[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI- IV

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 156592 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-08-05 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
पुरानो चौतारी जाने सुरूङहरू =>

-------------------------------------------------------------------------------------------------------
भउते हराए =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23369
--------------------------------------------------------------------------------------------------------
चौतारी - १ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23759
--------------------------------------------------------------------------------------------------------
चौतारी - २ =>
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=23948
--------------------------------------------------------------------------------------------------------
चौतारी - ३ =>

- http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=24829

 
Posted on 12-19-05 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, मेरिबास्सै! झण्डैले छुटेछ! चौतारीतिर छड्के छड्के नजर लाउँदै लुसुक्कै उम्कन खोजेको आफू त, भउते कै जन्मदिन पो परेछ! क्यार्नु, अनि...काधाँ बोक्या बन्चरो हुत्ताएर आईपुगें नि!

लु, भउते काजि! धेरै धेरै फलोस्-फुलोस्! उमेरले म बुढोलाई चाँडै नै भेट्टाओस्! अरु त के भनम्, खै? ठेगाना दिए तेई धोबिनीको च्यात्त्या पेटिकोटाँ पोको पारेर दुई मुठी भट्मास पठाईदिन्थें के रे!

शुभकामना!
 
Posted on 12-19-05 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भउतेबा, यो बेसीथानेको पनि जन्म दिनको उपलक्षमा धेरै धेरै शुभकामना छ है।
 
Posted on 12-19-05 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद है सप्पै सईँहुरलाई,

दादा, बिर्खे, नमे, सिरे, आइते, चित्रे, स्याने, काका, पुन्टे बेसिथाने सप्पैलाई।

अब यसो पाउरोटी काट्नु पर्ने, जन्म दिनको अबसरमा :-)

मेरो त भर्खर दाईँ सक्कियो, दयँरा (प्रोफेसर) हरु भित्र धान कति मुरि भएछ भनेर हिसाप-
किताप गर्दैछन्। बल्ल यो बर्खलाई हलुको भो। पाथि गनेको घरमुलिले हेर्न हुँदैन भने के रे
त्यसैले एउछिन यसो चौतारी तिर के हुँदै रे'छ भनेर हेर्न आ'को। एउछि पछि यसो ठनास्न
जानु पर्ला, दयँराहरुलाई।

सप्पैजना एकै ठाममा भा' मज्जाले लगाउन हुन्थो, अब एक्लै छु, लगाम भनेपनि कता हिँउमा
लडेर त्यतै सेलाइने हो भन्ने चिन्ता। अब उठाउने मुन्छे न'भ'सि के अर्नु त नि।

पछि गफ अरम्ला है, अब त दिन मेरै हुन् नि :-)

:-)
-भउते
 
Posted on 12-19-05 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो राति बिर्खे जिम्मालको दाँइआँ गइयो। अव जिम्माल बुढा जे भा नि गाँउका धनिमानि, वर्षओ २ ढाइ सय मुरी जति धान त सज्जिलै थन्क्याउनचन्। उनका के कुरा अर्नि? उनको अस्तो रङ्गैको दाँइ त यो भेक भरी कसैको हुन्न्। मुन्छेहुर नि यति धेरै आउँचन कि सान्सानो मेलै लाए झैं हुन्च। दिउँसो दाँइ लाउँदा गोरुलाई नि र मुन्छेलाई नि घाम (गर्मी) हुनि, फेरी राति अरे सुरुसुरु काम नि हुनि भनेर जइले नि राति अर्चन। उनकाँ दाँइ लाउनि भनेसि त फेरि तो दिन कसैकाँ दाँइ लाउन पाइन्न के रे। अस्तिनै उर्दी लाई सके। गाँउका भएजतिका बलिया गोरू उनैका दाँइआँ जान पर्नि रे! यस्पालि नि अस्ति नै सप्पैका गोरु रिजाप (Reserve) अरेर लेएर तेहि ठुल्गरा (ठुलो खेत)कै छेउआँ खलो ठोकेर बानेर राखेथे हिँजलाई भनेर।

ओहो…तो जिम्माल्नी माइलिआँको चुरिफुरि नि हेरि सक्नुको थेन गाँठे। जैले नि तेसै अर्चिन आफ्नाँ रमझम भओ भनि। सेल रोटा नि हाल्दै थिन के रे। हाम्ले त सुङ्न नि पाइएन तै। ‘ल है यसो अरओ…उसो अरओ……यसो नअरओ’ भन्दै सघाउन आका आइमाईसँग कराको कराइ थिन् गाँठे जतिवेला नि।

पोहोर साल सम्म त बुढाले राति सल्लाओ देआलो बालेर दाँइ लाँउते। यस्पालि त लाउरेदाईले मल्याआट हेर्दा लाल्टीन अस्तो देखिनि तर ठूलो र ज्याद्रै उज्यालरि बल्नी दुइटा ‘मइन्टोल’ भन्नी लेइदेका रैचन्। तेइ बालेर झल्झलि बनाएर ब्यान तिर सके दाँइ लाउन। ठुल्गरोको माँझैआँ मियो ठोकेर १२ नाल गोरु एकैफेराँ दाए।

ज्याद्रै रङ्गो भओ गाँठे। सप्पै रमाए। तर भउते चाँहि ‘मेरो फुटेको कर्म, जन्मेया दिनानि गँउँको रोटी टोक्दै रातभरि यो जाँठो दाँइआँ गोरु खेद्न परो’ भन्दै फत्फताउँदै थो। तो जिम्माल्नी बुढी नि कति छुचि छ भनि के भन्नि, एउदुइटो सेल रोटा दे को भा नि हुन्तो के रे तेलाइ!

साँइला र सिरे गोरु फर्काउन गए के रे ब्यानै। आज दिउसैँसम्म परालका भारी बान्दै थे नमे, लालेहुर। अव त सके कि? कति भारी बनाएचन् कुन्नि?
 
Posted on 12-19-05 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभकामना भउते दाजैलाइ!!!!आगौँ बर्ख भउते काजीले जाडोमा दु:ख नपाओस्!!!....:D
:)
निर्माण~*
 
Posted on 12-19-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते गुरु, जन्म दिनको सुभकामना।
 
Posted on 12-19-05 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राउनीति कुरा नगरुँ भनो, कुरीकुरी लाएर आउँनी । ल दादालाई एउटा घट्ना खरररर सुनाअर म टाप कसें है ।

दादा,

३६ साल अघि मण्डलेको रामराज्य हुँदा एकजना सहपाठीले मलाई मण्डलको परिचय दिएका थिए । उनी मलाई भर्ती गराउन चाहन्थे वा सचेत गराउन चाहन्थे भन्ने कुरा चैं मैले आजसम्म खुट्ट्याउन पाएको छैन । त्यसताका हिन्दी साप्ताहिक 'दिनमान' मा निस्केको वीरेन्द्रको एउटा कार्टुन (कार्टुन व्यंगात्मक त थिएन, तर कार्टुन भए पछि पुगिहाल्यो, त्यो भूमिगत सामाग्री हुन पुग्यो) देखाउन लग्ने पनि उनै थिए र मण्डले भए पछि भत्ता पाईने कुरा सुनाउने पनि उनै थिए ।

त्यसको गोडा पाच्छएक बर्ख पछि एउटा खुकुरीधारी मण्डलेलाई कुट्न दगुरिरहेको भिंडमा (TC मा जाँच बहिस्कार गर्ने सिलसिलामा) चिर्पट बोकेर हिंडिरहेका उनीसित जम्काभेट हुँदा हामीले एक अर्कालाई हेराहेर गरेम् । त्यो हेराईमा केहि असजिलोपना थियो, जसको अर्थ पनि त्यत्तिकै अस्पष्ट रह्यो ।

मेरो एकजना बाजेबाट हाँगा छुट्टिएका काकाश्री माननिय रापस थिए । उनका ज्येष्ठ पुत्र दरबार नजिकका केहि कलाकारहरुको संगतमा थिए । मेरै जमानाका फिलिमका हिरो पनि हुन् उनी, त्यसैले केहि हिमचिम थियो । तर राउनीतिका कुरा हुँदैनथें हामी बिच । पोहोर साल उनको एउटा ईन्टरभ्यू पढेथें । उनी आफूलाई 'मण्डले, तर राम्रो मण्डले' भन्न रुचाउँदा रहेछन् (त्यस ताका 'वृहत नेपाली शब्दकोश' मा भएको 'मण्डले' शब्दको अर्थ चर्चामा थियो)। माओवादीको धम्कीले राजिनामा दिनु अघि हाम्रा उप-नअरपालिकाका मनोनित मेयर थिए उनी ।

उनी मेयर हुँदा एउटा समाचारमा पढेको थिएँ उनलाई । हाम्रै नअरपालिकाको गाममा शाहीसेनाको हातबाट एउटी तामाङ किशोरीको विभत्स हत्या भएको थियो । त्यसको वर्णन नअरम होला । जे होस्, लाशलाई ढुङ्गाले छोपेर हाम्रा जवानहरु हिनेपछि त्रासले त्यसको सदगत हुन नसक्दा 'लाशको सदगत हुन सम्म त दिनु पर्ने हो' भनेर मेयरज्यूले भन्नुभयो भन्ने समाचारमा आएको थियो । निरिहताको यो उचाई पनि देखियो आफ्नै गाममा ।

लु एउटा कुरो भन्दै दुईतिन्टै सुनाएँ क्यारे । 'औंलो दिदा डुडुल्नो निल्ने' भन्ने हुन् कि सँईहुरले, ठोकें टाप ।
 
Posted on 12-19-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्या मैले भउतेलाई जनमबारको आशिक दिनै भुलेछु । त्यै भअर एकबाजी फेरि पस्या ।

लु के भनेर दिम त आशिक ? मनले चिताआ पुगोस् । ठट्टा-रमैलो गर्दा दम्तरीहुर बीच भाँडभैलो नहोस् । ईत्यादी ईत्यादि ।

तै तै, निरे भाईलाई देखिहालें । सोधखोज गर्न मुन लागो । निरे र मिस्रीलाई एकै ठाममा छोप्ने जाल भनेर बात लाग्या धागो साच्चै गायब भा हो ?

मैले त त्यतिजाबो ठट्टालाई ननिको मानिन है । मिस्रीले पनि धागो चुडअ भन्दा ठट्टैमा भन्याअस्तो मान्तें है मुईले त ।

ठीटाठीटीहरु मैले बोल्या मान्नी हुन नमान्नी हुन् भनेर मेरो सट्टा गालिब बाजेको एउटा सिलोकै हालेर हिन्या थिएँ, कसैले सुने नसुनेको केई पत्तो पाईएन ।
 
Posted on 12-19-05 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेलाई मेरो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना!!!! जिन्दगीका सबै आयाम अझ फैलिउन्!!!

अब आघौँ दुई, पराघौँ तीन भएको देख्न पनि पाईयोस्।
 
Posted on 12-19-05 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु बा!

हजुरले आफ्नो आयुको १ साल घटाउनु भे'छ, खोइ बधाई दिऊँ कि के दिऊँ के दिऊँ ? जे पर्ला पर्ला लौ जा त, गुरुबालाई जन्žमदिनको घ्žयाम्žपो जत्रो सिंगो शुभकामना !!!!!

भुत्रैसिति !
 
Posted on 12-20-05 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरुलै ढिलै भइनी मेरो पनि शुभकामना छ है, जन्मदिनको। चिताको पुगोस्।
 
Posted on 12-20-05 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको त दाइं सकिएच मेरो चै भोलि छ तेस पछि भकारि सकारि कस्नु पर्ला ।
 
Posted on 12-20-05 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ नै रैनचन चौतारीआं त ?
 
Posted on 12-20-05 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabai bhanda pahile bhaute lai "Happy B'day". Cake khana paiela ni !!!

Nepe dai tapaile bahnnu bhaeko actor ta Rabindra Khadka jasto laagyo malai ho?

ma pani ascol kai ho, dadale bhaneko rajan sharma merai batch ho ki ek batch senior ho jasto laagchha hai malai... ma chahi bio grp ma thie.

Shree5 le tution ko kura gareko kasto ti purana din haru yaad aaye malai pani. exactly tyo carbon copy ko kura milyo.
 
Posted on 12-20-05 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरे, लाले, नेपे दा' , गोताएँ, ईस्सोरे, नेपेसाईलो, अनि पिरती सप्पैलाई धन्यवाद। अनि अगि
माथि नाम लिइसकेका दउँतरीहरु सहित सप्पैलाई धन्यावादको साथमा यो गहुँको ठ्याप्रे रोटी। :-)

अब सप्पैको दाईँ सक्के पछि फेरि चौतारीमा धुवाँ निकाल्नु पर्छ। :-)

:-)
भउते

 
Posted on 12-20-05 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty,

ठीक अनुमान गर्नुभो । राउनीति बेग्लै कुरा भो, तर रवीन्द्र एउटा प्रतिभाशाली कलाकार भने हो । दुर्भाग्य के भने उसले उसको वास्तविक प्रतिभा देखाउने भूमिका भएको फिलिमै पाएन ।

७० दशकको अन्त्यतिर जब काठमाडौंमा रंगमंचको स्वर्णयुग थियो (मलाई लाग्छ, धेरैलाई त्यस्तो जमाना भएको कुरा थाहा छैन ), रविन्द्र ती थोरै प्रतिभाशाली कलाकारहरु मध्येको थियो, जसले त्यो स्वर्णयुग ल्याएका हुन् । उसले एउटा नाटकमा गरेको एउटा कुष्टरोगीको अभिनय संभवत उसलाई अभिनय गरें भनेजस्तो लाग्ने थोरै भूमिकाहरु मध्येको एक हो ।

Nepe
 
Posted on 12-20-05 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा चुनाप भो भने चै नेपे दाइ लाइ उठाउनु पर्च । एक भोट चै पक्का नेपे दाइ । खासा को कुरा अर्नु हुदो रइच ।
 
Posted on 12-20-05 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, साझामा पनि चुनाउ हुन्‍छ र भन्‍या? मैले त नेपालमा मत्तै चुनाउको हौवा लाको भनेको त यो साझा'ओ चौतारोमा पुनि चुनाउको कुरो सुने त के हो ? हयाँ चुनाउ भो भने मो पुनि उठ्‌ने हो गाँठे, जे पर्ला पर्ला कि कसो ?
 
Posted on 12-20-05 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई सपभन्दा मन पर्नी ठाम यै चौतारी हो। बात मार्न नभ्याए'नी हा.टा. चैँ गरें है, दम्तरी हो।
 
Posted on 12-20-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यी बाममोर्चाहुरसित सकिन्न के. सुरुमा गाउँमा छिर्छन् अनि , "बा!", "आमा!" भूनेर फकाउँछन्. हलो जोते जस्तो गर्छन्, दुखसुखमा सामेल भा झीँ गर्छन्, अनि लास्टाँ चालै नपाइकन जम्मैलाई बाममोर्चामा सामेल गर्छन्.
"हैन राजनिति नगरुम् न!" भनो. "यो राजनिति हुँदै हैन हामी हाम्रो अधिकारको लागि लडेको, अधिकार मागेको कुरालाई राजनिति गरको भन्नु मिल्दैन, हाम्ले अन्याय कति
सहनु? तपैँको आँसि, बञ्चरो कसैले खोस्दा कराउनुहुन्छ अधिकर खोस्दा भने किन चुप लाग्नुन्छ नि?" भन्छ्न्.

देखेऊ केरे दम्तरी हो यहीँ? त्यसैले "रोटी भन्या चिल्ला मीठा! कुरा भन्या अखिलका मीठा!!" मैले यसै भन्या छु?
)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters