[Show all top banners]

nepali man6e
Replies to this thread:

More by nepali man6e
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वरिष्ठ साहित्यकार रमेश विकलको निधन
[VIEWED 8255 TIMES]
SAVE! for ease of future access.
Posted on 12-17-08 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali sahitya premika lagi aarko dukhad samachar

May his soul rest in peace.

वरिष्ठ साहित्यकार रमेश विकलको निधन

२-पुस-२०६५,बुधवार

काठमाडौं। बालबालिकाहरुको साहित्यमा विशेष योगदान पुर्‍याउने वरिष्ठ बालसाहित्यकार रामेश्वर चालिसे (रमेश विकल) को बुधबार निधन भएको छ।
स्वाशप्रश्वासमा कठिनाइ उत्पन्न भएपछि गत मंसिर २५ गते उपचारका लागि अस्पताल भर्ना गरिएका वरिष्ठ साहित्यकार विकलको ८१ वर्षको उमेरमा बुधबार उपचारका क्रममा मध्यान्ह सवा ३ बजे निधन भएको हो।
निमोनिया र फोक्सोमा खराबी देखिएपछि मंसिर २५ गते रातिबाट उहाँलाई राजधानीको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। साहित्यकार बिकलको सघन उपचारकेन्द्र (आईसीयू) मा राखेर उपचार भएको थियो। विक्रम संवत् १९८५ को भाइटीकाका दिन काठमाडौंको गोकर्ण आरुवारीमा जन्मिएका विकलले २०१६ सालमा नयाँ सडकको गीत कृतिमा मदन पुरस्कार पाउनुभएको थियो। प्रगतिवादी आख्यान साहित्यलाई स्थापित गर्न विकलको योगदान अतुलनीय रहेको छ।


विकलको दुई छोरा र चार छोरी हुनुहुन्छ।  


उहाँको बुधबारनै राजधानीको गोकर्णेश्वरमा दाहसंस्कार गरिएको छ।
यसैबीच विक्ली नेपालसँग कुरा गर्दै नेपाली साहित्यका वरिष्ठ साहित्यकार ध्रुबचन्द्र गौतमले विकलको निधनले नेपाली साहित्यमा रिक्तता थपिएको बताउनुभएको छ। उहाँले विकल एक सरल, शिष्ट र साधनारत अग्रणी साहित्यकार हुनुभएको स्मरण गर्दै नेपाली आख्यानलाई यो उचाईमा ल्याउन उहाँको विशिष्ट योगदान रहेको पनि चर्चा गर्नुभयो। विकलको निधनबाट नेपाली साहित्यमा ठूलो स्तब्धता छाएको बताउदै डा. गौतमले यो रिक्ततालाई पूर्ति गर्न नसकिने पनि बताउनुभएको छ।

 

http://weeklynepal.com/index.php?option=com_content&task=view&id=17111&Itemid=39


 
Posted on 12-17-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेश बिकल भन्दा म नेपाल टेलिभिजनबाट प्रसारित भएको "अबिरल बग्दछ ईन्द्रबती" सम्झन्छु। नेपाली साहितिक फाँटका अर्का अमुल्य  निधी गुमाएकोमा धेरै दु:ख लागेको छ। बिकललाई मेरो हार्दिक श्रदान्जली।


 
Posted on 12-17-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्यकार बिकल मेरो बाबाको गुरु पनि हुनु हुन्थ्यो। म सानो छँदा उहाको घर पनि गएकी छु २-३ चोटि। मैले उहाँ को कथा आँफैले पढेकी छैन तर बाबाले सुनाउनु भएको कथा मध्य "बिरानो देशमा" भन्ने कथाका केही भागहरु चै अझ पनि सम्झिन्छु। उहाको निधनको समाचार सुनेर निकै दु:ख लाग्यो। उहाँलाई म र मेरो परिवारको तर्फबाट पनि हार्दिक श्रदान्जली।
 
Posted on 12-17-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेश विकललाई मेरो श्रद्धान्जली छ!



 
Posted on 12-17-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाहिँ 'लाहुरी भैँसि' याद आउँछ विकलजीको कुरा हुनासाथ!

 
Posted on 12-17-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेश बिकल ज्यु को आत्मा को चिर शान्ती को लागि कामना गर्दछु।

 
Posted on 12-17-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


स्वर्गीय रमेश बिकल २०४० को दशकमा मेरो आमाको सहकर्मी हुनुहुन्थ्यो। कार्यालयमा एक दुई चोटि भेट्ने मौका पनि मिलेको थियो त्यो बेला। शीर्षक त सम्झिन्न तर उहाँले लेख्नु भएका केही बाल कथा तथा कबिताहरु भने पढेको जस्तो लाग्छ। उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु।     

 
Posted on 12-17-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा प्रगतिवादी साहित्यको ब्राण्ड साम्यवादी फर्मुला साहित्यकारहरु समेत प्रयोग गर्दछन् । रमेश विकल यस्ता थोरै साहित्यकारहरु मध्ये पर्दछन् जसले सुत्रियतामुक्त शुद्ध प्रगतिवादी साहित्यको रचना गरेर यस विधालाई समृद्ध र गर्व गर्न लायक बनाएका छन् । उनी दिएर गए । उनको यो अस्तित्वगत सार्थकताको संकिर्तनका साथ श्रद्धाञ्जली श्रद्धेय विकललाई !

 

Nepe


 
Posted on 12-17-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्यकार बिकल प्रति मेरो पनि हार्दिक श्रद्धान्जली!

उनले भतिजी प्रतिमाको पात्रलाई कसरी जिबन्त पारेका थिए--कसरी छोरा र छोरी बिचको खाडल देखाएका थिए अनि त्यो खाडलमा प्रतिमा कसरी परेकी थिई त्यो पनि उनले सार्है मजाले बयान गरेका थिए। त्यो म अझै सम्झिन्छु। उनको बकैनाको रुखमा झुण्डीएको मान्छेले मलाई पनि जिस्काउँथ्यो कुनै बेला।

नेपाली साहित्यले एउटा सशक्त लेखक गुमाएको छ।


 
Posted on 12-17-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i remember "अबिरल बग्दछ ईन्द्रबती" as well. Very touching and well written story showing the social status and rural life. I remember crying reading the story. Sad that we lost great writer like him. It is hard to see any stories these days or writers who writes with their passion.

I was thinking that if it was abraod, he would been so well known all around and gotton so much respect. But it was in Nepal where people hardly ever carded and even writer like Ramesh Bikal had to work in other jobs so that they can feed their family and add to the Nepali literature at the same time. Nepal and Nepalipan is still living because of selfless people like him...

 


 
Posted on 12-17-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशले फेरी अर्को सपुत गुमायो। स्व रमेश विकल प्रती हार्दिक श्रदान्जली। मेरी सानी भातिजी प्रतिमा नै मेरो लागि अबिस्मरणिय रह्यो। साहित्यमा यदाकदा राजनीती घुसाउने बाहेक शुद्ध साहित्यिक रचनामा उहाँको योग्दान कदर गर्नै पर्छ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters