[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 218468 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-02-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, तिम्रो लागि कविता यो :)

चौतारी नै रमाइरहेछ तिम्रो आगमनमा
फूलपात फर्फराइरहेछन् शीतल पवनमा
तिमीलाइ देखी हाँस्यो फेरी मेरो मन
कति अन्जान अनौठो छ यो बन्धन

 
Posted on 01-02-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-02-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्नानि!
नेपाल को राम्रो राम्रो फोटो टाँसन है?
 
Posted on 01-02-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्नानि!
नेपाल को राम्रो राम्रो फोटो टाँसन है?
 
Posted on 01-02-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह ! चित्रे। मयाँ पिरती होस त यस्तो। आफ्नो त जुरेली अझै भेना कै चङ्गुलमा छे। :-(

सिरे जवैँ कता मोरेचन आज ? हिजो बात मार्दा मार्दै फ्वाँ फ्वाँ निधाए। भोलि चौतारीमै गएर सुनाउछु सबै। कति ठाममा कति पटक फलाक्दै हिनुम र भनेर मलाई नि सुनाएनन् , के भा'को हो भनेर। खै पैसा ल्याका जस्तो त मानिन है मैले।

बिहान उठेर बरु "म पनि ढलाल हो कि के जाति भएँ। अब म पुनि गामका मुन्छे अरप पठाउँछु। तिम्ले मुन्छे खोज जेठान, म चैँनि उता पासफोटाँ भिस्स्सा कि के जाति हान्नी तारताम्लो मिलाउँछु। अब गामका मुन्छे बिदेश पठा'र गामको बिकास अर्न परो" भन्थे। "तिम्लाई तिन भागको दुइभाग नाफा पनि दिम्ला" भने। अन्त्याँसी जानी मुन्छे मइले खोज्न पर्नी भा'सी आधा-आधी अर्न परो नि भनेको म सँग फनक्क रिसाए। खुट्टा नि खोच्च्याउँदै हिन्छन्। मुग्लानाँ'ट के के जाति रोउ बोकेर ल्या का हुन कि, कुन्नि। पैला डाउटरकाँ ग'र चैनि क्यै रोग-ब्याध छैन भनेर लेखेको एउटो लिस्टो ल्याउ, अनि बल्ल जमुनी लैजाउला भनेको, रिसले भुनभुनाउँदै हिनेका थे। जाँदा जाँदै तगेराको एउटा गराली नै भाँचेर हिनेछन। देशाँ बसे'र आ'सि नि ढोँटे रिस जस्ताको तस्तै रे'छ के तिनको त। :p

:-)
-भउते
 
Posted on 01-02-07 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो भउतेले नबुझ्या कि मैले नबुझ्या भन्या? तिन भागको दुइभाग नाफा दिम्ला भन्दा आधा-आधी अर्न परो किन भन्या हो? फेरि तेसो भन्दा सिरे खुरुक्क नमानेर किन फनक्क रिसा' हो? कि दुईटैलाई थोरै लिन मुन ला'हो?
खै क्या हो क्या हो?
:-)
 
Posted on 01-02-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद छ रातेलाइ, म हराको छैन यसो लरबरिएको मात्रै हो । मलाइ भन्दा पनि ठुलीलाइ अली धेरै वेलकम वेक । अरपबाट आछन के रे सिरे बाक्लो पैसा कमार, सिरेलाइ त अझ ठुलो र बाक्लो वेलकम व्याक ।
 
Posted on 01-02-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! हरी, त्यही त आज भौतेले हिसाब गर्न भुल्यो जस्तो छ। तीन भागको दुइभाग दिन्छु भन्दा आधा आधा मागेको रे! :O

जुरेलीलाइ सम्झिंदा सम्झिंदा बिचराको दिमाग पनि के भएछ कुन्नि।
 
Posted on 01-02-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) हरि।
हिजो जवैँ -जेठान भ'र त्यौ चैइनि जवैँले ल्या'को बिकासे रउसी खा'को। त्यो त सारै मापाको पो हुनिर'च त। यत्तिकै खाँदा त घाँटी मै हुरुरुरुरुरुरुरुरुरुरुरुरुरुर आगो पर्ला जस्तो हुनि र'च। अनि पानी मिसा'र खानु पर्नी र'च। हाम्रो धोबिनीले बनाउनी ३-पाने भुन्दा त कता हो कता तिख्खर हुनि के। आज नि त्यसैले झिमझिम बनाइर'च गाँठे। के बोलेँ भन्दा के हुनि। मलाई के को २ भाग दिन्थे। त्यसो भा'त म नमान्दा हुम र। कुरो त बुझ्छु नि। खाश भन्न खोजेको ३ भागको १ भाग हो के रे। जिब्रो चिप्लेछ। तीन किलास सम्म त पढेकै हो के रे नि मैले नि। त्यो गणितको कितापमा बाटुलो पैसो जस्तो चित्रलाई ३ भागको २ भाग रङ्गाउ भनेर दे'को थ्यो। अब हाम्ले त्यो बेला हिजा'ज जस्तो के का रङ पाउनु र। अनि पाकेको किम्बु दलेर रङ्गाको, किम्बु धेरै भे'छ, ३ भागको २ भाग त चौटै उड्यो नि, भिजेर। :-)
 
Posted on 01-02-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका!! कैले सिक्ने होलान हाम्रा गाम्ले ले यो रउसी सउसी खा'र लेनदेन को हिसाप नअर्नु भनेर ? अब जान्ने बुज्ने भन्याहुर्को त यो ताल छ, अरुको के होला?
खै पूण्टे दाई भा' भए त सम्झाउँदा हुन भन्या कता लाएचन कुन्नी देखा पर्या हैनन।

बरु त्यो सिरेले ल्या'को बिकासे रउसी अलि अलि चाख्न पाए नि हुने नि, यो खो.बि. खाँदा खाँदा जिब्रि नै लठ्ठी सको।

:-)
 
Posted on 01-02-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली नेपालऽट फर्किनि साईतै कुरेर बसे रे'च के रे सिरे, सँग सँगै आईपुगे दुवै। बुठेसकालाँ बुरुरु कपाल उम्रे जस्तै भ'च गाँठे हाम्लाई त!

ठुली नेपालाँ घर परिवारसमग कुरो मिला'र आ' होली के रे। चित्रे कुरि रा'छ, बरु भोज सोझ चाँढै ख्वाम् अब। मेरी धोबीनीलाई फुला'र १२ ठेकी रौसी पार्न लाम्नि जिम्मा मेरो भो, ल!

अरापऽट सिरे फर्केछ भुन्ने सुनेर मु नि हिजो लौरो कुद्दै, खुट्टा टेक्दै भ' नि पुगेको थिम् के रे तेस्को घराँ। नोठको बिट्टै बिट्टा बोकेर आ'को उरन्ठेगलो, के घर बस्थो? धोबिनी काँ ३ सोट ला'र जिम्माले काँ पुगेछन् भने। अन्खेरुन आफू नि तेतेई लागियो

जिम्मालेलै के के भने, कुन्नि? बुठोको त भरखर भूत देखेओ जस्तो बोली फुटि रा' थेन। "अरपाँ मुन्छे काटेको खबर त समचराँ सुनेको थियेऊ होला नि, बुढा! हाम्ले नि सिकेर आईम् के रे मुन नपर्ने मुन्छेलै तेस्तेई अर्न, बिचार अर" भुनेर जिम्माल्निको धरि सातो लग्यो रे भुनेर सुनेको हो के रे गाईं गुईं हल्ला।

हुन त काठमन्छु सम्मुन् पुरा'र जहाज उड्नि पैसो को चाँजो त हाम्ले नै गर्देला थिम् के रे। जिम्माललै भेट्नि बखत चईं उनको नि मगजको नसा तन्केको थो होला, हाम्लाई अँगालो सम्म नि हालेनन्। लु त नि, सिरे, आईछौ, बेसरी कमायेऊ पनि होला, खाडीको कथा सुन्नि रहर त हाम्लाई नि थो, एउ दिन बसेर घुटकाउँदै बात मारम्ला भनें।

"ईन सल्लाह" भने सिरेले चईं।

कमाई गरेर पैसो को थुप्रो बोक्ने भएसि त दिल पुनि कठोर भइच के रे। तेत्रो अरेर बिदेस पठा'को हाम्ले, अईले आ'र एउछिन बसेर भलाखुसारी अरम् भुन्दा नि के को "सल्लाह" अर्न पर्नि हो उनलाई?
 
Posted on 01-02-07 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे, भउते, चित्रे, नेपे, सिरे, ठुलनानी, हत्तेरिका, बिर्खे सब लाई तारेमाम है । हाम्रो गाम को भाषा नै अर्क पर्‍यो, छु धागु, छु धागु क ? दिमाग हे गद्बदका ।
 
Posted on 01-02-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे म पछाडि बाट आए भन्छु र ( i am back)
के छ हो गाम्ले । सिरे भीनाजू आउनु भएछ फर्केर । जमुनी दिदी ले नया सारी ला'र नया अरबी झोला अरबि जुत्ता अनि खेरि अरबी मजेत्रो हालेकी। लौन बा कलिजुग सक्केर कुन जुग आउन थाल्यो छ त्यो अरबाँट ले को कालो माजेत्रो लाउदा त जमुनी दिदी भुत जस्तै देखिएकि :P :P
 
Posted on 01-02-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ मान्छे को पुरनो मान्छेहरुलाई स्वागत
 
Posted on 01-02-07 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हप्पी न्यू एअर है सबै लाई,
चुतरिमा नपसेको पनि धरै भयो फुर्सद नै नवयरा बल्ल टाईम मिल्यो ल
अनि वीरखे मैलो को पून्ते दा को क ६ नि? मेरो हुन नसकेको जेठान्हरु , हाहाहाहा,
अनि चित्रे तिम्रो चै क ६ नि?
 
Posted on 01-02-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्ना हुन नसकेका सबै आफ न्त हरुलाई नमस्ते यो गोर्खाल गोर्खालि को !!!!
 
Posted on 01-02-07 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LIKE THE TREE NEEDS THE EARTH
LIKE THE NIGHT NEEDS THE MOON
LIKE THE STARS NEEDS THE SKY
LIKE THE GUITER NEEDS THE TUNE

My World Needs You............
I miss you...........
 
Posted on 01-02-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i miss you too;)
 
Posted on 01-02-07 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aja kata gaye khoi gamle haru ??? kina ho sappai chu chap ??? la ta mu ta gayo ochhyana !!! boo - baaiiiii ............
 
Posted on 01-02-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोनि, होत रचनी सिरेले भनेझै, चौपारीत गांठे रंङी बिरंङी पो बनाएचन! २ बर्ष मौलान तिरै चइनि अल्झियोकेरे के के नै अरम्ला भनेर। यत्रो हुन्तोनी, जस्ता थिए पुसाई उस्ताका उस्तै। ऐ सिरे कता कता हिन्या छौ? बल्ल बल्ल दैलां भेट्केको जिउ किन उचल उचल पार्याछौ हे। मेरांतिर झर भो जे भओ भओ लौ, आज धेरै पछि जिम्माल बा, पुन्टे दाई, दादा, गोतांए, नमे, चित्रे, भउते आफ्ना दामालिसित बसेर तुच्च तुच्च पार्न पर्यो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters