[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159823 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 03-12-06 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोर्ल्ड् मेप्,अति राम्रो भाबना, चित्रण रम्रो।
बिर्खे माइलाजि तेसरि अत्तिनु भएन, तर यसमा कुनै उत्तर् छैन कि जसलाइ सैलिम उतार्नु भो।
नुइटेजि तपाइको लटाइमा धागो सकेको जस्तो छ नि येसो, धागो थप्नुसहै।
 
Posted on 03-13-06 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

worldmap तलको टुक्रालाई बढाउ त

'मलाई काँक्रोले झैं थाँक्रो चढ्ने जरूरत छैन
म पीपलको वृक्ष झैं खडा रहन्छु एक्लै
मलाई उपियाँले झैं अरूको रगत चुस्ने मन छैन
म त बाँच्छु स्वाभलम्वी भै पिई पसिना आफ्नै '----
'पुरातन शालिक' निकै मार्मिक लाग्यो।

कान्छा तिम्रो (अब सब भन्दा सानो मान्छे " कान्छा"लाई नि के को 'तपाइ' भन्नु भनेर नि:) ) पुकार राम्रो लाग्यो।

बिर्खेजी! एक पटक 'उनीलाई' नै सोधि हेर्नुपर्यो जे पर्लापर्ला- wingman लाई पठाउनु पर्यो बरु:)
 
Posted on 03-13-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-14-06 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विचलन

रुग्ण छ देश
अस्तव्यस्त छ परिवेश
आत्मविश्वास
शिथिल भएको छ आजभोली

विहानै राशीफल हे्र्छु
र आश्वस्त हुने कोशिश गर्छु
अनि आमालाई फोन गरेर
चिना हेर्न अह्राउँछु।
 
Posted on 03-16-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा-

आफ्नो विम्ब खोज्दै,
हिँड्दै थिएँ।
थाहा छैन,
ठेस लागेर म कतिपटक लडेँ।
कयौँ पटक म सयौँबाट धकेलिएँ!
तर हरेक पटक म घस्रँदै भए पनि
बामे सर्दै गएँ त्यहि विम्बको खोजिमा।
अनि कतै पानी भेटेँ, नियालेँ।
तर विम्बलाई छालले भत्कायो।
त्यो हलचल थामिने प्रतिक्षा गर्दा गर्दै
समयले मेरो कानमा कानेखुसि गर्यो,
‘मूर्ख! विम्ब पानीमा हैन ऐनामा देखिन्छ!’

फेरी खोज्न थालेँ
तर यसपटक ममा धैर्यता थिएन अघिको जस्तो
किनकि, समय अझै मेरो कान फुक्दै थियो-
‘छिटो गर्!’
एऊटा शहरमा पुगेँ,
जहाँ हजारौँ म जस्ता मानिस
ऐनामा आफ्नो विम्ब हेरिरहेका थिए।
जति जति म उनिहरुलाई हेर्थैँ,
त्यति त्यति मेरो धैर्यता गुम्दै जान्थ्यो।
ति प्रशन्न देखिन्थे, सुखि देखिन्थे!
एऊटा मेरो नजिक आयो!
मैले हातले उसलाई बिस्तारै कोट्ट्याएर भनेँ-
“भाई बधाई छ!”
तर पुलुक्क म तिर हेरेर उसले भन्यो-
“दाई ऐनै ऐना बिच
एउटा ऐना खोज्दै छु साँचो विम्ब हेर्न”
म अवाक भएँ!
ऐना छान्न र ऐना किन्न पनि पाइने रेछ!
यहि भिडहरु बिच एऊटा ऐना मैले भेटेँ!
सम्पूर्ण शक्ति र ध्यान लगाएर
मैले ऐनामा हेरेँ।
बिचमा चर्किएको देखेँ।
चर्किएको ऐनाले मलाइ हेर्यो,
म दुई टुक्रा भएँ!
समय हाँस्दै थियो,
म समय भन्दा ढिलो रहेछु!!!

 
Posted on 03-17-06 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माहिला साहुलाई ऐना किन चाईयाहो, मेक-अप गर्न हो कि के हो?
बढि सिंगार-पटार तिर नलागम् है साहु, आफ्नो असलि रुप हराउला :)

"the sun is the same in a relative way but your older
racing around to com up behind you again"
pink floyd rocks
माहिला साहुको कबिता पनि पत्थर :)
 
Posted on 03-17-06 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइल्दाइ ! ए माइल्दाइ ! हन सुनेनौ कि क्याओऽऽऽऽऽ !

जाम भन्या नेपालतिर, आबु घर बसाउन पर्च !:) j/k

(गजबको तर दुखी भावना पाएँ मैले यसमा ! सधैँ झैँ यो पनि सारै राम्रो लाग्यो ! )
 
Posted on 03-17-06 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आशको तरवार"

म मेरो निराशामा रमाई बस्दा
घोच्छ मलाई आशाको धारले
रगताम्य हुन्छु
अनि छ्यंड् भरको आराम खोज्न
पिऊंछु म मेरो ओखति:
पीर भुलाउने
सपना सेलाउने
उहि,
मदिरा
 
Posted on 03-17-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"----विहानै राशीफल हे्र्छु
र आश्वस्त हुने कोशिश गर्छु
अनि आमालाई फोन गरेर
चिना हेर्न अह्राउँछु। " -----सानो तर मार्मिक टुक्रा ।

बीर्खजीको ओखती देखेर दिक्क लागेको थियो अब फेरि नुइटेजीको पालो आएछ ।

" मदिरा सेवन स्वास्थ को लागि हानिकारक छ" :)

"सम्पूर्ण शक्ति र ध्यान लगाएर
मैले ऐनामा हेरेँ।
बिचमा चर्किएको देखेँ।
चर्किएको ऐनाले मलाइ हेर्यो,
म दुई टुक्रा भएँ! " :(

उदास भावना तर राम्रो छ ।
 
Posted on 03-17-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परदेशी

 

 

 

 

 

वसन्त कुमार गौतम
चुबु बिश्वविद्यालय
खासुगाइ, आइची, जापान



एक जुग पछि फर्केर हेरेँ
आफू आएको बाटो
लामो भइसकेछ
बिरानो भइसकेछ,
बास बसेका ती पाटीहरु
यात्राका अनगिन्ती मोडहरुमा
ओझेल परिसकेछन्;,

खण्डहरजस्तो घरको मझेरीमा
दु:खी आमालाई एक्लै छोडेर,
भिरालो पाखो बारीमा
बूढा बालाई एक्लै छोडेर,
एक जुग अघि हिँडेको म-
यी विराना सडकहरु नापिरहेछु निरन्तर
पोखिरहेछु विरानो माटोमा पसिना तरतर,

भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल? … … २

किनकि मेपलहरुले मलाई अपनाऊँदैनन्
किनकि साकुराले मलाई आफ्नो ठान्दैन
न त मध्यरातको सूर्य मेरो हुनसक्छ
न म छ महिने हिऊँमा रमाउन सक्छु
न म खाडीमा अड्डा जमाउन सक्छु,
र नेपालसंग मागौँ भने
मेरो जवानीले मैले नेपाल सिंच्न पाईँन!

एक जुग पछि-
हिजो सपनीमा घर गएँ सुटुक्क
आगो लिन गएझैँ गएँ सुटुक्क,
तीन वर्षे भतिजीले सोधी
”तिम्लो घल काँ?”

एक जुगअघि घर छोडेर हिँडेको म
घरमा पराइ भइसकेछु,
विदेशमा सधैँ विदेशी म
देशमा पनि विदेशी भइसकेछु,
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु,

एक जुग अघि घर छोडेर हिँडेको म
सबै सबै ठाऊँमा
सधैँ सधैँको लागि
परदेशी भइसकेछु।

 

-cGt/f{li6«o g]kfnL ;flxTo ;dfh–hfkfgåf/f cfofl]ht “nIdL hoGtL @)^@” df k|:t't sljtf _
 
Posted on 03-17-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् नुईँटेजी!
ओखतीको बयानलाई अलि लम्ब्याउन पाए हुन्थ्यो!
तपाईँले लेख्नुभएको Pink Floyd को यो गितको अर्को एऊटा साश्वत हरफ सम्झेँ-

"And then one day you find ten years have got behind you.
No one told you when to run, you missed the starting gun. "


मुन्द्रेSSSS मुन्द्रे हो....., हे हे हे सुन्दै छु। घर त जानै पर्छ जस्तो छ! (कस्तो कुरो बुझ्न सक्या हो यो मुन्द्रेले) :)

धन्यवाद् माष्टरनी नानी!

हैन हाम्रो गौतमजीको यो 'परदेशी' कविता चोरिएको हो कि के हो? अर्कै को नाम मा छ नि!!
 
Posted on 03-19-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साकी प्याला भरिदेऊ-

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमिलाई थाहा छैन,
आज अझै चुर हुनु छ मलाइ।
भर्खर त साँझ पर्रयो,
भर्खर त मेरो गाला र घाँटि रसिलो भयो।
ऊनको नशामा जति म मातेको थिएँ,
त्यति मात्न परेको छ आज मलाइ!
अहो!
हल्का उनको छायाँ देख्दै छु!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई बिश्वास छैन,
आँखा त मेरो पहिले नै लाल थियो,
किनकि म पहिला आँखाले पिउने गर्थेँ!
अहिले त्यो लालि मेटाउन पिउँदै छु।
बल्ल त आँखामा उज्यालो आयो।
अहो!
हल्का बत्ति बलेको देख्दै छु!

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई केहि अनुमान छैन,
नालिमा म पहिले नै लडिसकेको छु।
त्यसैले भरिदेऊ फेरि अर्को गिलाँस!
भर्खर त छाति तातो भयो।
मेरो दुई कन्चट बाट एऊटा तातो लहर,
टाऊकोमा एक फन्का घुमेर
कान तताउँदै मेरो शरिरमा हिँड्यो!
मेरो तन्तु तन्तु फड्फडायो!
अहो!
भित्र कतै केहि जलेको देख्दै छु!


साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।
तिमीलाई, बोध छैन,
धेरै घाउहरुमा तिमीले मलम लगायौ।
एक रात मलाइ बास देऊ
र मेरो घाऊलाई अलिकता सास देऊ!
घरको बाटो पहिले नै भुलिसकेको छु,
त्यसैले कतै पुग्नु छैन मलाइ!
एक क्षणको लागि मलाइ साथ देऊ।
अहो!
तिमीमा उनको अनुहार देख्दै छु!

 
Posted on 03-20-06 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नि:शब्द!
 
Posted on 03-20-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहू बीरखे मैला जि कसरी बर्णन गर्नु तपाईंको कबिता को । एक् फेर तलि।।।
मिस्स्: पर्देशिको भाबनाले मन् कठङग गराउछ।।। अर्को एक् तालि
 
Posted on 03-20-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छा यो ताली गौतमजीलाइ है त्:)

बिर्खेले झन् अर्को पो लेख्नु भयो त् मज्जाको कबिता ,नुइटेको मदिरलाई बढाए जस्तो लाग्यो:)
 
Posted on 03-20-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब !

साकी, भरिदेऊ अझै
प्याला माथि प्याला!
सबै पिएको हैन मैले,
आधि गिलाँस त छचल्किएरै पोखिएको हो।


यो भाग त जति पढे नि मन भरिएन।

:-)
-भउते
 
Posted on 03-20-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् दादा! :)

नेपाली कान्छाजी बर्णन गरिरहनु पर्दैन केवल पढिदिनोस! :)

माष्टरनी नानी, मदिरा चिजै यस्तो छ के गर्नु। धन्यवाद्!

भाऊते, धन्यवाद् कविता मन पराईदिनु भएकोमा!
 
Posted on 03-20-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लघुकथा : आदिकविको अलकपुरिको

मध्यरातमा मोटर चलाइ निन्द्रा बिथोल्न पल्केका ती तिर्खाएका सासहरु
मेलम्चिको पानी खाएर तिर्खा मेट्न बसेका काकाकुलका आसहरु
दहमा जलकुम्भि फैलिएझै फैलिएकछन् कङ्कृटका बासहरु
चिडियाखाना जानुपर्ने भएछ खोज्न रानीपोखरीका हासहरु

To be continued...
 
Posted on 03-20-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेजी,

वाह ! क्या कविता !

सुन्दर, मादक, नअघाईने । सुनिरहुँ जस्तो, पिइरहुँ जस्तो, चुमिरहुँ जस्तो ।

खै के के फेरि भेटेजस्तो लाग्यो मलाई ।

Nepe
 
Posted on 03-20-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे जी वाह्! वाह्!! वाह्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters