[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 186987 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-14-06 6:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरि कस्तो बिर्सेँछु।
कुन ठाममा हो ? त्यो रुतेनबर्गतिर त हैन होला नि है? फेरि जानु मुन छ यार क्यारम्।
 
Posted on 01-14-06 6:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन दादा श्री ! म त पूर्व सोभियतहरुले छोड्या ठाम तिर छु ।पुलिस (पोल्याण्ड) को सिमाना नजिकै !
 
Posted on 01-14-06 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले नी गर्मीनीओ गर्मी मज्जाले खा'अस्तो लाओ के रे !हो र दादा श्री ?
 
Posted on 01-14-06 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:
ए यो जुनिमा लागेन घाम पनि
सुन्य लाग्यो रमैलो गाम पनि
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

मैना:
ए कता बज्यो मुरली तिरिरि
जलेको मन सितल भो सिरिरि
मुरली तिरिरि
जलेको मन सितल भो सिरिरि
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

चित्रे:
ए त्यो रुपैले मै परे चकित
मै दु:खीको सम्झना छ कि त
मै परे चकित मै परे चकित
मै दु:खीको सम्झना छ कि त
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

मैना:
ए हिउँचुलीको बादलु स-यो बादलु स-यो
आज पानि काँ प-यो काँ प-यो
बादलु स-यो बादलु स-यो
आज पानि काँ प-यो काँ प-यो
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

चित्रे:
ए रुपको माया आँखैमा झलझली
दिलको माया दिलैमा तलतली
आँखैमा झलझली
दिलको माया दिलैमा तलतली
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

मैना:
ए कुहिरो लाग्यो बन्दिपुर डाँडैमा बन्दिपुर डाँडैमा
किन फुल्यो गुलाबी काँडैमा
बन्दिपुर डाँडैमा बन्दिपुर डाँडैमा
किन फुल्यो गुलाबी काँडैमा
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

चित्रे:
ए तिमी मेरो मुटुको हिरा मुटुको हिरा
नबनाऊ त्यो कलेजी नौ चिरा
मुटुको हिरा मुटुको हिरा
नबनाऊ त्यो कलेजी नौ चिरा
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार

मैना:
ए कोइली चरी काँ बस्यो चोर सिमल, काँ बस्यो चोर सिमल
किन ज्यानको भयो त मन बिब्हल
बस्यो चोर सिमल बस्यो चोर सिमल
किन ज्यानको भयो त मन बिब्हल
ए सारगिंको तार
होओ मायालाई नदेख्दा
दिउसै अन्धकार
 
Posted on 01-14-06 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकपालि दर्शन पाआ छु। गोडा ३नेक दिन हो। तर जान पर्नी ठाम गइयो पर्यटकीय हिसाबले।
 
Posted on 01-14-06 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे दादा, कस्तो आत्मारामको बुबा भेट भएर बरबाद भएछ भन्या। त्यसपछि अर्को दिनहरुको पनि लेखौँ है? फेरि भेट त भएको हुन पर्छ, नत्र किन यति साह्रै सम्झना आउँथ्यो त।
:)
 
Posted on 01-14-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारो त म आम्नि बेलाँ सदैँ रित्तै देउछु के भ'को हो ? फेरि ब्यान उठेर लोटाँ पानी ले'र यसो जपतप अरम भन्नी
बेलाँ उखुबारीयाँ डाङ्ररे करा'अस्तो कराइरा'हुन्चन् । कैले कैले त बासै चौताराँ नी बस्ता रचन् यिनरु !

उ दादा र बिर्खे माइल्दाइ जाँदै रचन भख्खर , फेरी आउलान नी अनि गफा अर्न पर्ला ! अइले ऽऽऽऽ म नि हिन्न परो
तोरि छरेओ कस्तो भ'च हेरेर आम्न परो लौ !


मेरो त ओराली पाइलो
शत्तुरलै लाउदो हो रमैलो

बस मयाँ आजको रात
अब भेट हुदैन एउ साता

गाइ त मोरे बाघैले खाला
मै त मोरे यो मयाँ काँ जाला ।
 
Posted on 01-14-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रे साथी,
म यतै छु, खाली चूपो लागेर बसिरा' क्या। अनि हिजो मैले ल्याईदिया नउसा हेरेर केही पत्ता लाग्यो तपाईको जग्गा? साहिंला त भन्दै थ्यो जग्गा देख्नै गारो भो तेसमा, के गर्नु कुहिरो ला' बेलाँ बनाको थें त्यो नउशा। त्यसैले अलि नजिकबाट बना'को अर्को नउशा ल्यादियाछु ल आज, यसमा त देखिन्छ कि तपैंको जग्गा।

अचेल केही कविता लेखेर अनि नउशाको खेलमा पनि अलि व्यस्त छु, तेसैले चौतारीमा च्याएर हेरे पनि गफ छाँट्न चैं अलि भ्याइरा' छैन। अब एकछिनमा आ'र फेरी नउशाको हिसाबकिताब मिलाउनु छ। ल नउशा हेर है!

 
Posted on 01-14-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व मानचित्र जी,

मैले त मेरो पुराण (thesis) मा राख्नको लाहि यौटा राम्रो "च्वाँक" नेपालको नक्शा खोज्या थेँ जसमा सबै
जिल्लाहरुको सिमाना पनि स्पष्ट देखियोस् । छन त छन् एक दुइटा, डाउनलोड गरेको तर त्यति चित्त बुझ्दो
नभएर तपाइँसँग अझै राम्रा होलान भन्ने लागेर सोधेको मात्रै ।जे होस काम त चलिहाल्छ र पनि तपाइँसँग विशेष
खालका छन भने बिजुलि पत्रमार्फत पाउँ न ! तर आफ्नो अमूल्य समय धेरै नखर्चनुहोला ! धन्यवाद !
 
Posted on 01-14-06 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समुन्द्र जी,
आफू नि नउशाको पिरफेसिनल (professional) चैं परिएन, यो त मेरो हप्पी (hobby) मात्र हो। त्यसैले म सँग नि त्यस्तो राम्रो खाले नउशा भेटिएन। यौटा गुगलको बुटाँ चढेर भेटेको याँ टाँस्दिन्छु र त्यसको ठेगाना पनि दिन्छु। गुगल अर्थ भन्ने चीज डाउनलोड गरेर हेरौं न, त्यसमा चढेर तपैं एक सेकेन्डमै संसारको जुन कुनाँ नि पुग्नसक्नु हुन्छ।
लौ यो नउशा तपैंलाइ कतिको सहायक सिध्द हुन्छ हेर्नुस्।
अनि स्रोत:
- http://www.un.org.np/uploads/reports/maps/hdi/Nepal-HDI-districts-2004.png

 
Posted on 01-14-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्व मानचित्र जी,

यो पनि राम्रै छ । थोरै फुलबुट्टा आफैले भर्नुपर्ला !
केहि समय आगाडि नेपालमा हुँदा UNDP का रिपोर्टमा नेपालका केहि राम्रा नक्शाहरु देखेको थिएँ, कतै त्यस्तै
भेटिन्छ कि भन्ने आशले धेरै खोजेँ पनि तर पाइएन । जे होस्, यसमा समयदिनु भएकोमा फेरिपनि धेरै धन्यवाद टक्र्याउँछु ।

हाऽऽऽऽई !!! सिरकले मलाइ बोलाए जस्तो छ, शुभरात्री ! :D
 
Posted on 01-14-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन त्यो भउते कहाँ गएच , भागो कि क्या हो । कसैले बाटा तिर देख्यौ भने मलाई खबर गर है केटा हो ।
हिजो त है म हिडेँ पछि त निकै रमाइलो गरेचन् नि केटाहरुले , दादागिरी ले पुरानो आफ्नो कथा सुनाए छन् ।
चित्रे र मैना भएर मज्जा संग गीत गाएछन् । तिनी हरुको गीत सुन्दा त आफुलाई पनि १६ बर्षे जवानि को याद आयो गाठेँ ।

सोह्र बर्षे जवानि मा मै पनि जिल्के हुदो हुम्
अहिले पो बुढो भए .................
 
Posted on 01-15-06 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है गौतम जी! याम्कीले झुठ पो बोलिछन् त? म कहा कडा छु र ? अब उस्ले १ र १ काति? भन्दा २ मात्र भन्ने ........... ११(एघार) भन्नै नजान्ने अनि त पिटेको नी। भुराभारी कत्तिका ज्ञानी छन् कुन्नि? नत्र फेरि याम्कीले भने जस्तै भन्लान् । डेरामा बस्दा बस्दा न्यास्रो लागेर यसो चौतारीमा आएकी म त के गर्नु यी गाउलेहरु के भाशा बोल्छन् बोल्छन्।बुझ्नै सक्दीन
 
Posted on 01-15-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चाँतारीआं त ओहोरै मजा छ गांठे । मेला जान छोडेर यतै पो भुल्न लाइयो त हिजो आज ।
 
Posted on 01-15-06 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जम्मै कता गएछन्? ल मास्टर्नी नानी स्वस्थानी बाँच्नुस् त, हामीहरु पनि सुन्छु।

 
Posted on 01-15-06 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्याय एक

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि! एकाग्र भई सुन। एकादेशमा दादा नामका व्यक्ति जापान नामको गाममा बस्नुहुनथ्यो। उहाँ राम्रा राम्रा कथा हाल्न र गीत गाउनमा पोख्त हुनुहुन्थ्यो।........

ईति श्री स्कन्द पुराणे
केदार खण्डे माघ माहात्म्ये
कुमारागस्त्ये संवादे....
 
Posted on 01-15-06 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, आलिकिति कडा त हुनै पर्च है इस्कुलाँ, मलै त तेस्तै लाउच ! कडा नहुनि हो भने त भुनेको
काँ टेर्चन र केटकेटीले ! अनि अचेलका त केट्केटी नि सारै उत्ताउला किन हो कुन्नी ! हामी त तेस्ता थेनम्
के रे । माष्टर मास्टर्नी बाटाँ हिन्दा भेट भो भने नी हामी त ड’रले भैँमा हेरेर हिड्तिम् खोइ ! अइलेया
केटकेटी त यसो रुखओ छेल परेर नदेख्नी अरी “ओइ मिस हिजो कता थिइस्” भन्नी रचन् । मैले आफैँले
सुनेको लौ ! त्यो सिरेओ कान्छो छोरो हिजो नानीले दोकान ट मर मसलो किनेर आम्निबेलाँ संमिया बुटाँ छेल
परेर त्यसै भन्दै थ्यो, माष्टरनी नानीले सुन्यौ कि सुनिनौ कुन्नी !

अचेलका केट्केटी उरन्ठ्यौलो बोल्न नि कति जान्नी हुन ? अस्ती एउदिन मगर माइलाकाँ नारानको पूजा
अर्यारचन र खान बोलाथे मलै । गएँ के रे ! जानीबेलाँ कमेज लाउन नि बिर्स्यो र’चु, त्यै कन्ना च्यात्तेको
छाती सपै देखिनि सेतो भेष्ट ला’र ग’थेँ । ती माइलाकी स्यानी छोरी भख्खर चार’की पुएर पाँचाँ लाइ क्याओ
यै माघाँ, सारै राम्री रचे, काखाँ ले’र खेलाई राखम् जस्ती । अनि त्याँसी खेल्दै खेल्दै म भ’ठाँ आइ । मलैनी
एउछिन काखाँ लिन मुन लाओ । मगर्नी भाउजुनी त्यैँ थिन के रे । पुल्का पार्दै पार्दै काखाँ ले को त के भन्चे
“आबुईऽऽऽऽऽऽ ममी एऽऽ ममीऽऽऽ हेर्नु न अङ्कलका त छातीयाँ नी कति धेरै झार पलाका” अरे लौ !!!!! अब
तेस्का मगर बाउका छातीयाँ कैल्यै “झार” देख्या भा’पो !

मलै त भाउजु सँ नी सरम लाओ, अनि फुत्त तेल्लाइ भैँमा मिल्कार घरतिर हिडेँ !
 
Posted on 01-15-06 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त्यो टारिका खेताँ, (हातले पालि गाँसेर घाम छेक्दै हेरेर।)
ए! मुखिया बा बुढा पो रेछन्।

मुखिया बा:

सबै गोरु बेँसि झरे
ठुटे गोरु खै?
आलिमा हिँड्ने लगुंरे बाँदर
खेताल्नीको पोइ!
... ... ...
हो रा हो हो!


ल म नि लागेँ है बेँसितिर।
 
Posted on 01-15-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dajai, ruga ley ladda paryou ani oshan parey. hajur haru ko kura suneragumla.
 
Posted on 01-15-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दजै, रुधालेय लढढ पारो।ओचान परेय को दुइ दिन व्हैसकोय्, सास त छ यो पातेय को। चौतरि मा हजुर हजुर हरु को गुफ सुनिरखुम्ल्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters