[Show all top banners]

Bornto_Rise

More by Bornto_Rise
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 What a shame!
[VIEWED 6824 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-13 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

गुण्डा छुटाउन कांग्रेसको बन्द



१. तस्कर समातेपछि अरनिको राजमार्ग बन्द ।
२. माथिल्लो मस्र्याङ्दी असुरक्षाका कारण बन्द ।
३. नुवाकोट पहिरो प्रभावितले बन्द ।
 
साउन १२ गते पत्रकार कुन्द दीक्षितले लेखेको उक्त ट्विटर स्टाटसमा जवाफ दिँदै रामशरण महतले लेखे, ‘सबै प्रकारका बन्द र चक्काजामलाई कम्तीमा पाँच वर्षसम्म प्रतिबन्ध लगाउनु जरुरी छ ।’ 
 
प्रमुख दल र भातृ संगठनहरूको २०४६ यताका गतिविधि सम्झना ग¥यो भने कांग्रेस पार्टी कम्युनिस्टहरूजस्तो बन्द, हड्ताल र चक्काजाम आयोजना गर्न हौसिएको देखिदैन । 
 
सरकारमा नरहँदा पनि आन्दोलनको बहानामा ऊ बन्द वा चक्काजामको माध्यमबाट शक्ति प्रदर्शन गरेर सर्वसाधारणलाई आतंकित तुल्याउने सजिलो विधितिर लहसिएको देखिँदैनथ्यो ।
 
वाइसिएल र युथफोर्स बाहुबलको ऊर्जामा संगठन विस्तार गर्न कस्सिएको देखेर पनि महतले सामाजिक सञ्जालमा त्यस्तो धारणा व्यक्त गरेको हुनसक्छ । उनले ट्विटरमै कांग्रेसले पछिल्लो पाँच वर्षमा एकपटकमात्र बन्द गरेको दाबी गरेका छन् ।
 
महतमात्र हैन, जुनसुकै दलबाट अर्थमन्त्री हुनेहरूले बन्दहड्तालप्रति उस्तै कडा धारणा व्यक्त गर्ने गरेका छन् । हड्ताल, चक्काजामले आर्थिक विकासमा अबरोध पुर्या‍उँछ । 
 
एमालेका सुरेन्द्र पाण्डे वा भरतमोहन अधिकारी, माओवादीका बाबुराम भट्टराई वा वर्षमान पुन, राप्रपाका प्रकाशचन्द्र लोहनीबाट ऐन मौकामा उस्तै धारणा व्यक्त हुने गरेको छ, ‘बन्द गरौं बन्दहरू ।’ 
 
यी र यिनका पार्टीहरूले बन्दबिरुद्ध सार्वजनिक प्रतिवद्धता पनि व्यक्त गर्ने गरेका छन् । बन्दविरुद्ध एकताबद्ध भई हातेमालो गरेका तस्बिरहरू यदाकदा छापिने पनि गरेका छन् ।
 
भ्रष्टाचारविरुद्ध, सुशासन, विधिको शासन वा अरु वाचाजस्तै ‘बन्दविरुद्धको प्रतिवद्वता’ पनि दलहरूबाट पालना हुने गरेको छैन । 
 
महतले दीक्षितलाई जवाफी ट्विट लेखेकै भोलिपल्ट ‘गुण्डानाइके’ चरी (दिनेश अधिकारी) पक्राउविरुद्व धादिङ बन्द भयो । युवासंघले आयोजना गरेको भने पनि एमाले कार्यकर्ताहरू चक्काजाम गराउन पृथ्वी राजमार्गमा उत्रिए । 
 
प्रहरीले चरीलाई पक्राउ गर्यो‍ । विधिको शासन हुँदो हो त उनी दोषी वा निर्दोष रहेको फैसला सिडिओ वा न्यायाधीशले गर्नुपथ्र्यो । विभिन्न जिल्लाबाट काठमाडौं वा राजधानीबाट मेचीदेखि महाकालीसम्म हिँडेका बुढाबुढी, महिला, केटाकेटीले दुख सहनुपर्यो‍ । त्रिशुली किनारको घाममा टट्टिनुपर्यो‍ ।
 
सडकमा उत्रिएर थर्काएपछि माग पूरा भएको देखेरै चरी समर्थकहरूले त्यो उपाय अपनाएका होलान् । यस्तो हर्कत गर्ने उनीहरू पहिलो समूह पनि हैनन् ।
 
संयोगले बन्दको बिरोधमा पटकपटक अभिव्यक्ति दिने अर्थमन्त्री पाण्डे धादिङकै हुन् । उनले चरीको नाममा एमालेले गरेको कर्तुतको सार्वजनिक विरोध गरेनन् । 
 
साउन १६ गते चितवनमा वाइसिएलले जबर्जस्ती चन्दा असुली गरिरहेको फेला प¥यो । प्रहरीले पक्राउ ग¥यो । एसपी प्रद्युम्न कार्कीलाई सिंहदरबारदेखि दलका नेताहरूको दबाब आयो ।
 
उनले पाँचजना वाइसिएल नेताहरूलाई छाड्न मानेनन् । काठमाडौंबाट सरुवा भएर चितवन पुगेको भोलिपल्टै फितलो देखिन कार्कीले चाहेनन् ।
 
रिहाइको माग गर्दै वाइसिएलले साउन १७ गते चितवन बन्द गरे । एम्बुलेन्ससमेत तोडफोड भयो । छाडा भएका कार्यकर्तालाई माओवादीका कुनै नेताले अंकुश लगाएनन् । धादिङजस्तै चितवन बन्द हँुदा हज्जारौं बटुवाले सास्ती झेल्नुपर्यो‍ । नारायणी किनारको गर्मी सहनुपर्यो‍ । 
 
यी दुई जिल्ला बन्द हुनु र आधा नेपाल बन्द भएझैं हो । त्यसैले पनि यहाँका कार्यकर्ता बन्द, चक्काजाम र हड्तालका लागि थप प्रशिक्षित भएजस्तो देखिन्छन् । सानोभन्दा सानो निहँुमा सडकमा ओर्लियो, बटुवालाई सतायो । 
 
सरकार कारबाही गर्दैन । वार्ता गर्छ । उनीहरूको नाजायज माग पूरा गरिदिन्छ । बाहुबली बन्न अझ प्रोत्साहित गरिरहेको हुन्छ । 
 
महतले ट्विट गरेको दश दिनमात्र भएको थियो । भरतपुरको सेञ्चुरी होटलनजिकै भारतीय पर्यटकलाई ‘गुण्डा’हरूको समूहले कुटपिट गर्यो‍ । संयोगले प्रहरीले उनीहरूलाई भेट्टायो । कमिले ग्याङका प्रमेश राई र यमबहादुर कार्की पक्राउ परे । राई तरुण दलका उपाध्यक्ष र कार्की नेविसंघका जिल्ला सदस्य । 
 
जुन दल भए पनि रित उही ! एसपी कार्कीलाई लोकल कांग्रेसहरूले सोर्स लगाए । उनले टेरेनन् । केन्द्रीय नेताहरूले पनि दबाब दिए ।  
 
‘हामीले कुनै दलको मानिस पक्रेको होइन, गुण्डाहरूलाई समातेको हो,’ कार्कीले ठूलाबडालाई मुखभरिको जवाफ दिए, ‘कानुनअनुसार कारबाही हुन्छ, बस् ।’
 
सोर्सले काम नगरेपछि तरुण दलवालाले पनि अचूक उपाय निकाले– चितवन बन्द । प्रहरीको तथ्यांकअनुसार चितवन भएर दिनको सात हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सास्ती फेरि सर्वसाधारणकै थाप्लामा । 
 
महतहरूले आफ्ना कार्यकर्तालाई बन्द नगर भनेर हकारेन् । बन्द, हड्ताल ग¥यौ भने पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने चेतावनी दिन सकेनन् । बुद्धिविलासका काममा साँचिलो भए पनि एमाले वा माओवादी जस्तै देखियो कांग्रेस पनि । 
 
तरुण दल, नेविसंघ, कांग्रेसले राई र कार्कीको निसर्त रिहाइको माग यथावत राखिरहेको छ । कार्कीले उनीहरूलाई दिइरहेको जवाफ उद्धृत गर्दै सेतोपाटीलाई भनेका छन्, ‘हामी बन्दको धम्कीबाट हच्किएर गुन्डाहरूलाई छाड्दैनौं, कानुनी कारबाही गर्छौं ।’
 
प्रहरी नगल्ने देखेपछि चितवन कांग्रेसले ३ बजे बन्द खुलाउन केही सकारात्मक भूमिका खेलेपनि उसको नियत भने उत्तिकै खोटो देखिएको छ । उसले भनेको छ, ‘बिहीबार रातिसम्म निसर्त रिहा नभए शुक्रबारदेखि फेरि अनिश्चितकालीन हड्ताल ।’
 
बन्द फिर्ता हैन, स्थगन भएको छ, कांग्रेसको आधिकारिक धारणा यही हो । निहत्था पर्यटकलाई कुटपिट गर्नेहरूलाई माफी दिलाउन कांग्रेस कस्सिएको छ । केन्द्रमा कम अग्रगामी र कम पाखण्डी देखिने नेताहरूले पनि चितवन कांग्रेसलाई हप्काएका छैनन् । 
 
कांग्रेसीहरूले प्रहरी हिरासतमै राई र कार्कीलाई यातना दिएको आरोप लगाइरहेका छन् । ‘बन्द गरेर जनतालाई असुविधा दिने उद्देश्य नहुँदानहुँदै हिरासतमा भएको कुटपिटविरुद्ध बन्द गर्न बाध्य भएका छौं,’ तरुण दल अध्यक्ष श्रेष्ठले टेलिफोनमा भने ।
 
चितवनस्थित सञ्चारकर्मीहरूका अनुसार राई र कार्कीलाई त्यस्तो कुनै पनि यातना दिइएको छैन । पक्राउको बचाउ गर्न सक्ने कारण छैन । 
 
किन बन्द ग¥यौ भन्ने प्रश्नको लोकलाज जोगाएर जवाफ दिन यातनाको उपाय निकालिएको आशंका उनीहरूको छ । 
 
तरुण दलजस्तै बन्दको पक्षमा उत्रिनुपर्ने ‘बाध्यता’ जिल्ला कांग्रेसलाई पनि परेको छ । ‘प्रशासनले कांग्रेसलाई नै लक्षित गरेर अन्याय गरेपछि बाध्य भएर भोलि (शुक्रबार) बन्द आह्वान गर्नुपरेको हो,’ सभापति टेकबहादुर गुरुङले टेलिफोन कुराकानी गर्दै भने । जिल्ला प्रशासनले छानीछानी कांग्रेस कुट्ने, पिट्ने गरेकाले बन्दको सहारा लिनुपरेको उनको कथन छ ।  
 
तर यो तर्कमा दम देखिदैन । चितवनका सिडिओ नरेन्द्रराज शर्मा गृहका अनुभवी हुन् । उनी निकट मात्र हैन, खाँटी कांग्रेसी मानिन्छन् । केन्द्रीय सदस्य पूर्णबहादुर खड्का, सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवाका सिफारिसमा शर्मा विभिन्न जिल्लामा सिडिओ भएका व्यक्ति हुन् ।
 
कोइरालाकै जोडबलमा उपसचिव रहँदै शर्मालाई २०६३÷६४ सालमा बाँकेको सिडिओ बनाइएको थियो । सहसचिवको दरबन्दीमा उनी कायममुकायम बनेका थिए । 
 
यी सबै तथ्यहरूसँग जानकार कांग्रेस नेताहरू, अझ बेला मौकामा विधि, पद्धति र थितीको कुरा गर्ने महतहरू पनि बन्दको मौन समर्थन गरिरहेका छन् । ‘अरु सबै आदर्श भइदिउन्, आफूले मनखुशी गर्न पाइयोस्’ भन्ने प्रवृत्ति कांग्रेसमा पनि उत्तिकै बलियोसंग गडेको दृष्टान्त मात्र हो चितवन बन्द । 
 
बाहुवलका अगाडि सबै बाध्य भएर झुक्ने दिनबाट सर्वसाधारणले कहिले मुक्ति पाउलान् ? बन्दको नाममा बुढाबुढी, केटाकेटी र महिलाले अझै कति रातहरू बाटामा÷बसमा काट्नुपर्ला ? अस्पताल पुग्न नभ्याएर कतिको बाटामै प्राण जाला ? 
 
माओवादी, कांग्रेस, एमालेका कथित जिम्मेवार नेताहरूमध्ये कसैसँग यसको जवाफ होला ? 
- See more at: http://setopati.com/blog/3014/#sthash.DQa4JRgy.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters