[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ---चौतारी-५९---

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 286233 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 06-14-07 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५९


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५९ --




चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 59 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



लौ बसुम यही चौतारीमा



हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि


चौतारी-५८

पुन्टेदाई को गाना:
ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
एक लड्की से च्याट किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
एक लड्की से च्याट किया तो ऐसा लगा,
जैसे च्याटरुम कि बस्ती में,
LOL कि मस्ती में,
BRB कि शोक में,
ना प्यास ना भोक में,
हंसते डुबेथें, ROTFL कि मजा मेंऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽ

उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्कीकी तस्बीर मिली तो ऐसा लगा,
जैसे ऐश्वर्य कि रुप हो,
ठण्डी में धुप हो,
धुप में पवन हो,
मनको हरण हो,
बेडसाईड में रख्ते, सोता कर्ता थाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से फोन किया तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से फोन किया तो ऐसा लगा,
जैसे लताकी स्वर हो,
में हि उनकी बर हो,
कानों में एहसास हो,
दिल में एक सहास हो,
फोन रख्ते वक्त में, पुरे ज्यान फ्रोजन होऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

उसी लड्की से मिला तो ऐसा लगाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
(क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ, क्याऊँ-क्याऊँ)
उसी लड्की से मिला तो ऐसा लगा
जैसे, स्वप्न में भूत हो,
बहाना आई मुत को,
देख्ते में टुन टुन हो,
सुन्ते में बिगरे धुन हो,
पाईखाने के बहाना में, मै तो फौरन फराऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽर

ओऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

एक लड्की से फसा तो जिन्दगी का बबाऽऽऽऽऽऽऽऽऽऽऽल!









 
Posted on 06-15-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, राहुल दाइ ले मो मो को रेसिपी नै टासिदिनु भएछ। अब आज मो मो बनाउदा यही रेसिपी फोलो गर्नु पर्ला। :-)

निस पाट ले सुड्डा न भन्ने रे। :O सोझो भको हो? :P

नेप्ची, नेपाल त १ महिना बसेर आउने म।
 
Posted on 06-15-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेउचे, पहिले जान्थेम् बोर्डिङ् इस्कूल पनि, तर दुइटा डुंगामा खुट्टा राख्न गाह्रो भएकोले अचेल बोर्डिङ् बाट टाप। :)
यहाँ इस्कूल पिछ्चे फरक नाम राख्ने चलन रैछ त के गरूम् ?

शब्बूले अल्फाबेटमा मिलाएर राख्दा त मेरो नाम क्या तल पुग्यो। :(
बरू रियल नाम राख्या भए टपमै आउँथ्यो नि। ;)
 
Posted on 06-15-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ,
मलाइ "म:म: खाने तरिका" भए पुग्छ। धन्यवाद है यसको लागि। :P
 
Posted on 06-15-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सब्बुलाई कति जाँगर चलेको होला नाम कन्ठ गर्न। लौ गाम्ले हो, एभ्री वान ह्याव अ गूड् वीकेन्ड। भरे जाँड लाग्या बेलाँ आएँ भने कोहिसित भेट होला नभए साहूले दया गर्‍यो भने सोमबार चिहाउन आउँला।
 
Posted on 06-15-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सोझो भनेको त स्याल भन्दा चट्टु अनि छट्टु पो रहेछ, म: म: खानेतरिका मात्र रे? क्या चलाक भने।
 
Posted on 06-15-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ ?

ओ हो लु म:म: को रेसिपि आएछ ।

म:म: खान नजान्ने मान्छे
-----------------------------
१) जसले म:म: सेलाएर खान्छ, म:म:को तातो झोलले मूख नपोले म:म:को स्वाद थाहै हुदैन ।

२) जसले म:म: फुटाएर झोल भित्र हालेर खान्छ । म:म:मा आफ्नै झोल हुन्छ, फुटाएर छिराउनु पर्दैन, बरु फुटाउदा खेरी यसको असली झोल बाहिर जान्छ ।

३) जसले गफ गर्दै वा साथी कुर्दै म:म: खान्छ, म:म: खाने बेलामा गफ गर्नु हुदैन ।

४) जसले म:म:लाइ ८ मिनेट भन्दा बढी पकाउँछ - धेरै पाक्यो भने प्यात्त गएर म:म:को स्वाद खत्तम हुन्छ

५) जसले म:म:को अचार बाक्लो लेदो वा चटनी जस्तो बनाउँछ । यस्तो बाक्लो लेदो वा चटनी जस्तो अचार मनतातो म:म:को लागी मात्र ठीक हुन्छ, तात्तातो बाफ फुल्ल्ल उडेको म:म:को लागी बेठीक हुन्छ ।

६) जसले चिसो म:म:को अचारमा तातो म:म: डुबाएर खान्छ । अचारमा डुबाउने भए अचार पनि तातो नै हुने गरी ६० डिग्रीसम्म उमाल्नु पर्छ ।

यो टिप्सलाइ ध्यानमा राखे म:म:को स्वाद अझ मिठो हुन्छ । यस्तरी म:म: खान पल्केपछि, आहाहाहाहा, के भन्नु र खै, मुख भरी पानी आयोयोयोयोययो ।

लु अब म माइनस, घर गएर म:म: नखाइ त के छोड्छु र ?
 
Posted on 06-15-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नमस्ते!
धेरैदिनपछि आज रमाइलो भै'रारैछ त चौतारीमा
म पनि आए है
पुरानो रैथाने हरुलाई संझिरा'छु नया आउने लाइ स्वागत है त
सब्बू(राम्रो नाम) तिमीलाइ झुक्काउन झुक्काएनन है।
 
Posted on 06-15-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! राहुलदाइ, म:म: बनाउनु भन्दा खानु मज्जा आउँछ नि, त्यसैले त्यही रोजेको क्या! ;)
अनि म सोझो स्याल भन्दा छट्टु हो, र छट्टु स्याल भन्दा चैं सोझो हो नि! :P

हा हा! चनादाइ नि म:म: खाने स्पेशलिष्ट हो कि क्या हो? राहुलदाइ म:म: बनाउने स्पेशलिष्ट, हामी चैं खाने ईस्पेशलिष्ट, कि कसो? :D
 
Posted on 06-15-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीऽऽऽऽऽ! नमस्तेऽऽऽऽ
कता हराउनु भा'थ्यो? :)
 
Posted on 06-15-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस

सब्बू(राम्रो नाम) तिमीलाइ झुक्काउन झुक्काएनन है।

किन? यहाँ झुकाउने गर्छ हो? नयाँ आउनेलै इण्डियातिर जस्तो स्याग हान्छ हो ? ला!!!! मलाइ थाहा छैन नि । अब के गर्ने ? चिकेन म:म: बनाउन सिकाको छन्त । इहिहिहि, सुँगुरको म:म: बनाउन सिकाउछ? नखाको कत्त्त्ति भयो के !!!!
 
निशान्त
Posted on 06-15-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amamamamma yo Sabbu ko ta firi hamro jasto bolne style raichantani hau....mo ta sentiflat bhayo...

Aaanch...aju miss pani aaidiyeko???/

Miss Suddi ...Miss Suddi...abo ma aju dekhi hajurlai Suddi bhandina laaaaaaaa?? ma babal sudhrekonta :P
 
Posted on 06-15-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! पहिले पहिले सबभन्दा बढी र्याग हान्ने त मास्टर्नी दिदी र तिरू त हो नि? :P (अब मलाइ मार्ने भए, म त भागें) :P
 
Posted on 06-15-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बू !! आहा कति राम्रो नाम । चौतारिमा स्वागत छ है ।
अब miss_me लाइ मिसदिदी माष्टर्निनानी मिस के भन्छ? यति धेरै नाम छ :)
 
Posted on 06-15-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निसान्त - निसब्रो, निसे, त नि कस्तो हाम्रो मामु जस्तेे बोल्छ के!! इहिहिहि

Subha – सुभे, शुभ दिदी, थ्याङस ल !!!
 
Posted on 06-15-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामरामराम!! के सुन्न पर्यो ! त बज्जिया निशेलै चुटाइ नपुगेको्। कुनै दिन लाग्ला नि त तिम्लै नि बुढेसकाल । जे भानि अल अली चै सुध्रेछन्त निशे इउलिश खररर लेख्न जान्ने भ'छ

तिरु र प्रितीलै ठूलू दुर्गे दि सप्पै लै जो बुलाकी ढुंग्री लाउन थाल्नु भएको हो :)

लु लु हेर त भागेको चित्रेभाइ। भागेर गरै जाने त होला नि । घर गएर भर्याङमुनि लुक्ने होला फेरि डरले होइन। आज तिमिले पनि चुटाइ खाने भो ।

देख्यो भने पुन्टेदाले गित गाइए जस्तो क्याउ क्याउ क्याउ कराउचन असत्तिहरु

सब्बू झुक्काउदैनन उसो त । नयाँ देखेर भनेकिम के यि निशे चित्रे बज्जियाको केइ भरोसा हुन्न के त्यै भ'र

अनि शुभ सन्छै चौ :D
 
Posted on 06-15-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन सब्बू तिमी सुंगुरको मम नि खान्छ ? ल सुंगुरको मम खाएको बेला मलाइ नछोउ है हेहेहेहे
 
Posted on 06-15-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, मिस , नमस्ते पनि।
अब मिसले चुट्न न पुगेका अल्लारे हरु धेरै छन् क्या र गाम् भरि। हल्ला बेस्समारि गरे। अब आज शुक्रबारे साँझ, सब भट्टि तिर लागे छन्। त्यो धोबिनी को भट्टि पनि यति नजिकै किन खोले होला, सब मात्तिएर पात्तिएर हैरान् हुने भो। हरिशरणम् प्रभु, यो गाम् लाई बचाउनुस्, अब प्रभु कै भर् छ।
 
Posted on 06-15-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
'निसब्रो, निसे, त नि कस्तो हाम्रो मामु जस्तेे बोल्छ के!! '
 
Posted on 06-15-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्दा नमस्ते है त मेरो पनि ।
चुट्न त यै असत्ति निशे लै जो पर्नि भो राहुल्दा
अनिखेरि त्यो चि्त्रैभाइ लै पनि । आम्न पा'छैन के के जाति भन्चन र पो
:) :)
 
Posted on 06-15-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब मेरो टिरेन छुट्ने बेला भो। घर् पुगे सि चियाउला क्या र, भट्टि जाने बानी छैन, घर् मा सुन को खानी छैन।
तारेमाम्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters