[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
[VIEWED 2469 TIMES]
SAVE! for ease of future access.
Posted on 05-13-13 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

    अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान 

विजय थापा 

भर्जिनिया ,अमेरिका 

अमेरिका , मे १२ ,बोस्टन- इम्पावोर दलित वूमेन अफ नेपाल (EDWON) कि संस्थापक तथा समाज सेवामा जीवन अर्पण गर्ने दृढ संकल्प बोकेर हिडेकी समाजसेवी बिष्णुमाया परियारलाई 'पाइन् मानोर कलेज' (Pine Manor College) द्वारा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (Doctor of Letters) डिग्री प्रदान गरिएको छ।

 

उनको सामाजिक संस्थाको अद्वितीय कार्यको ब्याख्या गर्दै एड्वन (Empower Dalit Women of Nepal- EDWON ) कि संस्थापक परियार एक अनुकरणीय ब्यक्ति तथा मानवताको दुत भएको प्रशंसा गर्दै पाइन् म्यानोर कलेज (Pine Manor College) ले यो माता तिर्थ औशी (मदर्स डे )को बिशेष दिनमा  सम्मान गरेको हो l

 

समाजसेवी परियारलाई उनी द्वारा बोस्टन शहरमा १० बर्षअघि स्थापना भएको सामाजिक संस्था "एड्वन" (Empower Dalit Women of Nepal-EDWON) र परियार आफैले नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन" (Association of Dalit Women's Advancement of Nepal-ADWAN) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै उक्त विश्व बिद्यालयले उक्त बिद्यावारीधी प्रदान गरेको हो। 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री बेलायत (यूके), अस्ट्रेलिया र इन्डियामा 'डाक्टर अफ फिलोसोफी' (Ph.D.) भन्दा माथिल्लो तहको उपाधी मानिन्छ। 

 

उनीले यहि बिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा अध्ययन गरेकी हुन् l  अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०२ बर्ष अगाडी स्थापित ख्याती कमाएको उक्त विश्वबिद्यालयमा दक्षिण एसियाली देशबाट पहिलो पटक उक्त मानार्थ डि.लिट. (D.Litt.) पदवी पाउने समाजसेवी परियार पहिलो नेपाली हुन्। समाजसेवी परियारले उक्त मानार्थ डि.लिट. पदवी पाउने अमेरिकामा पहिलो नेपाली महिला बन्ने सौभाग्य पनि पाएकि छिन्।

 

अमेरिकि विश्वबिद्यालयबाट मानार्थ बिद्यावारीधी प्राप्त गर्ने नेपाली पुरुषहरुमा सन् २००७ मा नेब्रास्का विश्वबिद्यालयबाट महाबिर पुन मगरले 'डाक्टर अफ हुमेन लेटर्स' (Doctor of Humane Letters) पाएका छन् भने सन् २०१३ मा सोही पदवी (डिग्री)उथाह विश्वबिद्यालयबाट २१ पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही आपा शेर्पाले पाएका छन्।यस अघी 'पाइन् मानोर कलेज' विश्वबिद्यालयबाट मानार्थ पदवी बिभिन्न महिलाहरूले प्राप्त गरेका थिए lस्थापना काल देखि नै उनको संस्थाले सामाजिक क्षेत्रमा  पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरुप  विश्व बैंक फ्यामिली नेटवोर्कको 'मार्गरेट माक्नमारा मेमोरियल' पुरस्कार (२००७), संयुक्त राष्ट्र संघ एसोसिसनको 'पर्दिता हस्टन मानब अधिकार' पुरस्कार र अन्य दुई दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तरराष्ट्रिय  पुरस्कारबाट सम्मानित भै सकेकी छिन्। 

 

दलित परिवारमा जन्म भै जीवनका बिभिन्न काल खण्डमा भिषण संघर्ष गरि संस्था मार्फत सामाजिक रुपान्तरणमा अद्वितीय भूमिका निर्वाह गरेकी परिवारले स्वीकृति मन्तब्य ब्यक्त गर्दै नेपालकि हु ,बिश्वको सर्बोच्च शिखर सगरमाथा नेपालमा छ तथा शान्तिका अग्रदुत गौतम बुद्ध हाम्रा धरोहर हुन् भन्दै यो सम्मान नेपाली समुदायलाई समर्पण गर्न चाहन्छु भन्दै मन्तब्य राखेकी थिइन् l


उनि द्वारा संचालित संस्था एड्वनले अहिले सम्म १०  हजार भन्दाबेशी नेपालका दलित,गरीब ,सिमान्तकृत बालबालिका उत्थानका लागि बिद्यालय स्थापना र छात्रबृद्दी मार्फत शिक्षा दिलाउन सफल भएको छ l २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा लाभान्बित हुन पुगेका छन्।उनी गोर्खा जिल्लाको ताक्लुङ गाउँ कि हुन्। उनका आमा कनमाया परियार र बुवा रुपबहादुर परियार हुन् भने उनका १ भाई र ४ दिदी र ३ बहिनी छन्।

 

 


 
Posted on 05-13-13 9:43 PM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Damn euti pariyar didi yesti uta aarki Bindu Pariyar chai kasti kasti
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters