[Show all top banners]

Pandey Anil

More by Pandey Anil
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 प्रवासी प्रतिभाको प्रयोग अनिल पाण्डे
[VIEWED 5850 TIMES]
SAVE! for ease of future access.
Posted on 10-03-08 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रवासी प्रतिभाको प्रयोग अनिल पाण्डे

                                                              प्रवासी प्रतिभाको प्रयोग
अनिल पाण्डे
मैले मुलुकबाट के पाएँ होइन मबाट मुलुकले के पायो भनेर सोचु यो भनाइ यस लेखकको होइन । तर जब म मुलुकलाई सम्झन्छु लामो समयदेखि अमेरिकामा बस्दै आएको सम्झना हुन्छ र मुलुकलाई मैले जे-जति योगदान दिनुपर्ने हो र दिनसक्ने सम्भावना थियो त्यो गर्न सकिनँ कि भनेर गम्भीर बन्न मन लाग्छ । राजनीति कला मनाराजनका क्षेत्रबाट सामाजिक सेवा गर्ने सम्भाबना थियो त्यो काम प्रवासी बनेका कारण पूरा हुन नसकेकोको त होइन म आफैलाई प्रश्न गरिरहेको हुन्छु । त्यसैले मुलुकको सेवाका लागि यहाँबाट गर्नसक्ने कुनै काम गर्न पाउँदा मलाई अत्यन्त प्रसन्नताको अनुभूति हुन्छ ।
प्रवासतिर लाग्नेहरुबीच एक समानता छ । मुलुक छोडेर बाहिर जाने कुनै पनि नेपाली बेकम्मा छैन । कुनै न कुनै प्रकारको प्रतिभा बोकेर नै ऊ बाहिरिएको हुन्छ । एक दशक लामो द्वन्द्वका समयमा त कुनै पनि उपायले देश छोड्ने र ज्यान जोगाउने लहर नै चल्यो । हिजोका विद्रोही माओवादीहरु सत्तामा पुगेर संस्थापन पक्ष बनिसकेको अवस्थामा ज्यानको जोखिम टरेको छ तर प्रतिभा पलायनको लहर रोकिएको छैन । डा। बाबुराम भट्टराईको नयाँ बजेटले पनि प्रवासी प्रतिभाको प्रयोग गर्ने मानसिकता देखाउन सकेन । उनले पछिल्लो पटक बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै पूर्व-पश्चिम रेलमार्ग काठमाडौं-हेटौंडा जोड्ने सुरङ मार्गजस्ता विकासका सयौं परियोजना सुरु हुने र विदेश गएका प्रतिभा स्वतः आकर्षित हुने दावी गरेका छन् तर उनले भनेझैं प्रतिभाहरु फर्किहाल्न भने सहज देिखंदैन । मुलुकमा केही हदसम्म भौतिक शान्ति छाएपनि मानसिक शान्तिको आगमन भएको छैन । नयाँ नेपालको परिकल्पना साकार पार्न चाहिने एकतापूर्ण उर्जा जुट्न सकिरहेको छैन । शान्तिले दीर्घकालिक स्वरुप प्रकट गर्न पाएको देिखंदैन ।
त्यसो त हाम्रो गाउँ राम्रो गाउँ नयाँ नेपाल स्वस्थ नेपाल अक्षर चिनौं सभ्य बनौंआदि अभियानका साथ आएको पैसठ्ठी-सैसठ्ठी सालको बजेटले शान्तिलाई बेवास्ता गरेको छैन । द्वन्द्वपीडित सहिद परिवारलाई छुट्याइएको बजेटका हरफहरुले शान्तिकै कामना गरिरहेको देखिन्छ । शिक्षामा ३८ अर्ब र स्वास्थ्यमा १५ अर्बको विनियोजनले पनि शान्तिलाई नै सघाउन सक्छ । २३६ अर्व रुपियाँको बजेटले पलायन भएका प्रतिभालाई आकर्षक विकल्प दिन र पूँजी विस्तार गर्न जसरी व्यापक दृष्टिकोण राख्नुपर्ने थियो त्यो हुन सकेको छैन । यस दिशामा ध्यान दिइएको भए ुउद्देश्य के लिनु उडी छुनु चन्द्र एकु को मानसिकता बोकेको बजेटले चन्द्रमाभन्दा निकै नजिकका नेपालीलाई बिस्रने थिएन । उनीहरुसँग प्रतिभा र पूँजी दुवै छ उनीहरु महत्वाकांक्षी बजेटका पूरक शक्ति हुनसक्छन् भन्ने यथार्थ मनन गर्ने थियो ।
शरीरको कुनै अंगमा लागेको घाउ निको पार्न अबको युगमा घाउ नै पहिलाएर सिवाजलको धुलो छर्किनु पर्दैन सद्देजस्तो लाग्ने पाखुरामा सुई रोपे पनि हुन्छ । अझ यो विधि सरल पनि हुन्छ । मुलुकमा शान्ति कायम गर्नु आजको पहिलो आवश्यकता हो । तर शान्तिका लागि शान्ति होइन विकास र समृद्धिका लागि शान्ति कायम गर्न सकियो भने यो चिरस्थायी हुनसक्छ । विगत केही वर्षदेखि सरकार शान्ति तथा पुनर्निमार्ण मन्त्रालय नै गठन गरेर लागिपरेको छ । यो स्वागतयोग्य कार्य हो । तर यो घाउ पहिलाएर सिबाजल छर्किने प्रकृतिको कार्य भयो । घाउलाई चारैतिरबाट सुकाउँदै ल्याउने होभने आर्थिक सामाजिक राजनीतिक प्राविधिक हरेक पक्षबाट यसको उपचार हुनुपर्छ । यस्तै उपचार हुनुपर्ने पक्ष हो प्रवासमा छरिएर रहेको नेपालीको मन । शान्तिका लागि स्वदेश-विदेश भित्र-बाहिर भौतिक-मानसिक सबै पक्षमा एकसाथ प्रयास हुनुपर्छ । शान्ति अभियान एक्लो कुनै मन्त्रालय वा संस्थाबाट मात्र पूरा हुनसक्ने विषय होइन । यो सहकार्य र एकतापूर्ण अभियानका माध्यमले मात्र पूरा हुनसक्ने व्यापक प्रभावको पक्ष हो । त्यसैले सरकारका तर्फबाट यसको समायोजन र नेतृत्वका लागि संगठित संस्था खडा हुनु स्वागतको विषय हो ।
तर दुखका साथ भन्नुपर्छ शान्ति मन्त्रालयले शान्तिका लागि योगदान दिने संकेत देखाउन सकिरहेको छैन । माओवादी सरकारमा आएपछि यसक्षेत्रमा लहर आउने सपना पालेर बसेका जनतालाई केही सुखद् लक्षणहरु देखाइदिने समय गुजि्रन लागिसकेको छ । साँचो अर्थमा शान्ति मन्त्रालय जहाँ शान्तिको सबैभन्दा बढी आवश्यकता छ त्यहाँ पुग्न सकेकै छैन । यसले प्रवासमा रहेका नेपालीका मनदेखि मुलुकभित्रै रहेका दुर्गम गाउँ र वस्तीका घाउसम्म मलम लगाउन तत्पर हुनुपर्छ । स्थानीय स्तरसम्म शान्ति पुर् याउनका लागि शान्ति मन्त्रालयका तर्फबाट भएका गतिविधि के हुन् भनेर खोज्ने हो भने ३२ जिल्लामा गठन भएको शान्ति समिति मात्र देखापर्दछ । एक-दुई जिल्ला शान्ति समितिले एक-आध गतिविधि गरेतापनि प्रायः सबै बैठकसम्म साचालन नगरी बसेका छन् ।
सरकारले सफलता चाहने होभने महत्वाकांक्षी बजेट र नीति तथा कार्यक्रममा प्रवासी नेपालीको पाटोलाई थप गर्न ढिलाइ गर्नुहुन्न । यस समूहसँग सीप क्षमता ज्ञान र पूँजी सबै छ । कुनै अक्षम नेपालीले नेपाल छोडेर बाहिर गएको एउटा मात्र उदाहरण पाउन सकिन्न । किनभने क्षमताहीन कुनै पनि व्यक्ति मुलुक त के घर छोडेर बाहिर निस्कन पनि डराउँछ । प्रवासी नेपाली भनेको निडरहरुको जमात हो । करिव २५ लाखको परिमाणमा नेपाली आजको मितिमा प्रवासी बनेको अनुमान छ । यस आधारमा सरकारले हरेक कार्यक्रममा यो समूहलाई सम्बोधन गर्न छुटाउनु भनेको आफ्नै असफलता निम्त्याउनु मात्र हो ।
आज माओवादीको नेतृत्वमा गठन भएको सरकारसँग जनताले अवश्य नै ठूलो अपेक्षा गरेका पनि छन् । यो लेखक पनि वर्तमान सरकार सफल हुनैपर्छ भन्ने मान्यता राख्दछ । त्यसैले अभियानका रुपमा सरकाले प्रवासी नेपालीलाई परिचालन गर्ने कार्यक्रमको घोषणा गर्नुपर्छ । के कार्यक्रम हुनसक्छ कुन रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा बसेर छलफल चलाउन सकिन्छ ।

 समयमै चेतना होस् !

www.themotherlandnepal.org

 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters