चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
अब एक हप्ताँ हिड्ने हो, दिन गन्न थाल्या'नि महिना कटिसक्यो, कहिलेई आउने हैन। यो ट्याम भन्या कुरो नि के हो के हो, साउको काम आधा भा हुन्न दे को ट्याम सकिन्छ। दशै मान्न जाने भनेर दिन गन्यो घडी गुम्या हैन।
एउटा सानो बिचार औरेजी मा एसो लेख्न मन लाग्यो Robert Orben को--- Every day I get up and look through the Forbes list of the richest people in America. If I'm not there, I go to work.
हे राम्, हे सीता, हे गीता, हे रिता.............................
के सुन्नु परो आज यो कान ले? किन काग ले यो कान लगेन? गाइ जस्तो गौ प्राणी, दया माया कि खानी, देश खाएर शेष भएका, काशी जाने उमेरका जिम्मालले यस्तो बदमासि गर्ला त? यस्तो अनर्गल झुठ्ठा लान्छना त लगाउनु हुन्न नि दुश्मनी भए नि। दुष्ट भए नि रुष्ट भए नि छिमेकी आखिर छिमेकी नै हुन् नि।
हे हे हे तो लप लेटर को सम्बोधन र उपसंहार बाहेक बिचको लइन पढ्दा लप लेटर हो कि, गुनासो हो कि, धम्कि हो थाहा नभएर धम्कि बढेकोले रिप्लाइ गर्न नपा हो-
लु कुरा यस्तो हो-
तिम्लाई हेर्दै साइड द्या थे तेइ साइडमा अर्कि आइन् दायाँ तिर यसो के हिन्या थेँ तेइ साइतमा आँखा झिम्क्याइन् हेर्नलाई त कस्सम पूर्व तिरै हेरेको हो घाम जस्ति रैछन उनि हेर्दा हेर्दै पश्चिम भयो खै म किन त्यस्तो?
मेरो नाकको के कुरा सम्पुर्ण थुतुनो नै गुलियो छ रे उनले पनि यसै भन्थिन् नजिक आउने सबै झिङ्गा धपाउँथिन् मेरो बोलिको के कुरा बोल्यो कि मिल चल्या जस्तो हुन्छ त्यसैले होला उनि घट्टे पोइलाई छाडेर आइन् खै म किन यस्तो किन?
ठिटिलाई कहाँ घुमाउनु प्रभु ठिटिले घुमाए नराम्ररी भुरुङखेल बाट पिछा गरि लगनखेलमा समातिन् पैसो छैन भन्दा भन्दै मिटरवाला टेम्पुमा पछारिन् बा को पैसा सत्ते चोरेको हैन उसैले बुलाकि बेचेको पैसो हो कालो ट्याम्पुमा नगरकोटबाट नफर्कुन्जेल कस्सम तिम्रो साथि भन्ने थाहा थिएन् खै कुन्नि म किन तेस्तो?
भउत भाइ भन्डारि द्वारा हालै व्यक्त गरिएको केहि बर्ष पहिलाको दशैँको समाचार तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण गएको छ। भउत भाइ भन्डारि द्वारा व्यक्त सम्पुर्ण कथा, पुर्णतया झुठो, कपोलपल्पित, र पुर्वाग्रहि भएको कुरा जानकारि दिलाउन चाहन्छु। हामिले आज सम्म हिसाब गरेमा करिव दुई सय खसि चपाइसकेको र ति सबै दुई सय खसिहरु कुनै खनखनि पैसा गनेरा किनेका, कुनै पाठो देखि हुर्काएका र कुनै आफ्नै आँखा अगाडि खसि पारेका बोकाहरु थिए। हामिले आज सम्म सिङ्गो खसिको त के कुरा मासुको एक टुक्रा सम्म पनि बेसार बाहेकको अरु रंग लगाएर र चोरेर खाएको छैन। हामि सम्पुर्ण चौतारीबासिहरुलाई अनुरोध गर्न चाहन्छौँ कि, कोहि पनि भउतभाइ भन्डारीको अनर्गल प्रचारमा बिश्वास नगर्नुहोस।
क्यार्नु हो जिम्मालबा धेरै बाँचेर, यै जिन्दखी बढी भईसको अस्तो लाग्छ। अब मासु नै लाने हो भने त तपाईंले किन दु:ख गर्नु परो हाम्रा घर तिर उक्लिन, मैँ ल्याइदिउँला तपाईंलाई र जिम्मालनी आमा को लागि फिलाको फल मासु। बरु तपाईंले भन्नु हुन्छ भने खसी पनि तपाईं कै आँगन मा ढाल्नु परो कि क्या हो?
ठुलि छैन दसैंको सपिङ गरेको। अस्ती अस्ती तिमी साग बेच्न गयौ, अब मेरो पालो जस्तो छ। बल्ल अहिले घर आएर चौतारीमा छिर्ने मौका मिल्यो, अड्डामा त पानी खाने फुर्सद नि छैन आजकाल, के आ इलाग्या होला, दसैंको बेला। अब सपिङ नै गर्न लाई त महिना मर्नु पर्छ, यो महिना हाड घोटेको ज्याला आएसी दसैंको किन्मेल गर्ने। तिमीलाई पनि एउटा कपालमा लाउने किलिप किन्दिउँला।
म सँचै छु उफ्री, अरु नभए नि सास फेर्ने सम्मको फुर्सद चाँही मिलेकै छ। तिम्रो के छ नि हालखबर, रिट्ठे पाट त भुन्टिको आमा पटाउन तिर लागो रे हो?
नयाँ साथीहरु पनि आउनु भा जस्तो लागेको छ, नमस्ते गरे है, सबैलाई! पुराना गाम्लेहरुलाई नि नमस्ते!
राख्नी भन्या त हो, तर एइ तालले त राखिहाल्यो नि रिट्ठेले जमरा जौ भिजाउनु पर्ने, भुसुक्कै बिर्सेंर आएछु, अघी भउतेले भनेसी पो झल्यास्स सम्झे त अब भरे फेरी एउटा भोज मा जानु छ कती खेर राख्ने हो त्यो जमरा पनि
'जुल्फ आजकाल खालि नक्कलि बिग राख्या मात्र हुन्छ होश गरेर र सवारनि नि। khasla ni feri माग भर्दा चाहि हेल्मेट र लाइफ ज्याकेट लाउनु पर्ने हो कि'
हाम्ले जुल्फ सवार्नीले विग राख्या हुँदैन हजुर 'खुबसुरती सादगी मे होती है' भन्ने कूरा हाम्ले जुल्फ सवारनीलाई थाहा छ
रह्यो कूरा लाईफ ज्याकेट र हेल्मेट को 'अब प्यार किया तो डरना क्या '
यसो कुरा बुझिल्याउंदा, भद्र भलादमीको कुरा सुन्दा, साक्षी परमाण बुझ्दा, भउत भाइ भण्डारीले लगाएको आरोप झुट्ठा भएको ठहर यो अदालत गर्दछ। पोहर खसीको मासु पैंचो माग्दा न दिएको झोंक पोखेको मात्र देखियो। तसर्थ यो सम्मानीय अदालत, भउत भाई भण्डारीलाई सजाय स्वरुप २ धार्नी खसिको मासु, जिम्माल बा नाम ले चिनिने बिर्खे माइलालाई र २ धार्नी मासु सम्मानिय अदालतका माननिय न्यायधिस समक्ष जरिवाना स्वरुप बुझाउनु पर्ने ठहर गर्दछ। यो फैसला चित्त नबुझे, आधिकारिक जानकारी पाएको मितिले १५ दिन भित्र माथिल्लो निकायमा पुनराबेदन गर्न सक्ने छ। सरोकारवालाले मिसिलको नक्कल माग्न आएमा, नियमानुसारको दस्तुर लिई मिसिल नक्कल दिनु। मा न्यायधिस तारेमाम् शरण।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.