तो थियो होला यो अबस्था?
३) आज शिक्षित समुदाय, मिडिया को खबरदारी हुदा त पार्टी हरु को नाम मा अपराध हुन्छ र अपराधी ले उन्मुक्ति पाउदछ भने २०१७ साल को अबस्था मा अझ त्यो पनि आफु ले २/३ पाएको, जनता अशिक्षित, प्रतिपक्ष सबल नभएको, मिडिया को उपस्थिति नगन्य भएको अबस्था मा कस्तो थियो होला सत्ता रुढ पार्टी को दादागिरी?
४) नेपाली जनता को चेतनास्तर को स्वतन्त्रता पंचायत ले पनि प्रदान गरेको थियो. तिन तह को निर्बाचित अंग, प्रत्यक्ष निर्बाचित ब्यबस्था नेपाली माटो सुहाउदो थियो.
५) आज कांग्रेस/एमाले/ माओबादी/मधेशबादी पार्टी हरु ले उठाएको जस्तो सुकै अपराधी लाइ पनि ति समर्थक जनता ले निशंकोच आफ्नो पार्टी को उमेद्वार( वा व्यक्ति होइन पार्टी लाइ जिताउने हो) भनेर भोट हाल्न पर्ने बाध्यता छ तर तेस्को बिपरित कुन व्यक्ति ठिक हो र कुन बेठिक हो भनेर छान्न पाउने परम्परा पंचायत ले बिकसित गरेको थियो.
६) पंचायत मा सधै मन्त्रि भैरहेका हरु, जर्नेल कर्नेल हरु लाइ पनि जेल हालिएको थियो भ्रस्टचार को मामिला मा भने प्रजातन्त्र मा?
७) हो पंचायत कल मा राजपरिवार कानुन भन्दा माथि थियो तर आज? सिटौला, सुजाता, रुबेल चौधरी, गच्छेदार, खड्के , बिद्या,प्रचंडे,माकुने, धमला, चरी, मनांगे,बाघे लामा कानुन भन्दा माथि छैनन्?
८) शान्ति सुरक्षा र स्थायित्व को बारे मा कसैले तुलना गर्न पर्ला पंचायत र आज को अबस्था मा?
९) भारतीय हस्तक्षेप को यो नाङ्गो रुप थियो पंचायत मा?
१०) पंचायत कालिन कुटनीति ले गर्दा ११३ देश ले मान्यता दिएको थियो नेपाल लाइ बिश्व मा शान्ति क्षेत्र भनेर, यो एउटा अन्तरास्ट्रिय उपलब्धि होइन नेपाल को छवी संसार मा उठाउने? एसको बदला मा अन्तरास्ट्रिय स्तर मा नेपाल को छवी आज कहाँ छ?
११)५७ साल सम्म एसियाली मापदण्ड मा नेपाल लाइ पुर्याउने भनेर पंचायत ले एउटा लक्ष्य कोरेको थियो, पंचायत भैरहेको भए त्यो सम्भव थियो, छ बहुदल्बादी हरु मा एस्तो कुनै लक्ष्य?
१२) बिकास को चरनबद्द योजना पंचाबर्शीय योजना को अबधाराना कसले ल्याएको हो? छ आज को नेता मा त्यो दुरदर्शिता?
१३) आज को नेपाल को औला मा गन्न सकिने बिकाश को पुर्बधार पुर्ब पश्चिम राज्मग्र, मर्स्यान्ग्दी जलबिधुत, देबिघट, त्रिशुली, बिधुत कुलेखानी,जनकपुर चुरोट कारखाना, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएत कांग्रेस ले बेचेको १९ वटा उधोय्ग लगाएत क अनगिन्ती उधोग धन्दा पंचायत को उपलब्धि होइन?३० बर्ष को पंचायत ले एती गर्यो भने २४ बर्ष को बहुदल ले के गर्यो एसको तुलनामा?
१४) शित युद्द को समय मा सोभियत संघ संग पनि र अमेरिका संग पनि, ६२ को युद्द पछी चीन संग र इंडिया संग पनि समदुरी मा रहेर सम्बन्ध राख्न सक्नु र यी सबै देश लाइ नेपाल मा सहयोग गर्न मा प्रतिस्पर्धा गराइदिनु राजा महेन्द्र को सफल कुटनीतिक क्षमता होइन?
१५) शित युद्द को बिगबिगी मा असग्लाग्न समुह को सस्थापक सदस्य बनेर नेपाल ले अन्तरास्ट्रिय क्षेत्र मा आफ्नो क्षमता को परिचय दिएको होइन? नेपाल तेती खेर को बिकसित रास्ट्र युगोल्सभिया, इन्डोनेसिया र क्युबा जस्तो संसार कै केन्द्रबिन्दु भनेको रास्ट्र को लहर मा काध मा काध जोडेर उभिएको होइन र असग्लाग्न समुह को निर्माण मा? यो दुरदर्शिता को १/१००० अंश आज को खाते नेता मा छ?
हामि सधै जित्ने को गित गाउछु तर पंचायत र महेन्द्र नेपाल का आदर्श हुन्. राजा को सक्रिय उपस्थित मा पंचायत ब्यबस्था को कारण ले इन्डिया ले नेपाल मा हस्तक्षेप गर्न सकेका थिएअनन्. बरु नेपाली जनता संग सम्झौता गर्दछु इंडिया संग होइन भन्दा नेपाल ले नाकाबन्दि खप्न पारेक थियो तर पनि राजा बिरेन्द्र झुकेनन्, तर आज नेपाल चलाउने खाते नेता हरु भारतीय राजदुत ले पाध्यो भने पनि डराउछन र उसले एक चोटी खोक्यो भने औषधि लिएर लैनचौर पुग्दछन चाकडी गर्न. तेसै भएर पंचायत फाल्न इंडिया अघि सरेको हो. राजा एउटा एकता क सुत्रधार थिए जसले पाचथर को लिम्बु वा कैलाली को थारु, झापा को राजबंशी वा हुम्ला को लामा, यिनी हरु लाइ रास्ट्रिय एकता मा बाध्ने काम गरेका थिए, आज राजतन्त्र गए को केहि बर्ष मा नेपाल को अस्तित्व सिद्दिदै छ. आज नेपाली भन्ने कोहि छैनन्, छन् भने कांग्रेस, एमाले, माओबादी…… अनि तेस्ले नपुगेर राइ, लिम्बु, मधिशे,नेवार……………. अनि खोइ त नेपाली? रास्त्रियत को यो भन्दा क्षति अरु के हुन् सक्दछ? तेसकारण पंचायत पुनर्स्थापना को लागि आन्दोलन गरौ नेपाली हो, नेपाली भएर बाच्ने हो भने.



 
Posted on 05-24-12 10:48 PM     [Snapshot: 2145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 वहुदल र गणतन्त्र भन्दा पंचायती व्यवस्था राम्रो थियो भन्नु आआफ्नो हेराई बुझाई र भोगाईमा पनि फरक पर्छ| 
दुवै व्यवस्थाको आफ्ना आफ्ना गुण र दोषहरु छन्| राजतन्त्र धराशय भएको आफ्नै ओजन भारी भएर हो| राजा बीरेन्द्र झुकेनन् 
र असल थिए भन्नु पनि कुन कोणबाट नियाल्ने हो त्यसमा भर पर्छ| ऐश्वर्यलाई आफ्नो मर्यादा भित्र रहन कसरत गराएको भए 
उनको महत्वकांक्षाले देशैलाई समेत पीरोल्ने थिएँन होला| अहिलेको समय र हिजको समयमा धेरै परिवर्तन आएको छ|
आजको समयको दृष्टिले हिजलाई हेरेर हुँदैन| पाद्न्या र थुकन्या कानुन बनाएर राणाहरुले कसरी शासन गरे त्यो न्यायोचित ठहराउनेहरु 
आज पनि होलान| पंच्यायत कालमा यो यो कारखाना र उद्योग धन्धा खुलियो र राजमार्ग बने भनेर वर्तमान स्थिति संग तुलना गर्दै 
पंचायत व्यवस्था राम्रो भन्नेहरु पनि छन्| इन्डियामा धेरै बुढाहरुले ब्रिटिशको राजमा ऐसा होता था, डिसीप्लेन था, एस्तो उस्तो भनेर 
 जयगान गएको पनि सुनिन्छ| हाम्रै यँहा पनि राणा शासनमा कति शान्त थियो, ऐले जस्तो चोरी डकैती थिएँन, सजाय कडा थियो भन्ने बारम्बार 
पुरानाहरुले भनेका सुन्दै आएका छौ| किर्तिनीधि प्र म हुँदा ईलाम गएका थिए माझ बर्खामा| दिउँसो टुँडिखेलमा दुई दिन देखि बसमा र 
हिंडाएर गाउँ पंचायतले ल्याएको सोझा निमुखा जनतालाई किर्तिनीधिले भाषण छांटे, पंचायत व्यवस्थाले बिकाशको लहरी फैलाएको छ,
जता हेर्यो चारैतिर हरियाली हरियाली छ| हिउंदमा आएको भए बिष्टजीले के भन्ने थिए कुन्नी| सायद भन्ने थिए होलान यी चियाबारी र 
कन्चंजंगा हिमालले बिकाशको शंख र घन्टी बजाई रहेको छ| त्यो भयो इतिहास |शान्त सुदर र बिशाल हाम्रो देश| 
अहिले को स्थिति बेसक हामीले चाहेको जस्तो छैन तर देश सक्रमण स्थितिबाट गुज्रिरहेको छ| यतिका शताब्दी सम्म एकै संस्कारले 
राज्य संचालन गरिरहेको अहिले आएर परिवर्तनको संघारमा छ| पृथ्वी नारायणले झिनो धागोले बाँधेको नेपालमा भावनात्मक रुपमा 
सबैलाई नसमेटेको प्रस्ट छ| यतिका बर्ष सम्म देश असमावेशी रह्यो, केन्द्रिकृत शासन रह्यो| जो बाहिर थिए, उनीहरुलाई मुलधारमा 
ल्याउन  हुनपर्ने  प्रयास भएन| जनयुद्ध त्यसैको परिणाम हो| 
मान्छेलाई चाहिएको स्वतन्त्रता र समानता हो| जति बुझ्दै गयो यसको चाहना अझ प्रबल हुँदै जान्छ | बिकाश सबैथोक होइन| स्वतन्त्रता, 
समानता र पहिचान मान्छेले खोजेको खुराक  हो| यो बुझ्नको लागि समाजशास्त्रको विद्वान हुन् पर्दैन| विगत र वर्तमानलाई पंचायत व्यवस्थाले 
दुइटा कुण्ठित पार्यो| एउटा सानो समुहलाई काखा र अरुलाई पाखा गर्यो| जे जति इतिहास लेखीए, पाठ्यपुस्तक लेखीए, पुर्बाग्रह मज्जाले फस्टाउँन दिए| 
स्तुतिगान र चाप्लुसीले प्रश्रय पाए| २००७ सालको 
राणा शासनले भिन्नै रुप लिएर निरन्तरता पायो| राज चलाउने उही भए जो पहिले थिए|  पंचायत व्यवस्था माटो सुहाउँदो भएन| २०३७ मा मुट्ठी खकुलो 
गर्न खोजे तर खाईपाई आएकाहरुले र जसको हालीमुहाली थियो त्यसले पनि निरन्तरता पाउँदै आयो| यतिसम्म कि पंचायात कालमा पहुँच नभएकाहरुले 
पासपोर्ट पाउन पनि कठिन थियो| 
 
अमेरिका, क्यानाडा र युरोपमा पढ्दै आएका र बसोबासो गर्दै रहेका हाम्रा दाज्यु भाई दिदि बैनी हरुले बिशेष बुझिदिन पर्यो| यो साझामा 
व्यक्त गरिएका कतिपय मन्तब्यहरु पढ्दा कतिजना सावनमा आँखा फुटेका गोरुले संधै हरियो देख्छ भने जस्तो लाग्छ| देशमा आमुल परिवर्तनको 
आवश्यकता छ| आफु दलित भएर जन्मेको भए वा जनजाती भएर वा मधेसी भएर जन्मेको भए के गर्नुहुन्थ्यो यी सब हालत बुझ्दै आएपछि?
हामी प्रत्येकको भूमिका के हो? आफै मात्र खाउँ आफै मात्र लाउँ भन्ने संस्कारले अहिलेको स्थिति सिर्जना गरेको हो| जे होस् अहिलेको जमाना 
सुचना प्रवाहको जमाना हो, के भैराछ सबैलाई थाहा भैहाल्छ| सबै नेपाली समान हुन् र समान अधिकार र अवसर पाउन त्यो सोचौ| आफु 
भर्यौंगमा उक्लेर माथि पुगेपछि भर्खरै पहिलो खुड्किलोमा चडन प्रयास गर्नेलाई पनि सहयोग गरौ| 
सम्पूर्ण न्यायपालिका लगायत सम्पूर्ण कर्मचारीतन्त्र, नेपाली सेनामा गणतान्त्रिक मर्यादा अनुरुप  आमुल परिवर्तनको आवश्यकता छ|
पंचायत व्यवस्थाले उचित बिजारोपण गरेर सम्हाली हुर्काएको भए आज नेपाली जनताले जनयुद्धको मार खप्न परने थिएँन, प्रचण्डको 
नाउँ सुन्ने नै थिएँन| यसैले, कसैमा बचे खसेको पंचायतको कुँडो कुचिला अझ अल्झेको छ भने यसलाई परिष्कार गरौ|        
 
    

 
Posted on 05-24-12 11:57 PM     [Snapshot: 2247]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Nahasauna Party_Nepal bro,

I don't know your age but I have seen, worked and seen Nepal very well. Born in remote Nepal, spend almost 20 years in Kathmandu for education, working in western Nepal and Tarai, seen lot of flags of political party, and now spending 8 years in USA for masters and Phd,  still student of Nepal. Probably I don't know Nepal.

Sorry.

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters